Wednesday, June 10, 2009

गाउँका १० घर परिवार भुतको डरले घर छोडेर हिँडे

दैलेखमा भूतको डरले गाउँले विस्थापित

2009-06-10 19:13:04

दैलेख सदरमुकाम देखी १३ कोष पश्चिममा पर्ने जम्बुकाँध गाविस ३ को गर्जे गाउँका १० घर परिवार भुतको डरले घर छोडेर हिँडेका छन् । घरमा भुतले सताउन थालेको भन्दै उनीहरुले छिमेकी गाउँमा शरण लिएका हुन् । नजिकैको राताओडारको भुतले राती घरमा आएर सताउन थालेपछि आफुहरु बिस्थापित हुनु परेको नयाँराम र्घर्तीले बताउनुभयो । पहिला पहिला घर नजिकै अनौठो आवाज आउने गरेको भए पनि पछिल्ला दिनहरुमा गोठमा बाँधेका गईबस्तु फुकाएर बारीमा लगाईदिने गरेर भूतले गाउँमा आतंक नै मच्चाउने थालेको स्थानीयबासिन्दाले बताएका छन् । ज्योतिष र धामीझाक्रीले समेत भुत आएको र त्यस ठाउँमा नबस्न सल्लाह दिएपछि घरबारी नै छाडेको खत्रिले बताउनुभएको सहकर्मी प्रकाश अधिकारीले जनाएका छन्

source:

http://www.unn.com.np/news_detail.php?id=2837


No comments:

Search and Buy from amazon.com