Friday, August 6, 2010

bhim dutta panta

एउटा अर्को स्पार्टाकस अर्थात् भीमदत्त पन्त

नरेन्द्रजंग पिटर

साउनको १७ गते बिहान, अर्थात् आजको ५१ वर्ष पहिला आजैको दिन । वर्षे झरीले झाडी बनेको बुडर नजिकैको गैलेकको जङ्गल । जङ्गलभित्रको कटेरो । भारत-नेपालका दुई-दुई देशका सेनाले संयुक्त अपरेसन गरेर खोजिरहेको विद्रोही व्यक्ति भीमदत्त पन्त, हमजाली मगरको त्यही कटेरोमा खाना खादैँ छ । झरीले भिजेको कार्तुसहरू छेवैमा सुकाँउदै पनि छ । सर्‍याङसुरङको अवाजले ऊ झस्किन्छ । सचेत हुन नपाउँदै घेरामा परिसकेको र उम्कन नसक्ने अवस्थामा पुगेको बुझिसक्छ । आएका मान्छेहरू ऊ राम्रैसँग चिन्छ र कुराकानीमा अल्मल्याउने र उम्कने दाउ पनि खोज्छ । आफ्नै मीत भनिने लालबहादुर थापा र भम्वा दियालले मारी त के हाल्लान् भन्ने पनि उसको सोच हुन्छ । किसानहरू, हेपिएका र दबिएकाहरू नै त किसानसेनाका लडाकु थिए भने अझ लालबहादुर र भिम्वा त उसका आˆनै मीत थिए । घरकै छेद नै विभीषण भए पन्तको खोजी गर्न र ठेगान लगाउन सक्छन् भन्ने बैरीले सोचेर उनीहरूलाई प्रयोग गरेका हुन्छन् । ठालुका नुन खाएका र सरकारी सिन्दुर पहिरिएका भएपनि मारी त हाल्दैनन् भन्ने सोच लम्पट भइसकेकाहरूमा लागू हुँदैनथ्यो । पन्तले आफना केही कुरै राख्न नपाई, सचेत समेत हुन नपाई लालबहादुरको बन्दुकले एक्कासि गोली ओकल्छ र रगतको फोहरा हमजाली मगरको घरमा छुट्छ । एकछिन पहिला शान्त रहेको घर एकाएक आतङ्क, चिच्याहट र रक्तकुण्डमा फेरिन्छ । भीमदत्त ढल्छन् । ५ हजार कम्पनी रुपियँाको लोभमा फसेर एउटा लम्पटले तीनतीन वटा आन्दोलनका पश्चिमेली नेता, कमाण्डर र २००७ सालको मुक्ति सङ्घर्ष पछाडिका पहिलो गभर्नर अर्थात् आफनै मीत भीमदत्त पन्तको २०१० साल साउनको १७ गते बिहान इहलिला समाप्त गरिदिन्छ । हत्या गरेरमात्र उनीहरू शान्त हुँदैनन, भिम्वा दयालले कम्मरमा भिरेको खुकुरी फुत्त निकालेर लास बनेर ढलेका भीमदत्तको गर्दनमा छप्काँउछ । शरीरबाट छुट्टएिको पन्तको टाउको किसान ऐरलाई बोकाएर हत्यारा जत्था डडेलधुरा खलङ्गातिर लाग्छन् ।

भीमदत्तको टाउको लिएर गएको जत्था १८ गते दिउँसो खलङ्गा पुग्दछ त्यहाँका ठालुहरू विष्ट, कठायत र थापाहरूले भोजभतेर सुरु गर्छन् भने आम किसान, दलित र गरिबहरूमा भने शोकको लहर छाउँछ । डडेलधुरा गौँडा गोश्वरा अगाडि एउटा बाँसको लिङ्गो गाडिन्छ । आँखा बन्द भएको टाउको उनीहरूलाई आतङ्क बन्छ र कप्टेराले आँखा खोलेर उनको टाउको लिङ्गोमा सिउरेर “देशद्रोह र राजद्रोह गर्नेलाई यस्तै सजायँ हुन्छ” भन्ने कुरा लेखी सोही लिङ्गोमा झुण्ड्याइन्छ । सार्वजनिक प्रर्दशनमा टाउको झुण्डायाइसकेपछि बडाहाकिम मोहनबहादुर सिंहले लालबहादुर थापालाई आफनै मीतको हत्या गरेर टाउको बुझाएकोमा ५ हजार रुपियाँ बक्सिस दिन्छ । तीन दिनसम्म लासको रमिता देखाएर प्रशासन र ठालुहरूले उनकी श्रीमती पार्वती देबीलाई ३१ वटा सर्तमा औँठाछाप लगाई सदगद गर्न टाउको दिन्छन् । धर्मदेव पन्तले टाउको बोक्छ । आतङ्कको बीचमा पनि सिद्धराज पन्त, शिवराज उप्रेती, सोबे सार्की भूल र झकिरे दमाई मलामी जान्छन् । हजारौं किसान सेनाको कमाण्डरको अन्त्येस्टीमा सहभागी हुनबाट सबैलाई आतङ्कले रोकिदिन्छ । डोटी घटाल बाबा मन्दिर छेउमा उनको अन्तिम संस्कार हुन्छ ।

यसरी मारिएका पन्तको हत्यालाई सरकारले साउन २० गते जङ्गलमा सेना र प्रहरीको भिडन्तमा पन्त मारिए भने पनि २४ गतेको नेपाल पुकारमा भने भीमदत्त देशद्रोही नभएको र राष्ट्रवादी भएको खवर प्रकाशित भयो । सो कारवाहीका लागि भारतबाट आएका सेना साउनको २७ गते फिर्ता भए ।

को हुन् भीमदत्त पन्त ?

डडेलधुरा जिल्ला सदरमुकाम खलङ्गाको दक्षिण मोहडामा डोटी घटाल भन्ने गाउँ पर्छ । त्यसैकेा एउटा टोलाको नाम हो- कारी गाँउ । त्यहीँ तारानाथ पन्त र सरस्वतीका एक्लो छोराको रूपमा उनको जन्म १९८३ साल मङ्िसर १० गते भएको हो । कुनैबेला राणकालीन कर्मचारी तारानाथको सरकार र ठालुहरूमा पहुँच राम्रै थियो । हुनेखानेमै उनी गनिन्थे । ५ वर्षमै मातृविहीन बनेका पन्तलाई सीमावर्ती भारतीय भूमि सिगाँईमा आफन्तको सरंक्षणमा पढाइका लागि पठाइयो । सिगाँईमा रानी सुरत कुमारीका पुरोहित जेठाबाबाको रेखदेख र सुरत कुमारीको सहयोगबाट उनको प्रारम्भिक पढाइलेखाइ भयो । त्यसैबेला भारतमा स्वतन्त्रता सङ्ग्रामको राँको दन्किरहेको थियो । किशोर र युवाहरूका नायकमा भगत सिंह फेरिइसकेका थिए भने अर्कातर्फ दशरथचन्दको फाँसीले पश्चिममै हलचल ल्याएको थियो । त्यसको असर विद्रोही स्वभावका भीमदत्तलाई नपर्ने कुरै भएन । उनको बिद्रोहको थालनी सिगाँईबाटै सुरु भयो । रानीलाई खुसामत र आश्रतिलाई दमन गर्ने जेठाबाबुको आचार, विचार र व्यबहार उनलाई पटक्कै मन परेको थिएन । उनको सञ्चित रकम सामान्य गरिबगुरुवालाई बाँडी दिएर भीमदत्तले बिद्रोही स्वभावको सुरुवात सिगाँईबाटै गरे । १५ वर्षको उमेरमा १९९८ सालमा उनले म्याटि्रक पास गरेका थिए ।

बाबु तारानाथ बितेपछि मात्र उनलाई आˆनो खेत बन्दकी रहेको कुरा थाहा भयो । ठालु विष्टहरू उनको एकातर्फ विद्रोही स्वभावबाट झस्केकामात्र थिएनन् उनको सामाजिक हैसियत समाप्त पार्न पनि चाहान्थे, अर्काेतर्फ खेत हत्याउन । उनले अपमान सहनुभन्दा खेत बेचेर रकम बुझाउलान् भन्ने बिष्टहरूले पत्याएकै थिएनन । राणाका चौधरी बनेका बाउको रिण ६ सय तिर्दापनि अझ रिण बाँकीरहेको भनेपछि विद्रोही पन्तलाई सहिनसक्नु हुने नै भयो । त्यसबेलासम्म उनी गाउँमा समाज सुधारक, शिक्षाप्रतिको जागरुक र अन्याय विरोधी हक्की युवाका रूपमा चर्चित भइसकेका थ्ािए । गरिब, दलितहरूले उनलाई आशाका नजरले हेर्न थाल्दा बिष्ट, कठायत र थापाहरूको आँखाका कसिङ्गर बनेका थिए । बाउ बित्नु , रिण तिर्नु तर रिण नसकिनु पन्तलाई सहृय भएन ।

अगाडि अध्ययन बढाउन २००१ मा फेरि उनी भारततिर लाग्छन्Ù १२ वर्षमे बिहे गरेकी श्रीमती पार्वतीदेवीलाई सौतेनी आमासँगै छोडेर । भारतमा आन्दोलनको राप र ताप त्यसबेला अझ बढेको हुन्छ र उनी अध्ययन छाडेर भारतीय स्वतन्त्र सङ्ग्राममा हाम फाल्छन् र गिरˆतार परी १८ महिना इलाहावाद जेल पर्छन् ।

भारतीय जेलबाट रिहाइ भएपछि राजनीतिक चेतनाले भरिएका पन्त सिधै नेपाल फर्किन्छन् । त्यसेबेला राणा विरोधी पश्चिमा सशस्त्र आन्दोलन चर्किएको थियो । कमाण्डर रूपसिंह सिजापति, शेखर शर्मा र गौरीलालको समूहमा उनी पनि सहभागी भए । विद्रोही स्वभाव, तर्कशीलता र जनशैलीले छिटै क्रान्तिकारीहरूको हृदय जित्न उनी सफल भए भनेे पहिलेकै लोकपि्रयताले पनि काम गरेको थियो । ठालुहरू पैसा बुझाउँदा पनि तमसुक नच्यातेको र बिद्रोही पन्त अलप भएको देखेर पहिलादेखि नै आतङ्कति थिए नै । २००७ साल पुस २६ गते डडेलधुरालाई मुक्तिसेनाले कब्जामा लिएपछि भीमदत्त गभर्नर र टीकादत्त भट्, कीर्तिबहादुर विष्ट, पहलमान कटुवाल, जयराज जोशी, गुणकर पन्त, डम्बरबहादुर बोगटी, भक्तबहादुर मल्ल सामेल भएको अन्तरिम ब्यवस्था सञ्चालन गर्ने अस्थायी सरकार बन्यो । ब्रहमदेव मण्डीको अचाक्लीको नियन्त्रण, अर्काेतर्फ लोकप्रताप विष्टको दमिनीसँगको लसपसमा सामाजिक न्याय दिलाउनुले ठालुहरू चिढिएका थिए भने जातपात, छुवाछूतको हस्तक्षेपले धर्मभिरु र ठालुहरू रिसाउने र आतङ्कति भएका थिए । परिवर्तन पछाडि पनि सरकारले परिवर्तनको आभास दिन भने सकेको थिएन । जब उनले जनताको पक्षमा काम गर्नथाले नेपाली काँग्रेसको सरकारले रक्षा दल, सिद्धि गणेशको फौजले २००८ भदौमा आˆनै गर्भनरलाई ठालुहरूको उक्साहटमा गिरˆतार गरी अड्डासार गर्दै काठमाडौं चलान गर्दछ । केही समय हनुमानढोकाको जेलजीवन पछि उनको कम्युनिष्ट नेताहरूसँग छलफल भएर उनी पुनः आˆनै कर्मथलो सुदूरपश्चिम र्फकन्छन् र उनको भेट ब्रहमदेव मण्डीमा तेलङ्गना किसान विद्रोहका कृष्णस्वामी अयङ्गरसँग भेट हुन्छ । पछिल्लो विद्रोहको सैद्धान्तिक आधार र प्रेरणा भीमदत्तले अयङ्गरबाट पाउँछन् । यसरी एउटा विद्रोही युवा मुक्तिसेनाको योद्धादेखि डडेलधुराको गभर्नरसम्म बन्न पुग्छ । जब उसले जनताको पक्षमा काम थालनी गर्दछ ठालुहरूको उक्साहटमा आˆनै सहयोद्धाबाट गिरफतार भएर आˆनै सरकारको बन्दी बन्दछ । त्यसपछि ऊ काङ्ग्रेस त्याग गर्दै नयाँ विद्रोहको सपना देख्दै नयाँ बाटोमा लम्कन्छ र भेट्दछ कृष्णश्वामी अयङ्गरलाई ।

अन्तिम विद्रोह

‘किसान राज, जिन्दावाद’ भन्दै जय जनता भनेर अभिवादनको चलन चलाएका भीमदत्तले २००८ को अन्तिमतिर कैलाली, कञ्चनपुर र डडेलधुरालाई केन्द्र बनाएर थालेको सशस्त्र किसान विद्रोहले थोरै समयमा सामन्त, जिम्दार, पटवारी र सरकारलाई आच्छुआच्छु बनायो । सोक्षेत्र किसानहरूको नियन्त्रणमा आयो । तमसुक च्यात्ने आन्दोलन चल्यो भने तमसुक नच्यातेर जनतालाई दःुख दिनेहरू आन्दोलनको निसानामा परे । बहृमदेव मण्डीको कोटाको व्यवस्था, भन्सार ठेकदारको अचाक्ली, ठेकदार र कर्मचारीको मिलेमतोको विरुद्ध उनको अभियानले जनताको मनोभावलाई छोयो भने सुब्बा जयदेव भद्ध्, डिठ्ा धर्मसिंह रावल, सुबेदार जोगराज ऐर विरुद्धको सशक्त कारवाहीले आन्दोलन हलक्क बढ्यो । ‘रोजीरोटी कपडा दे, नत्र गद्दी छोडी दे’ ‘गरिब किसान राज, शोषक सामन्ती मुर्दावाद’ जस्ता नारा चौतर्फी लाग्न थाले । आन्दोलन चर्किदै जाँदा उनलाई २००९ साल चैत २७ गते झुक्याएर गिरˆतार गरियो तर धर्य शमशेरलाई छक्याउँदै बिलौरी जेल तोडेर २०१० साल असार तेस्रो हप्ता पन्त भाग्न सफल भए । जब उनी डडेलधुरा पुगे पुनः त्यहाँ सामन्त र बडाहाकिम मोहनबहादुर सिंहको गठजोडमा गिरफतार परी बिलौरी जेल चलान गरियो । जोगबुढा पुग्दानपुग्दै सिपाहीहरूलाई प्रभाव पारेर उनीलगायत सहयोद्धा मुल्ली प्रधान र गर्भु राना उम्कन सफल भए । तब किसान विद्रोह अझ सशक्त भयो । किसानसेनामा सबै जातजातिका उत्पीडित साथै थारु, मगर र दलितहरूको उल्लेखनीय सहभागिता रहृयो । कम्युनिष्टहरूले कब्जा गर्न थाले भनेर मात्रिका कोइरालाको

काङ्ग्रेस सरकारले भारतसँग सैनिक गुहार माग्यो भने नेपाली सेनाका सेनापति किरण शमशेरले बरेलीमा बसेर संयुक्त कमान गरे । जब दक्षिणबाट भारतीय सेना र उत्तरबाट नेपाली सेनाले दबाब बढायो तब छापामार आन्दोलनको रूपमा किसान आन्दोलन फेरियो । सयौंको गिरˆतारी भयो । आन्दोलनको कमाण्डर र नेता भीमदत्त पन्त आफना सहयोगी बहादुरे खत्री र मोहनसिंह सेठीसँग उत्तर गैलेकको जङ्गलमा आश्रय लिन पुगे । बाहिरको खबर बुझ्न डडेलधुरा गएका सेठी गिरˆतार परे भने बहादुरे पनि अन्तिम समय अन्यन्त्र काममा खटाइएका थिए, पन्तसँग थिएनन् । आन्दोलनकै क्रममा उनका दुई छोरा प्रेमराज र लीलाराजको मात्रै हैन छोरी रेवाको समेत मृत्यु भयो ।

रोमका स्पार्टाकसले झैँ नेपाली धरतीमा किसानराजको लागि जमेर पन्तले लडे । सामन्त सरकार र उसलाई रक्षागर्ने विदेशीहरूले संयुक्त आक्रमण गरे । किसान आन्दोलनमाथि धावा बोले । स्पार्टाकसलाईझैं भीमदत्तलाई पनि प्रर्दशनको विषय बनाउन दुष्टहरूले कायर झँै हत्या मात्र गरेनन् उनको शिर बाँसमा उधिनेर ३ दिनसम्म प्रदर्शन समेत गरे । आखिर स्पार्टाकसले वारिनियालाई आफनो सन्तान जोगाएर भविष्यलाई सन्देश दिन भने तर भीमदत्तले भने आˆना सन्तानहरूको अनुहार हेर्न समेत जान भ्याएनन् । सहयोद्धा र हरेक स्वप्नद्रष्टा नै आˆना आन्दोलनको मर्म आन्दोलनकै उत्तराधिकारी र हकवाला बनाएर उनी सहिद भए । क्रान्तिलाई नै जब एउटा क्रान्तिकारीले परिवार सोच्दछ तब अनुयायीहरूमा नेतृत्वप्रति चरम आस्था बढ्दछ र कस्तै त्याग गर्नपनि अनुयायीहरू पछाडि पर्दैनन । त्यस्ता थिए- भीमदत्त पन्त । जहाँ अन्यायको विरोधमा स्वभिमानको जाग्दछ त्यहाँ भीमदत्त स्पार्टाकस झैँ रक्तवीज भएर देखिने गरेको छ र देखिने छ ।


source:

http://onlinekhabar.com/lite/?p=827


Search and Buy from amazon.com