Sunday, June 14, 2009

कांग्रेसको मृत्यु !


कांग्रेसको मृत्यु !


कांग्रेस महासंग्रामको सम्भावना टरेको छ -वास् तवमा महासंग्रामको सम्भावना नै थिएन, त्यसैले टरेको हो भनी बुझ्नु राम्रो हुन्छ) । प्रसंग हो, सरकारमा नेपाली कांगे्रसको प्रतिनिधित्व, सहभागिता इत्यादि जे भने पनि सुजाता कोइरालाको नेतृत्वलाई लिएर उठेका 'झीनामसिना' मान्छेद्वारा दिइएको महासंग्रामका धम्कीको । कुनै महासंग्राम भएन । महासंग्रामलाई ठूलै तयारी चाहिन्छ, त्यसैले महासंग्रामको के कुरा गर्नु, संग्राम पनि भएन । संग्रामका लागि पहिलो प्राथमिकता हो अग्रपंक्तिमा जोदाहा योद्धा अनि उसको दृष्टि र पंक्ति ! कांगे्रसमा गिरजिाप्रसाद कोइरालाको हैकम छ, शासन छ, दबदबा छ । अर्को कुनै जोदाहा योद्धा छैन, उनलाई चुनौती दिनसक्ने व्यक्ति छैन, त्यसैले दृष्टि र पंक्तिको सन्दर्भ कोट्याइरहनै पर्दैन ।
सुजाताको नेतृत्वमा कांगे्रसद्वारा सरकारमा सहभागिताप्रति असन्तुष्टि जनाउँद्ददै होनहार, गगनभेदी स् वरका धनी, कांगे्रसका मदन भण्डारी र गणतन्त्रवादी युवा नेता गगन थापाले एउटा मार्मिक चिट्ठी छपाए । त्यस चिट्ठीमा उनले आफ्नो व्यथा पोखे । कांगे्रसको दुर्गतिप्रति लज्जित भएको महसुस गरे । अर्का होनहार कांगे्रस कुलदीपक विश्वप्रकाश शर्माले सुजाता अस् वीकार भन्दै लेख छपाए । लाम लाग्यो लेखहरूको जताततै । कसैकसैले लेख पढेर सुजातालाई कालो झन्डा देखाए ।
वास् तवमा ती सबै कर्मकाण्ड थिए । कांगे्रसमा सुजाता स् वीकृत छिन्, यसमा कुनै विवाद छैन । यसका साथै कांग्रेस जस् तो भएको छ, त्यसका लागि सुजाता नै सुयोग्य छिन्, यसमा पनि कुनै विवाद छैन । यसका साक्षी कांगे्रस फुटाएर फेर िकांगे्रसमै मिसिएका शेरे सुदूरपश्चिम, परम्प्रतापी, बूढानीलकण्ठ निवासी, दुईपटक लोकअनुमोदित प्रधानमन्त्री तर पछिल्लोपटक गोरखाली राजाद्वारा अलंकृत प्रधानमन्त्री, संविधानसभामा निर्वाचित कांगे्रस वरष्िठ नेता शेरबहादुर देउवा साक्षात् छन् । फुटेको कांगे्रसमा आउँछु भनी झुक्याएर कोइरालातर्फकै कांग्रेसमा बसेका कोइरालाकै परम्कृपाकांक्षी रामचन्द्र पौडेल छन् । संविधानसभा निर्वाचनमा हारेको वेदनासहित दिएको राजीनामा फिर्ता लिएर खल्तीमा राखिबसेका सुशील कोइराला छन् । चारतारे नै ओढेर मर्ने इच्छा राख्ने कांगे्रसका अनन्य भक्त लाखौँलाख -यतिन्जेलसम्ममा हजारौँहजार भइसकेका पनि हुन सक्छन्) कार्यकर्ता छन् ।

कोइरालाकै हो कांग्रेस
कांगे्रसमा सुजाता स् वीकृत छिन् । उनी गिरजिाप्रसाद कोइरालाकी छोरी त हुँदै हुन्, यसका साथै संविधानसभा निर्वाचनमा पराजित पनि भएकी हुन् -प्रधानमन्त्रीसमेत पराजित नै छन्) । बिनालोकसमर्थन र दृष्टिकोण, बिनाविचार र समर्पण नेतृत्व लिने योग्यता भएका कांगे्रसजनमा योग्यतम पनि उनै हुन् । यसर्थ, यसरी बुझौँ, सुजाताको आगमनलाई लिएर मर्माहत भएका गगन र विश्वप्रकाशले फगत विरोधको कर्मकाण्ड पूरा गरेका हुन् । सुजाताको नेतृत्वलाई लिएर रुवाबासी गररिहेका पदाधिकारीहरू, कोइरालाको आश्रयबिना एकनिमेष पनि बाँच्न नसक्ने, याचकहरू हुन् । एउटा कटु सत्य भनौँ, अन्यथा नमान्नु गैरकोइराला कांगे्रसजन, कांगे्रस कोइरालाकै थियो, हो र छ । निश्चय नै यसमा उहिल्यै अरू अरूको पनि योगदान थियो, यदाकदा हकदाबी लाग्थ्यो, त्यो चरण समाप्त भएको छ । कांगे्रसको हकमा यो स् वीकार्नु नै सत्य हो र यसउप्रान्त कुनै अर्को सत्य छैन । सरकारमा कांग्रेसबाट सुजाताको नेतृत्वसँगै कांग्रेस विधिवत् कोइरालाप्रधान राजसंस् था भइसकेको छ । कांगे्रसमा बस् न चाहनेहरूका लागि यो स् वीकार्नु श्रेयस् कर छ । जसलाई कोइराला वंशसत्ताप्रति असहमति छ उनीहरूले, पर्खिराख्नु जरुरी छैन, सोझै कित्ताकाट गरे हुन्छ ।
तर, प्रश्न छ कसले गर्ने कित्ताकाट, कसले लिने नेतृत्व  ? गणेशमान सिंहले कोसिस गरेका थिए उहिल्यै, नसकेका हुन् । शेरबहादुर फुटाएरै गए, फुटाएको समूहलाई उनले नयाँ अनुहार दिन सकेनन्, आफैँ मार्गभ्रष्ट, पथविचलित भए । पुरुषार्थ बिर्सेर गोरखाली राजाको दरबारमा न्याय माग्न गए । उनै देउवा पछि कोइरालाको चरणका शरणमा फर्किआए । अचेल ४० प्रतिशतको हाराहारी भाग पाएर बसेका छन् । रामचन्द्र कित्ताकाट गर्न सक्दैनन्, त्यसै पनि उनको उमेर अब विद्रोहको रहेन । अनि, त्यत्रो त्याग-तपस् याका बलमा पाएको सुविधापि्रय 'गान्धीवादी' जीवन परत्ियाग गर्न उनलाई सम्भवसमेत छैन । फेर,ि बुढेसकालमा पुगेका कसैलाई विद्रोहका निम्ति उक्साउनु पनि हुँदैन । पितृश्राप लाग्न सक्छ । पौडेललाई अबउप्रान्त धपेडी होइन, आराम-विश्रामको आवश्यकता छ ।
रहे नरहर िआचार्य, यिनी कांगे्रसको पुनरुद्धारका लागि लेखापढी गर्छन्, अन्तर्वार्ता दिन्छन्, आन्तरकि लोकतन्त्रप्रति आस् थावान् छन्, गणराज्य अभियानका संयोजक, सञ्चालक र नेता हुन् । विधि, प्रक्रिया, पद्धतिका विज्ञ हुन् । मिहिनेत खुब गर्छन् र मिहिनेतको सम्पूर्ण सार र सार्थक प्रतिफल कोइरालालाई बुझाएर फेर िलेखापढी गर्न थाल्छन् । कांगे्रसप्रति यति निष्ठापूर्ण समर्पण भएका विद्वान् विरलै छन् तैपनि यिनै कारबाहीमा पररिहन्छन्, स् पष्टीकरण दिन्छन् तैपनि कांगे्रसका प्रति यिनको भक्ति रत्तिभर कम भएको छैन । यिनको कांग्रेसभक्ति पौराणिककालका पतिव्रता नारीको पतिभक्तिभन्दा अलिकति पनि कम छैन । यद्यपि, ती पतिपरायणा नारीलाई प्राप्त भएजस् तै शक्तिबाट भने यिनी निकै टाढा छन् । स् मरण रहोस्, नरहर िकाठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित जनप्रतिनिधि पनि हुन् । हाल आएर यिनको राष्ट्रिय सम्पर्क योजना निर्वाचन क्षेत्रको कार्यमा अत्यधिक व्यस् तताका कारण अनिश्चितकालका लागि स् थगित छ ।
कांग्रेसमा कोइरालासँग कित्ताकाट गर्ने व्यक्तित्व छैन र कांगे्रस वंशसत्ता मुक्त पार्टी बन्ने सम्भावना टाढा-टाढासम्म देखिँदैन । यति हुँदाहुँदै पनि एउटा उपाय छ र त्यो उपाय हो कांग्रेसको मृत्यु । पूर्वीय, विशेष गरी, हिन्दु विश्वास अनुसार मर्ने त शरीर हो, आत्मा मर्दैन । बौद्ध विश्वास अनुसार निर्वाण प्राप्त नभएसम्म जीव जन्मान्तरमा रहिरहन्छ । अर्थात्, यो कांग्रेस मरे पनि यसको आत्मा मर्दैन । यसले नयाँ शरीर धारण गर्छ । नमरुन्जेल माया लाग्नु स् वाभाविकै हो, यतिका पुरानो र रामचन्द्र पौडेलले भन्ने गरेझैँ लामो इतिहास भएको पार्टी, माया त लाग्छ नै । कांग्रेसीले त आफ्नो पार्टीको माया गर्ने नै भए, थुप्रै कम्युनिस् टसमेत कांग्रेस भनेपछि हुरुक्कै हुन्छन् । तर, जति माया लागे पनि भएभरका रोगले ग्रस् त, उठ्नै, हलचलै गर्न नसक्ने शरीर बाँच्नुभन्दा मर्नु नै निको मानिन्छ । त्यसैले कांगे्रस मर्नुपर्छ र यसको पुनःजन्म नेपालकै माटोमा हुनुपर्छ ।
पुनःजन्मका लागि मर्नुपर्छ । प्रश्न फेर िकठिन छ, मर्न सहयोग गर्ने कसले ? वास् तवमा हालैका घटनाक्रमलाई केलाएर हेर्ने हो भने यस समस् याको समाधान निस् केको छ । कांग्रेसलाई मर्न सहयोग गर्ने सुपात्र अरू कोही हुनै सक्दैन, हालसम्म उपलब्धमध्ये सुजाता मात्रै हुन् ।
वास् तवमा समृद्धि र उन्नतिलाई जस् तै दुर्गति र अधोगतिका निम्ति समेत उपयुक्त पात्रको आवश्यकता हुन्छ । कांगे्रस दुर्गति र अधोगति उन्मुख छ । विचार विमुख छ, दृष्टिकोणरहित छ । संगठन ध्वस् त र भित्रभित्रै परस् परमा रसिारसि छ । आरसि छ । द्वेष छ । भएभरका दुर्गुणले ग्रस् त छ । तैपनि, यसको जीव भनौँ या आत्मा पवित्र छ । यसको आत्मामा लोकतन्त्र बस् छ तर शरीरमा असंख्य लोकतन्त्रविरोधी रोगले स् थायी घर बनाएका छन् । त्यसैले यसको आत्मा 'भो पुग्यो अब यो शरीरमा बस् िदन' भन्दैछ । यस् तो अवस् थामा रोगग्रस् त, जर्जर र आफ्नाहरूकै द्वेषका कारण अवशादग्रस् त कांगे्रसलाई शरीरमुक्तिका निम्ति सहयोग गर्नु पाप प्रतीत भए पनि प्रकारान्तरमा पुण्यको काम हो । त्यो पुण्यको काम सुजातालाई निमित्त बनाएर कोइराला गर्दैछन् ।
सुजातालाई धेरैले कांगे्रसकी खलपात्रका रूपमा चित्रण गरेका छन् । खलपात्र पनि पात्र नै हो, उसले त्यस् तो भूमिका पाएको मात्रै हो । व्यक्तिका प्रवृत्ति, हाउभाउ, बोलचाल सबै स् वभाववश आएका हुन् र त्यही स् वभाव अनुरूप भूमिका मिल्ने हो । सुजाताले यस अर्थमा कांगे्रसलाई इतिहासको पुस् तकका पानामा सीमित राखिदिने भूमिका पाएकी हुन् । यो भूमिका समयोचित छ । सर्वाधिक सान्दर्भिक छ ।

नयाँ मार्ग प्रशस्त
तात्पर्य के भने कुनै पनि व्यक्ति खराब अथवा असल हँुँदैन । ऊ, उसको आफ्नै स् वभावद्वारा सञ्चालित हुन्छ । परििस् थतिले आफ्नो प्रयोजनका लागि व्यक्तिलाई निमित्त बनाउँछ । यसर्थ, सुजाता कांगे्रसको शरीर यात्रा अन्त्य गर्न तयार भएकी निमित्त मात्र हुन्, यसरी बुझ्नु राम्रो हुन्छ । यसमा चित्त दुख्नुपर्ने कुनै कारण छैन । रोदन र अलापविलापको कुनै अर्थ छैन । किनभने, संवैधानिक राजतन्त्रको अन्त्य भएसँगै कांगे्रसको परम्परागत उपादेयता सकिएकै हो । कांगे्रसमा चरम विरोधाभास र अन्तरद्वन्द्वको कारण यही हो । कांगे्रसको पुरानो कलेवर फ्याँक्नैपर्छ, नयाँ नाम कांगे्रस नहुन सक्छ । नयाँ शरीर प्रवेशका निम्ति पुरानो देहको त्याग गर्नैपर्छ । पुरानो देहको जिम्मा कोइरालाजनलाई दिएर नयाँ संसार बनाउन उद्यम गर्नु सार्थक हुन्छ ।
वास् तवमा कुनै पनि वस् तुको, विचारको, स् थापना र प्रस् थापनाको उपादेयता सार्वकालिक र शाश्वत हुँदैन । उपादेयता समाप्त भएपछि त्यसको क्षय र विनाश अवश्यंभावी छ । अहिलेको कांगे्रस भनेको उपादेयता समाप्त भएको, सास चलिरहेको तर सहज मृत्युको याचना गररिहेको कांगे्रस हो । मर्न चाहन्छ तर मर्न नदिइरहेको अवस् था छ । यस् तो अवस् थामा मर्दै गरेको कांगे्रसलाई मर्न सजिलो पार्न सुजाताको प्रवेश भएको हो । गिरजिाप्रसादले यसै प्रयोजनले आफ्नो उत्तराधिकार आफ्नै सन्तानलाई सुम्पेका हुन् ।
सच्चा वंशसत्ता यस् तै हुन्छ किनभने वंशसत्ता सदैव चल्ने प्रथा होइन । राणावंशलाई मोहनशमशेर र शाहवंशलाई ज्ञानेन्द्रका कर्म-दुष्कर्मले राज्यच्युत गराएजस् तै कोइराला वंशको योगदान सुजातामा अन्त्य गर्ने प्रबन्ध गरएिको हुनसक्छ । जहाँसम्म कांगे्रसको कुरा छ, कांग्रेसै नाम हुनुपर्छ भन्ने के छ, ऊर्जाशील लोकतान्त्रिक युवाहरूले नयाँ इतिहास रचना गर्न गणतन्त्रको नेतृत्व लिने नयाँ लोकतान्त्रिक दलको प्रस् तावना तयार गर्न प्रारम्भ गरे हुन्छ ।
कुनै समयमा नेपाल प्रजापरष्िाद् थियो, त्यसको प्रयोजन सकियो । कांगे्रस आयो । कम्युनिस् ट आए । अहिले मुलुक गणतन्त्र भएको छ, गणतन्त्रलाई लोकतान्त्रिक वाणी दिन, देशलाई लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध नयाँ दल चाहिएको छ । त्यसैले कांगे्रस सुजातामय भएर किञ्चित नराम्रो भएको छैन । वीर कोही छन् कांगे्रसमा भने कांग्रेसको नामै बदलेर नयाँ इतिहास रच्ने मार्ग प्रशस् त भएको छ

source:

http://www.kantipuronline.com/Nepal/article.php?&aid=165



No comments:

Search and Buy from amazon.com