Friday, June 12, 2009

कांग्रेस संसदीय दलको निर्वाचन अनिश्चित

कांग्रेस संसदीय दलको निर्वाचन अनिश्चित


उपसभापति पौडेलद्वारा आपत्ति -

काठमाडौं, जेठ २९ (नागरिक)- नेपाली कांग्रेसले नेतृ शैलाजा आचार्यको निधनमा तीन दिन शोक मनाउने भएपछि असार २ गते तोकिएको संसदीय दलको निर्वाचन अनिश्चित कालका लागि स्थगित गरेको छ।

संविधानसभा निर्वाचन भएको् १४ महिना पछि गर्न लागिएको संसदीय दलको निर्वाचन अनिस्चित कालका लागि स्थगित गरिनु षणयन्त्रपुर्ण भएको कांग्रेस नेताहरुले टिप्पणी गरेका छन्।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अनिश्चीत कालको लागि निर्वाचन कार्यक्रम स्थगित गरिएकोमा घोर आपत्ती प्रकट गरेका छन्। "शोकलाई आधार बनाएर षणयन्त्रपुर्ण रुपबाट निर्वाचन स्थगित गरिएकोमा मेरो घोर आपत्ती छ," पौडेलले भने ।

दुई दिन अघि जेठ ३१ गते निर्वाचन मिति तोकेए पनि पुनः विहिबार असार २ गते सारिएको थियो।

source:

http://www.nagariknews.com/politics/party-politics/1885-2009-06-12-12-41-52.html



No comments:

Search and Buy from amazon.com