Friday, June 5, 2009

८ जर्नेल अवकास निर्णय उल्टियो

८ जर्नेल अवकास निर्णय उल्टियो

काठमाडौं, २२ जेठ (नागरिक) - पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको आठ जर्नेललाई अवकास दिने निर्णय मन्त्रिपरिषदले उल्टाइदिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ८ जर्नेललाई काममा फर्काउने निर्णय गरेको हो।

अवकास गैरकानूनी भन्दै जर्नेलहरुले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारले निर्णय उल्टाएको हो।

नेपाली सेनाका सहायक रथी प्रदीपविक्रम राणा, पवनबहादुर पाण्डे, कुमार बुढाथोकी, राजुप्रताप केसी, नरेन्द्रबहादुर रावल, रमेश बिष्ट, शिव पौडेल र नरबहादुर कँडेललाई दाहाल नेतृत्वको सरकारले अवकास दिएको थियो।

तत्कालीन सरकारविरुद्ध अदालत पुगेका जर्नेलहरुको पूर्ण फैसला नआउँदै सरकारले काममा फर्काएपछि अब सो रिट खारेज हुने सम्भावना छ।

source:

http://www.nagariknews.com/politics/party-politics/1685-2009-06-05-15-24-20.html



No comments:

Search and Buy from amazon.com