फाइदा माओवादीलाई |
न्न र सुन्न दुवै नमीठो र अशोभनीय लाग्ने टिप्पणीबाट यो स् तम्भको सुरुवात गरौँ- अत्यन्त स् वार्थी, कपटी, नातावाद-कृपावादले लिप्त, ढोँगी र अलोकतान्त्रिक चरत्रि बोकेका नेपाली कांग्रेसका सभापति गिरजिाप्रसाद कोइरालाको अब देहावसान नै नभईकन यो पार्टीले नवजीवन प्राप्त गर्ने कुनै सम्भावना देखिँदैन । तर, उनले देशको सबभन्दा पुरानो लोकतान्त्रिक दलमा यतिबिघ्न अलोकतान्त्रिक आचरणका बीउहरू रोपिदिइसकेका छन् कि, उनको देहावसानपछि पनि नेपाली कांग्रेसले उन्नत फल फलाउन धेरै मिहिनेत गर्नुपर्नेछ । २०४६ सालमा पुनःस् थापित प्रजातन्त्रपछिको नेपालका लागि गिरजिाप्रसाद कोइराला सबभन्दा ठूलो श्राप हुन् । गत शान्ति प्रक्रियामा उनले निर्वाह गरेको भूमिका सम्भवतः एक मात्र उल्लेख्य अपवाद हो । त्यसलाई पनि धेरै हदसम्म गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बन्ने स् वार्थले डोर्याएको थियो । उनका कारण यो देशले धेरै दुःख पाएको छ । उनको ६५ वर्ष लामो राजनीतिक जीवनलाई धिक्कार छ । जीवनको अस् ताचलमा आएर उनले पुनः एकपल्ट आफ्नो निकृष्टता प्रदर्शन गरे । कमसेकम शान्ति प्रक्रियामा उनले निर्वाह गरेको भूमिकाले ०४६ सालपछि देशको प्रजातान्त्रिक बाटोमा उनले खनिदिएका खाल्डोहरूलाई केही हदसम्म भए पनि छोपिदिएको थियो । तर, बुद्धि, विवेक, इमानदारी र ढंग केही पनि नभएकी आफ्नी छोरी सुजातालाई जबरजस् ती नेतृत्वसहित परराष्ट्रमन्त्री बनाएर सरकारमा पठाएपछि गिरजिाप्रसाद कोइराला यस देशका लागि श्राप नै हुन् भन्ने मेरो पुरानो विश्वासको पुनःपुष्टि भएको छ । यो भयो गणतन्त्रको आगमनपछि नेपाली कांग्रेसले देखाएको लोकतान्त्रिक नग्न नृत्य नम्बर एक । प्रकाशशरण महत र मीनेन्द्र रजिालजस् ता जानेबुझेका, देखेसुनेका युवा डाक्टरसा'बहरू मन्त्री बन्ने मोहमा सो नग्न नृत्यको सहायक नर्तकहरू बनेपछि ती युवा नेताबाट भोलि कस् तो आचरणको अपेक्षा गर्न सकिन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । उनीहरूलाई सुजाता कोइरालाले ओढाइदिएको ओढ्ने त्यति न्यानो र प्यारो लागेको थियो भने त्यसलाई उनीहरूले कमसेकम दलभित्र लोकतान्त्रिक र वैधानिक प्रक्रियाबाट पारति गराउनुपथ्र्यो । लोकतान्त्रिक नग्न नृत्य नम्बर दुई पनि त्यही समूह र व्यक्तिहरूले प्रस् तुत गरे, जसको इतिहास पनि गर्विलो, स् वाभिमान र इमानदारीले होइन, स् वार्थ र भ्रष्टताले भरएिको छ । मधेसी जनअधिकार फोरममा जे देखियो, त्यसले पनि नेपाली कांग्रेसले जस् तै गणतन्त्रका भावी इतिहासकारहरूलाई कुनै सकारात्मक टिप्पणी गर्ने ठाउँ छोड्दैन । लोकतान्त्रिक नग्न नृत्य नम्बर तीन एमाले स् वयंले प्रस् तुत गर्यो । यो स् तम्भकार माधवकुमार नेपाललाई श्रद्धा नै गर्छ । उनी तुलनात्मक रूपमा इमानदार र निहित स् वार्थमा लिप्तभन्दा देश बनाउन प्रतिबद्ध नेता हुन् भन्ने मेरो मूल्यांकन रहेको छ । उनले चुनाव हारेपछि महासचिवको पदबाट दिएको राजीनामा अनि दलको अध्यक्ष पदका लागि विवाद हुन थालेपछि आफू प्रतिस् पर्धाबाट अलग्गिदिएको कुरालाई मैले सम्मानपूर्वक हेर्ने गरेको छु । र, दुई ठाउँबाट चुनाव हारेर, संविधानसभामा मनोनीत भएका व्यक्तिले प्रधानमन्त्रीको पद स् वीकार गर्न उचित हुँदैन थियो भन्ने तर्कसँग पनि मेरो सहमति छैन । उनलाई अन्य दलहरूले धेरै विश्वास गरेर संविधानसभामा भित्र्याएका हुन् भने उनी प्रधानमन्त्री बन्नचाहिँ अयोग्य थिए भन्न मिल्दैन । फेर िउनले प्रधानमन्त्री बन्नका लागि कुनै तिकडम पनि गरेका थिएनन् । तर, उनी प्रधानमन्त्री भएपछि उनको दलबाट पनि मन्त्री को बन्ने भन्नेमा जुन खिचातानी देखियो, त्यसबाट नेताहरूको ध्यान आदर्शमा नभई आसनमा केन्दि्रत भएको प्रस् ट देखियो । एमालेको नृत्य, नेपाली कांग्रेस र फोरमको जति निर्लज्ज नभए पनि ढाकछोप गर्ने त्यति ठाउँचाहिँ रहेको देखिएन । अब यी तिनैको तुलना माओवादीहरूसँग गरौँ । कसैले शंकै नगरे हुन्छ, वर्तमान समयमा माओवादी, नेपालको सबभन्दा सफल र सशक्त नेतृत्व भएको संगठित, अनुशासित र प्रभावशाली दल हो । माओवादीभित्रका जटिल समस् याहरू त्यसको नेतृत्वले अनौठो खुबीका साथ समाधान गर्ने गरेको छ । सशस् त्र विद्रोहमा संलग्न दल यति लामो समयसम्म नफुट्नु आफैँमा एउटा अतुलनीय उदाहरण हो । रवीन्द्र श्रेष्ठ र मातृका यादवहरूको पलायनले दलमा कुनै तात्त्विक असर पार्न सकेन । नारायणकाजी श्रेष्ठलाई पार्टीमा भित्र्याएर एकैचोटि संसदीय दलको उपनेता बनाउँदा पनि त्यसले दलीय अनुशासनमा कुनै असर पारेन । संविधानसभा निर्वाचनका बेला होस् या प्रचण्ड प्रधानमन्त्री हुँदा, सो दलभित्र कहिल्यै हास् यास् पद हानथाप देखिएन । देशको विकास गर्न सबभन्दा पहिले देश हाँक्छु भन्ने दल र त्यसका नेताहरूमा अनुशासन र प्रतिबद्धता चाहिन्छ । ती दुवै गुण मूलधारका राजनीतिक दलहरूमध्ये माओवादीमा मात्र देखिएको छ । ०४६ पछि ०६१ सालसम्म राजाले सत्ता आफ्नो हातमा नलिएसम्म दलहरूले जस् तो आचरण प्रस् तुत गरेर यस देशलाई भड् खालोमा हाले, तिनले होसियार भए हुन्छ, त्यही आचरणको पुनरावृत्ति हुने हो भने यो देशको शासन फेर िछिट्टै माओवादीहरूको हातमा जानेछ । माओवादीहरूले रणनीति बनाएर या सेनामाथि नियन्त्रण हासिल गरेर सत्ता कब्जा गर्नैपर्दैन । चुनावमार्फत नै जनताले स् वतः माओवादीहरूलाई सत्ता सुम्पिदिने छन् । अनि, माओवादीहरूको मतिभ्रष्ट भएन, तिनले नेपाली कांग्रेस, एमाले र फोरमको बाटो पहिल्याएनन् र हिंसा, जबरजस् ती, संसद् अवरुद्ध, बन्द आदिलाई निरन्तरता दिएनन् भने एउटा संगठित, अनुशासित र प्रतिबद्ध दल भएका कारण यस देशमा धेरै वर्षसम्म उनीहरूको राज रहने बढ्दो सम्भावना देखिएको छ । अहिले देखिएको लोकतान्त्रिक नग्न नृत्यले देशलाई त हानि गरेको होला तर माओवादीहरूलाई चाहिँ त्यसले पूर्ण फाइदा पुर्याएको छ । त्यसो हुन नदिने हो भने अन्य दलका नेताहरूले अहिले नै बुद्धि पुर्याउनु राम्रो । बितेर गएका वर्षहरूमा जस् तै पछि पछुताएर केही फाइदा छैन । तर, आउँदा दिनहरूमा अन्य दलहरूजस् तै माओवादी पनि चुक्दै गयो भने सबै जना स् पष्ट भए हुन्छ, 'राजा आऊ, देश बचाऊ'को नारा सडकहरूमा सशक्त रूपमा गुञ्जिन थाल्नेछ । अहिलेकै हकमा भने सम्पूर्ण फाइदा माओवादीहरूलाई पुगिरहेको छ । सरकारबाट राजीनामा दिने तिनको पछिल्लो रणनीति फेर िएकपल्ट सफल देखिएको छ । तिनले राजीनामा नदिएको भए, अन्य दलहरूको पुरानै आचरण को यसरी पर्दाफास हुने थिएन । source: |
Sunday, June 14, 2009
फाइदा माओवादीलाई
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment