Sunday, June 14, 2009

कम्युनिष्टहरुको एउटै पार्टी बन्दैछ- प्रचन्ड

कम्युनिष्टहरुको एउटै पार्टी बन्दैछ- दाहाल
साना, ठूला गरी विभिन्न पार्टीमा रहेका कम्युनिष्टहरुलाई समेटेर एउटा कम्युनिष्ट पार्टी बन्न लागेको एनेकपा माओवादी अध्यक्ष प्रचन्डले बताएका छन् ।

३१ जेष्ठ २०६६ | २०:३४ मा पोष्ट गरिएको

एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालमा कम्युनिष्टहरुको एउटै पार्टी बन्ने तयारी भईरहेको बताएका छन् । राजधानीमा जेठ ३१ गते कलाकार जेवी टुहुरे लगायत एमाले समर्थक सात जनालाई माओवादीमा प्रवेश गराउन आयोजित कार्यक्रममा प्रचन्डले यस्तो धारणा राखेका हुन । कार्यक्रममा दाहालले दुई हप्ता भित्र एउटा ठूलो समूहसँग एकता हुने बताए । एकता हुने भनिएको समूह कुन हो भन्ने कुरा भने उनले कार्यक्रममा खुलाएनन् ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचन्डले प्रतिकि्रयावादीहरु नागरिक सर्वोच्चताको विरोधमा लागेर विनासको बाटो रोजेको उल्लेख गरे । सत्ताधारी दलले प्रधानसेनापतिको अगाडि घुँडा टेकेको दाहालको भनाई थियो ।

source:

http://www.himalkhabar.com/news.php?id=2030

No comments:

Search and Buy from amazon.com