Tuesday, June 30, 2009

गिरिजाप्रसाद कोइरालाका छोरा यी हुन्

गिरिजाप्रसाद कोइरालाका छोरा यी हुन्

image

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता सधैँ चर्चामा छिन्, तर छोरा सुरेश गुमनाम छन् । अधिकांश नेपालीलाई त गिरिजाप्रसादका छोरा छन् भन्नेसमेत थाहा छैन ।

कोइरालापुत्री सुजाता देशको मन्त्रीको रूपमा झन्डावाल गाडीमा नारायणहिटीस्थित परराष्ट्र मन्त्रालय ओहोरदोहोर गर्छिन्, छोरा सुरेश भने किस्ताबन्दीमा लिएको मोटरसाइकल चढेर आफैंले चलाएको प्रेस धाउँछन् । सुरेश काठमाडौं हात्तीसारमा रहेको क्रियटिभ प्रेसका सञ्चालक हुन् ।

राजनीतिक दाउपेचबाट टाढा रहेका सुरेश बाबु गिरिजाप्रसाद प्रधानमन्त्री भएकै वेला पनि बालुवाटार कमै जान्थे । सुरेशले न म गिरिजाप्रसादको छोरो हुँ भनेर फुर्ती लगाए, न गिरिजाप्रसादले नै चिनाए । त्यसैले बालुवाटारमा उनलाई सामान्य आगन्तुकको भन्दा फरक व्यवहार पनि भएन ।

'म उहासँग (गिरिजाप्रसाद कोइराला) को सम्बन्धका बारेमा बोल्न चाहन्न । म लो प्रोफाइलको मानिस, चर्चामा आएर के गर्नु ?,’ हात्तीसारमा रहेको आफ्नै प्रेसमा उनले नयाँ पत्रिकासित भने ।
सुरेश २२ चैत २००४ मा जन्मिएका हुन् जतिवेला गिरिजाप्रसाद र सुष्माको चिनजानसमेत व्यक्ति भन्ने समाचार नै गलत भएको बताए ।

उता प्रहरीले भने अपहरणकारीले सुरेखाको अपहरणमा संलग्न भएको आशंकामा दुई समूहमाथि निगरानी गरिरहेको छ । अपहरणकारीले अपनाएको शैलीका आधारमा प्रहरीलेे विवादास्पद रूपमा पुनरावेदन अदालतबाट धरौटीमा रिहा भएका भीमसेन पण्डितको समूह र मेघा देवकोटाको अपहरणमा संलग्न रही फरार रहेका अपहरणकारीको खोजी गरिरहेको छ ।

स्रोतका अनुसार प्रहरीको खोजीको प्राथमिक सूचीमा भीमसेन पण्डित समूह छ । पाँचजना व्यक्तिको अपहरण गरी ७७ लाखभन्दा बढी फिरौती उठाएको अभियोगमा २९ पुस ०६४ मा महानगरीय प्रहरी अपराध महाशाखाबाट पक्राउ परेका भीमसेन पुनरावेदन अदालत पाटनको विवादास्पद फैसलाअनुसार गतवर्ष ७ असोजमा रिहा भएका थिए ।

प्रहरीले पण्डितसँगै भारतको आगरासिटीनिवासी रोहित पालिवल अग्रवालसहित सञ्जय श्रेष्ठलाई समेत पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले तीनवटा पेस्तोल र ३६ राउन्ड गोलीसमेत बरामद गरेर हातहतियार तथा खरखजाना र शरीर बन्धक मुद्दा अगाडि बढाएको थियो ।

उनीहरूमाथि सचिन गुप्तामाथि गोली प्रहार गरी अपहरणको प्रयास गरेको, विनोद न्यौपानेको अपहरण गरी सात लाख ६० हजार फिरौती लिएर रिहा गरेको, ओमकार भट्टचनको अपहरण गरी ५० लाख फिरौती लिएको, राजेन्द्र शर्मा र गणेश बिहारीको अपहरण गरी आठ र १२ लाख फिरौती लिएको अभियोग थियो ।

त्यस्तै निगरानीमा रहेको अर्को समूहमा गतवर्ष वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाकी छोरीको अपहरणका मुख्य योजनाकार गोकुल गिरीसहित उनका सहयोगी कृष्ण छारा राई, राजु थापा र केशव दर्लामीमगर अझै फरार छन् । प्रहरीले व्यापारी सुरेखाको अपहरणमा उनीहरूको संलग्नतालाई समेत प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले सो समूहका सिद्धार्थ लामा, राजु लामा र हेमबहादुर लामालाई पक्राउ गरी मुद्दा चलाएको छ

source:

http://nayapatrika.dns-systems.net/newsportal/cover_story/3057.html


No comments:

Search and Buy from amazon.com