Thursday, October 15, 2009

Sujata Koirala

सुजाताको चुनौती

Font size: Decrease font Enlarge font
image

'तपाईंहरुलाई कार्यबाहक सभापति, उपसभापति र महामन्त्री कसले बनायो ? सभापतिले तपाईंहरुलाई मनोनीत गर्न हुने, मलाई नहुने ?'

'ए, तपाईंले सभापति र मसँग स्पष्टीकरण लिने ? यत्रो वर्ष पार्टी चलाउँदा तपाईंहरुले के-के गर्नुभयो, मलाई एक-एक थाहा छ, कार्यबाहक सभापति र पदाधिकारी सबैसँग स्पष्टीकरण लिन्छु ।'

'ठूला कुरा गर्ने ? १८ वर्षसम्म पार्टीको नेतृत्वमा बसेर तपाईं -रामचन्द्र पौडेल) ले के गर्नुभयो ? तपाईं नेता बन्न सक्ने मान्छे होइन '

 

बालकृष्ण अधिकारी/नयाँ पत्रिका

काठमाडौं, २८ असोज

साँझ ५ बजे झ्याप्प बत्ती निभ्यो । तर, सुजाता कोइरालाको स्वर झन् चर्कियो । मैनबत्तीको उज्यालोमा सुजाताले पाखुरा सुर्किन् र ड्याम्म टेबुल ठोक्दै भनिन्, 'तपाईंहरूलाई सभापतिले मनोनीत गर्न हुने, मलाई उपप्रधानमन्त्री बनाउन किन नहुने ?'

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपप्रधानमन्त्री सुजाता कोइरालाले आफूमाथि सबैजसो केन्द्रीय पदाधिकारीले लगाएका आरोपको एक्लै सामना गरिन् ।

पूर्वनिर्धारित महासमिति बैठकबारे छलफलमा प्रवेश गर्दानगर्दै केन्द्रीय सदस्य गोविन्दराज जोशी र नरहरि आचार्यले उपप्रधानमन्त्रीमा सुजाताको नियुक्तिबारे बैठकलाई जानकारी दिन नेतृत्वसँग माग गरेका थिए । कार्यबाहक सभापति सुशील कोइरालाले सुजाताको नियुक्तिसम्बन्धी विषयभन्दा महत्त्वपूर्ण महासमिति बैठक भएकाले पहिले त्यसैमा छलफल गर्न आग्रह गरे । बैठकले महासमिति व्यवस्थापन तथा आर्थिक समिति तथा विधान र जिल्ला विवाद टुंग्याउन फरक-फरक समिति गठन गरेपछि विषय फेरि सुजातातिर सोझिएको थियो ।

विरोधका स्वर चर्किंदै गए, उपप्रधानमन्त्री सुजाताले बीचबीचमै प्रतिवाद गर्दै रहिन् । सुजाता र नेताहरूबीच पटक-पटक दोहोरो भनाभन चलिरह्यो, ठुल्ठूलै स्वरमा ।

पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूले उपप्रधानमन्त्री नियुक्ति प्रक्रिया संस्थागत नभएको भन्दै सभापति गिरिजाप्रसाद कोइरालाकै विरोध गरेका थिए । प्रतिवादमा केन्द्रीय सदस्यसमेत रहेकी उपप्रधानमन्त्री सुजाताले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पटकपटक हप्काएकी थिइन् ।

बैठकमा उपसभापति रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य डा. रामशरण महत, नरहरि आचार्य, बलबहादुर केसी, चिरञ्जीवी वाग्लेलगायतका नेताले सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेकोमा सभापतिको चर्काे आलोचना गरेका थिए । उनीहरूले सभापतिले बलमिच्याइँ गरी कांग्रेसलाई नै समाप्त गर्न लागेको आरोप लगाएपछि सुजाताले त्यसको प्रतिवाद एवं आफ्नो नियुक्तिको बचाउ गरेकी थिइन् ।

स्रोतका अनुसार बैठकमा उपप्रधानमन्त्री सुजाताले आफ्नो नियुक्तिबारे अनावश्यक विवाद नगर्न चेतावनी दिँदै भनिन्, 'तपाईंहरूलाई कार्यबाहक सभापति, उपसभापति, महामन्त्री कसले बनायो ? सभापतिले तपाईंहरूलाई मनोनीत गर्न हुने, मलाई किन नहुने ?'

केन्द्रीय सदस्य डा. रामशरण महतले उपप्रधानमन्त्री नियुक्तिका विषयमा सभापति कोइराला र सुजातासँग केन्द्रीय समितिले स्पष्टीकरण सोध्नुपर्ने धारणा राखेपछि आकोशित बनेकी सुजाताले तत्कालै केन्द्रीय समितिलाई चुनौती दिँदै कार्यबाहक सभापतिलगायत पार्टीका पदाधिकारीलाई नै स्पष्टीकरण सोध्ने चेतावनी दिइन् । 'यत्रो वर्ष पार्टी चलाउँदा तपाइर्ंहरूले के-के गर्नुभयो, मलाई एक-एक थाहा छ, तपाईं कार्यबाहक सभापति र तपाइर्ं पदाधिकारीहरूलाई म स्पष्टीकरण लिन्छु,' उनले भनिन् ।

उपसभापति तथा संसदीय दलका नेता पौडेलले पार्टी केन्द्रीय समिति र संसदीय दललाई लत्याएर थप संकट निम्त्याएको भन्दै सरकारलाई अप्ठेरोमा पार्ने धारणा राखेका थिए । तर, सुजाताले पौडेलमाथि पार्टी विभाजन गर्ने र वर्तमान सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप लगाइन् । 'ठूला कुरा गर्ने ? १८ वर्षसम्म पार्टीको नेतृत्वमा बसेर तपाइर्ंले के गर्नुभयो ?' बैठकमा उपसभापति पौडेलमाथि सुजाताले दिएको चुनौती उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईं नेता बन्न सक्ने मान्छे होइन, पख्नोस्, तपाईंहरूलाई महाधिवेशनमा देखाइदिन्छु ।'

प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । बैठकपछि कार्यबाहक सभापति कोइरालाले सभापतिको उपस्थितिमा अर्काे बैठकले उपप्रधानमन्त्री नियुक्तिबारे छिनोफानो गर्ने बताए ।

बैठकको अन्तिम समयसम्म बसेकी सुजाताले आफ्नाविरुद्ध षड्यन्त्र भएको भन्दै छानबिन गर्नुपर्ने धारणा राखेकी थिइन् । 'तपाइर्ंहरू ममाथि षड्यन्त्र गर्दै हुनुहुन्छ, यसको पनि छानबिन हुनुपर्छ,' उनले भनिन् ।

स्रोतका अनुसार दोहोरो भनाभन र विवाद चर्कंदै गएपछि विवादित मुद्दामा सभापति कोइरालासँगैै छलफल गरी निष्कर्षमा पुग्न पदाधिकारीहरू सहमत भएका थिए । सभापति कोइराला बुधबार मात्र गृहनगर विराटनगर गएका छन् । उनी राजधानी फर्केपछि उपप्रधानमन्त्री नियुक्ति विषयमा छलफल हुने भएको छ ।

अर्काे बैठक कहिले गर्ने भन्ने विषयमा समेत उपप्रधानमन्त्री सुजाताले बैठकमा 'हस्तक्षेप' गरेकी थिइन् । एक केन्द्रीय सदस्यका अनुसार पार्टी पदाधिकारीहरू बैठक निरन्तर जारी राख्नुपर्ने अडानमा थिए । तर, सुजाताले 'तिहारपछि मात्रै बैठक राख्न' भनेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो


source:

http://www.nayapatrika.com/newsportal/cover_story/6932.html

Sunday, October 4, 2009

नेताज्यू, पढाइ कहाँ पुग्यो ?

नेताज्यू, पढाइ कहाँ पुग्यो ?


image

काठमाडौं, १६ असोज/ प्रमुख दल माओवादी, कांग्रेस र एमालेका शीर्ष नेतामध्ये सबैभन्दा बढी अध्ययन गर्ने नेता को होला तपाईंलाई थाहा छ ? छैन भने थाहा पाइराख्नुहोस् । माओवादी र एमाले अध्यक्ष क्रमशः प्रचण्ड र झलनाथ खनालले स्नातकसम्म अध्ययन गरेका छन् भने कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आइएसम्मको अध्ययन गरेका छन् ।

सबैभन्दा पुरानो दल कांग्रेस केन्द्रमा स्नातकोत्तर अध्ययन गरेका नेताको बाहुल्य रहेको छ भने मूलधारको कान्छो, तर सबैभन्दा ठूलो दल एकीकृत माओवादीमा सातजना नेताले यो तह छिचोलेका छन् । माओवादी पोलिटब्युरोमा स्नातकसम्मको अध्ययन गरेका नेताको बहुमत छ । एमाले केन्द्रीय स्तरका २७ जना नेताले स्नातकोत्तर गरेका छन् ।

६० सदस्य रहेको कांग्रेस केन्द्रीय समितिमा स्नातकोत्तर अध्ययन गरेका ३४ जना छन् भने १२ जना स्नातक अध्ययन गरेका छन् । कांग्रेसमा पिएचडी गर्ने तीनसहित पाँचजना डाक्टर रहेका छन् । चारजना एसएलसी गर्ने छन् भने तीनजना प्रमाणपत्र छन् । एक/एकजना साक्षर र स्वाध्ययन छन् ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आइएसम्मको अध्ययन गरेका छन् भने कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले एमए र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एमए, बिएल गरेका छन् । संसदीय दलका नेता एवं उपभापति रामचन्द्र पौडेलले एमए, उपसभापतिहरू प्रकाशमान सिंहले एमएस्सी, गोपालमान श्रेष्ठले बिए, महामन्त्रीद्वय कुलबहादुर गुरुङ बिए र विमलेन्द्र निधिले एमए अध्ययन गरेका छन् । कांग्रेसका जेष्ठ केन्द्रीय सदस्य बलबहादुर राई मात्र साक्षर छन् ।

कांग्रेसमा पिएचडी गर्ने पाँचजना नेता छन् । डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला र डा. शशांक कोइराला पिएचडी डाक्टर हुन् ।

त्यस्तै, स्नातकोत्तर गर्ने ३४ नेताहरूमा भट्टराई, देउवा, पौडेल, सिंह, निधि, अर्जुननरसिंह केसी, सुप्रभा घिमिरे, अमरराज कैनी, लक्ष्मणप्रसाद घिमिरे, शिवचन्द्र मिश्र, चिरञ्जीवी वाग्ले, चक्रप्रसाद बाँस्तोला, मानबहादुर विक, गोविन्दराज जोशी र प्रदीप गिरी छन् ।

त्यस्तै, विनयध्वज चन्द, दिलबहादुर घर्ती, बलदेव शर्मा मजगैंया, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, महेश आर्चाय, नरहरि आचार्य, उमा अधिकारी, जिपछिरिङ लामा, पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, अर्जुनप्रसाद जोशी, बालकृष्ण खाँण, एनपी साउद, मनमोहन भट्टराई, चित्रलेखा यादव, जीवनबहादुर शाही, महालक्ष्मी उपाध्याय र उमाकान्त चौधरीले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

त्यस्तै, स्नातक गर्ने १२ नेतामा महामन्त्री गुरुङ, श्यामलाल श्रेष्ठ, रामकृष्ण ताम्राकार, गोपाल पहाडी, गोपालमान श्रेष्ठ, सुनीलकुमार भण्डारी, कृष्णप्रसाद सिटौला, दीपकुमार उपाध्याय, खुमबहादुर खड्का, मीना पाण्डे, दिनबन्धु श्रेष्ठ र भीष्मराज आङ्दम्बे छन् ।

सभापति कोइराला, पूर्णकुमार शेर्मा र सुजाता कोइरालाले प्रमाणपत्रसम्म मात्र अध्ययन गरेका छन् । एसएलसीसम्म अध्ययन गरेकाहरूमा भीमबहादुर तामाङ, इन्द्रबहादुर गुरुङ, पद्मनारायण चौधरी र फर्मुल्लाह मन्सुर छन् ।

कार्यबाहक सभापति सुशील कोइरालाले स्वाध्ययन गरेका हुन् भने राई साक्षर मात्र छन् । कांग्रेसका देउवा, वाग्ले सिटौला, सह-महामन्त्री केसी, पहाडी, कैनी, जोशीलगायतका नेताले दुईदेखि तीनवटा विषयमा स्नातक गरेका छन् ।

एमालेको ८६ पूर्णसदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र सचिव युवराज ज्ञवालीसहित २४ जनाले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् भने उपाध्यक्ष वामदेव गौतम, नेता केपी शर्मा ओली र सचिव विष्णु पौडेलसहित १३ जनाले एसएलसी मात्र उत्तीर्ण गरेका छन् । उपाध्यक्ष अशोक राई र सचिव शंकर पोखरेलसहित एमालेका २७ जना केन्द्रीय नेताहरूले विभिन्न विषयमा स्नातकोत्तर पूरा गरेका छन् ।

यस्तै, उपाध्यक्ष विद्या भण्डारीसहित १८ केन्द्रीय नेताहरूले आइए पास गरेका छन् भने १० कक्षा मात्र उत्तीर्ण गर्ने एक र औपचारिक शिक्षा नै लिन नपाएका एक केन्द्रीय सदस्य एमालेमा छन् ।

स्नातक तहको बिए अध्ययन गर्नेमा एमाले अध्यक्ष झलनाथ खनाल, सचिव युवराज ज्ञवाली, सदस्यहरू केशव बडाल, प्रदीप नेपाल, रवीन्द्र श्रेष्ठ, काशीनाथ अधिकारी, वाचस्पति देवकोटा, नरेश खरेल, नागेन्द्र चौधरी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित छन्् । यस्तै, बिकम पास गर्नेमा वरिष्ठ नेता माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, विष्णु रिमाल र गुरु बराल छन् । बिएड गर्नेमा महासचिव ईश्वर पोखरेल, सदस्यहरू पशुपति चौलागाइर्ं र भानुभक्त जोशी छन् । बिएल गर्ने एमाले केन्द्रीय सदस्यहरूमा अग्नि खरेल, डिल्लीबहादुर महत र धर्मनाथप्रसाद साह छन् । केन्द्रीय सदस्यहरू पृथ्वी सुब्बा गुरुङले बिएस्सी गरेका छन् भने रघुवीर महासेठले बिई र रकम चेम्जोङले बिटेक गरेका छन् ।

एसएलसी मात्र उत्तीर्ण गर्नेहरूमा उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल, नेता केपी शर्मा ओली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, प्रदीप ज्ञवाली, देवीप्रसाद ज्ञवाली, झिल्लुप्रसाद तिवारी, दलबहादुर रानामगर, विनोद श्रेष्ठ, गौरा कोइराला, गंगादेवी डाँगी र सत्यनारायण मण्डल छन् ।

स्नातकोत्तरसरहको अध्ययन गर्ने एमाले नेताहरूमा उपाध्यक्ष अशोक राई, सचिव शंकर पोखरेल, सदस्यहरू भरतमोहन अधिकारी, भीम रावल, उर्मिला अर्याल, रामचन्द्र झा, घनश्याम भुसाल, सहाना प्रधान, गोकर्ण विष्ट, महेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, अरुण नेपाल, बिन्दा पाण्डे, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, भानुभक्त ढकाल, राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, राजेन्द्र गौतम, जगन्नाथ खतिवडा, खगराज अधिकारी, प्रकाश ज्वाला, कर्णबहादुर थापा, विजय सुब्बा, गंगालाल तुलाधर, राधा ज्ञवाली र जयन्ती राई छन् ।

प्रमाणपत्र तह अध्ययन गर्ने एमाले नेताहरूमा उपाध्यक्ष विद्या भण्डारी, सदस्य तुलबहादुर गुरुङ, केशव देवकोटा, देवराज भार, उर्वादत्त पन्त, महमुद आलम, रामप्रीत पासवान, जितु गौतम दर्जी, श्रीमाया थकाली, थममाया थापा, कल्याणी खड्का, टुका हमाल र रामचन्द्र यादव छन् । यस्तै, सोही तहको आइकम अध्ययन गर्ने एमाले केन्द्रीय सदस्यमा गणेश तिमल्सिना छन् भने किरण गुरुङ, नेत्र पन्थी र परशुराम मेघी गुरुङले आइएस्सीसम्म अध्ययन गरेका छन् । यस्तै, मुकुन्द न्यौपानेले प्रथमा -संस्कृत)सम्मको अध्ययन गरेका छन् ।

केन्द्रीय सदस्यहरू वंशीधर मिश्र एमबिबिएस डाक्टर हुन् भने विजय पौडेलले पिएचडीसम्मको अध्ययन गरेका छन् । केन्द्रीय सदस्य ललितकुमार बस्नेतले कक्षा १० उत्तीर्ण गरेका छन् भने वीरबहादुर लामाले औपचारिक शिक्षा लिएका छैनन् । लामा साधारण लेखपढ मात्रै गर्छन् ।

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँगै उनको पार्टीको पोलिटब्युरोमा स्नातकसम्मको अध्ययन गरेका नेताको बहुमत छ ।

एकीकृत माओवादीको ४४ सदस्यीय पोलिटब्युरोमा २३ जनाले स्नातक तह उत्तीर्ण गरेका छन् । माओवादीमा सातजना स्नातकोत्तर र ६ जना प्रमाणपत्र तहसम्मको अध्ययन गरेका नेता छन् । आठजनाले एसएलसीसम्म अध्ययन गरेका छन् ।

म्ााओवादीका अध्यक्ष प्रचण्डले कृषि विज्ञानमा स्नातक गरेका छन् । म्ााओवादी सचिव चन्द्रप्रसाद गजुरेल गौरवले बिएस्सी, सचिवालय सदस्य टोपबहादुर रायमाझीले बिएस्सी र माओवादी पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देलले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । पोलिटब्युरो सदस्य हरिबोल गजुरेल बिकम, अग्निप्रसाद सापकोटा स्नातक उत्तीर्ण हुने नेता हुन् । त्यसैगरी, म्ााओवादी सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य लेखराज भट्ट, महासचिव रामबहादुर थापा बादल पनि स्नातक उत्तीर्ण नेता हुन् । सचिवालय सदस्य देव गुरुङ, पोलिटब्युरो सदस्यहरू पम्फा भुसाल, हितमान शाक्य, देवेन्द्र पौडेल, हिसिला यमि, हेमन्तप्रकाश वली, सचिवालय सदस्य नेत्रविक्रम चन्द र अर्का सचिवालय सदस्य वर्षमान पुन अनन्तले पनि स्नातकसम्मको अध्ययन गरेका छन् । पोलिटब्युरो सदस्य धर्मेन्द्र बाँस्तोला, कार्यालय सचिव रहेका माओवादी पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेत, सचिवालय सदस्य लीलामणि पोखरेल र अमीक शेरचन, पोलिटब्युरो सदस्य विश्वनाथ साह तथा नेता राम कार्की पनि स्नातक हुन् ।

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले पिएचडी गरेका छन् । उनले द नेचर अफ अन्डरडेभलपमेन्ट एन्ड द रिजनल स्ट्रक्चर अफ नेपाल विषयक शोधपत्रमा विद्यावारिधि -पिएचडी) गरेका हुन् । अर्का उपाध्यक्ष मोहन वैद्य किरण र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता हितराज पाण्डे, पोलिटब्युरो सदस्य नारायणप्रसाद शर्मा, नेता गिरिराजमणि पोखरेल र पोलिटब्युरो सदस्य निनु चापागाईंले स्नातकोत्तर गरेका छन् ।

प्रमाणपत्र तह अध्ययन गर्ने माओवादी नेतामा पोलिटब्युरो सदस्यहरू हरिभक्त कँडेल, भीमप्रसाद गौतम, लोकेन्द्र विष्ट, कुलबहादुर केसी, खड्गबहादुर विश्वकर्मा र सोनाम साथी छन् ।

म्ााओवादीमा एसएलसी र सोभन्दा कम अध्ययन गरेका नेता पनि छन् । माओवादी स्थायी समिति सदस्य एवं प्रवक्ता दीनानाथ शर्माले एसएलसी गरेका छन् ।

माओवादी सचिव पोस्टबहादुर बोगटी दिवाकरले आठ कक्षा उत्तीर्ण गरेका छन् भने नेता जनार्दन शर्मा प्रभाकरले एसएलसी उत्तीर्ण गरेका छन् । माओवादी पोलिटब्युरो सदस्य चन्द्रप्रसाद खनाल बलदेव र पोलिटब्युरो सदस्य गोपाल किराँती अन्डर एसएलसी हुन् । हाल जनसेनाका कमान्डर रहेका माओवादी नेता नन्दकिशोर पुन पासाङले एसएलसी उत्तीर्ण गरेका छन् भने अर्का नेता आहुतिले पनि एसएलसीसम्मको अध्ययन गरेका छन् । पोटिलब्युरो सदस्य दिलबहादुर श्रेष्ठ पनि एसएलसीसम्म अध्ययन गर्ने नेता हुन् ।

कुन नेताले कति पढेका छन् ?

कांग्रेस

डा.रामशरण महत- पिएचडी

डा. मिनेन्द्र रिजाल- पिएचडी

डा. प्रकाशशरण महत- पिएचडी

डा.शेखर कोइराला- एमए -चिकित्साशास्त्र)

डा.शशांक कोइराला- एमए -चिकित्साशास्त्र)

कृष्णप्रसाद भट्टराई- एमए

शेरबहादुर देउवा- एमए/बिएल

रामचन्द्र पौडेल- एमए

प्रकाशमान सिंह- एमएस्सी

विमलेन्द्र निधि- एमए

अजुर्ननरसिंह केसी- एमए/बिएल

सुप्रभा घिमिरे- एमए

अमरराज कैनी- एमए/बिएस्सी/बिएड

लक्ष्मणप्रसाद घिमिरे- एमई

शिवचन्द्र मिश्र- एमए

चिरञ्जीवी वाग्ले- एमए/बिएल

चक्रप्रसाद बाँस्तोला- एमए

मानबहादुर विक- एमएस्सी

गोविन्दराज जोशी- एमए/बिएल/बिएड

प्रदीप गिरी- एमए

विनयध्वज चन्द- एमए

दिलबहादुर घर्ती- एमए

बलदेव शर्मा मजगैंया- एमए

बलबहादुर केसी- एमए

दिलेन्द्रप्रसाद बडू- एमए

महेश आर्चाय- एमए

नरहरि आचार्य- एमए

उमा अधिकारी- एमए

जिपछिरिङ लामा एमए

पूर्णबहादुर खड्का- एमए

ज्ञानेन्द्र कार्की- एमए

अर्जुनप्रसाद जोशी- एमए

बालकृष्ण खाँण- एमए

एनपी साउद- एमए

मनमोहन भट्टराई- एमए

चित्रलेखा यादव- एमए

जीवनबहादुर शाही- एमए

महालक्ष्मी उपाध्याय- एमए

उमाकान्त चौधरी- एमएस्सी

कुलबहादुर गुरुङ- बिए

श्यामलाल श्रेष्ठ- बिए

रामकृष्ण ताम्राकार- बिकम

गोपाल पहाडी- बिए/बिएड

गोपालमान श्रेष्ठ- बिए

सुनीलकुमार भण्डारी- बिए

कृष्णप्रसाद सिटौला- बिएस्सी/बिएल

दीपकुमार उपाध्याय- बिए

खुमबहादुर खड्का- बिए

मीना पाण्डे- बिए

दीनबन्धु श्रेष्ठ- बिकम

भीष्मराज आङ्दम्बे- बिएल

गिरिजाप्रसाद कोइराला- आइए

पूर्णकुमार शेर्मा- आइए

सुजाता कोइराला- आइए

भीमबहादुर तामाङ- एसएलसी

इन्द्रबहादुर गुरुङ- एसएलसी

पद्मनारायण चौधरी एसएलसी

फर्मुल्लाह मन्सुर- एसएलसी

सुशील कोइराला- स्वाध्ययन

बलबहादुर राई- साक्षर

एमाले

वंशीधर मिश्र- एमबिबिएस

विजय पौडेल- पिएचडी

अशोक राई- स्नातकोत्तर

शंकर पोखरेल- स्नातकोत्तर

भरतमोहन अधिकारी- स्नातकोत्तर

भीम रावल- स्नातकोत्तर

उर्मिला अर्याल- स्नातकोत्तर

रामचन्द्र झा- स्नातकोत्तर

घनश्याम भुसाल- स्नातकोत्तर

सहाना प्रधान- स्नातकोत्तर

गोकर्ण विष्ट- स्नातकोत्तर

महेन्द्र पाण्डे- स्नातकोत्तर

कृष्णगोपाल श्रेष्ठ- स्नातकोत्तर

अरुण नेपाल- स्नातकोत्तर

बिन्दा पाण्डे- स्नातकोत्तर

सुरेन्द्र पाण्डे- स्नातकोत्तर

वेदुराम भुसाल- स्नातकोत्तर

भानुभक्त ढकाल- स्नातकोत्तर

राजेन्द्र श्रेष्ठ- स्नातकोत्तर

योगेश भट्टराई- स्नातकोत्तर

राजेन्द्र गौतम- स्नातकोत्तर

जगन्नाथ खतिवडा- स्नातकोत्तर

खगराज अधिकारी- स्नातकोत्तर

प्रकाश ज्वाला- स्नातकोत्तर

कर्णबहादुर थापा- स्नातकोत्तर

विजय सुब्बा- स्नातकोत्तर

गंगालाल तुलाधर- स्नातकोत्तर

राधा ज्ञवाली- स्नातकोत्तर

जयन्ती राई- स्नातकोत्तर

झलनाथ खनाल- बिए

युवराज ज्ञवाली- बिए

केशव बडाल- बिए

प्रदीप नेपाल- बिए

रवीन्द्र श्रेष्ठ- बिए

काशीनाथ अधिकारी- बिए

वाचस्पति देवकोटा- बिए

नरेश खरेल- बिए

नागेन्द्र चौधरी- बिए

छविलाल विश्वकर्मा- बिए

लालबाबु पण्डित- बिए

माधवकुमार नेपाल- बिकम

राजेन्द्र पाण्डे- बिकम

विष्णु रिमाल- बिकम

गुरु बराल- बिकम

ईश्वर पोखरेल- बिएड

पशुपति चौलागाइर्ं- बिएड

भानुभक्त जोशी- बिएड

अग्नि खरेल- बिएल

डिल्लीबहादुर महत- बिएल

धर्मनाथप्रसाद साह- बिएल

पृथ्वी सुब्बा गुरुङ- बिएस्सी

रघुवीर महासेठ- बिई

रकम चेम्जोङ- बिटेक

वामदेव गौतम- एसएलसी

विष्णु पौडेल- एसएलसी

केपी शर्मा ओली- एसएलसी

अष्टलक्ष्मी शाक्य- एसएलसी

रघुजी पन्त- एसएलसी

प्रदीप ज्ञवाली- एसएलसी

देवीप्रसाद ज्ञवाली- एसएलसी

झिल्लुप्रसाद तिवारी- एसएलसी

दलबहादुर रानामगर- एसएलसी

विनोद श्रेष्ठ -एसएलसी

गौरा कोइराला -एसएलसी

गंगादेवी डाँगी -एसएलसी

सत्यनारायण मण्डल -एसएलसी

विद्या भण्डारी- प्रमाणपत्र

तुलबहादुर गुरुङ- प्रमाणपत्र

केशव देवकोटा- प्रमाणपत्र

देवराज भार- प्रमाणपत्र

उर्वादत्त पन्त- प्रमाणपत्र

महमुद आलम- प्रमाणपत्र

रामप्रीत पासवान- प्रमाणपत्र

जितु गौतम दर्जी- प्रमाणपत्र

श्रीमाया थकाली- प्रमाणपत्र

थममाया थापा- प्रमाणपत्र

कल्याणी खड्का- प्रमाणपत्र

टुका हमाल- प्रमाणपत्र

रामचन्द्र यादव- प्रमाणपत्र

गणेश तिमल्सिना- प्रमाणपत्र

किरण गुरुङ -प्रमाणपत्र

नेत्र पन्थी -प्रमाणपत्र

परशुराम मेघी गुरुङ - प्रमाणपत्र

मुकुन्द न्यौपाने- प्रथमा -संस्कृत)

ललितकुमार बस्नेत - १० उत्तीर्ण

वीरबहादुर लामा- साधारण लेखपढ

माओवादी

प्रचण्ड- स्नातक

चन्द्रप्रसाद गजुरेल- बिएस्सी

टोपबहादुर रायमाझी- बिएस्सी

इन्द्रमोहन सिग्देल- बिई

हरिबोल गजुरेल- बिकम

अग्निप्रसाद सापकोटा- स्नातक

कृष्णबहादुर महरा- आइएस्सी/ बिएड

लेखराज भट्टले- स्नातक

रामबहादुर थापा बादल- आइएस्सिएजी

देव गुरुङ- स्नातक

पम्फा भुसाल- स्नातक

हितमान शाक्य- स्नातक

देवेन्द्र पौडेल- आइकम/आइए/बिएड

हिसिला यमि- बिई

हेमन्तप्रकाश वली- स्नातक

नेत्रविक्रम चन्द- बिएल

वर्षमान पुन अनन्त- बिएल

धर्मेन्द्र बाँस्तोला- बिए

शक्तिबहादुर बस्नेत- स्नातक

लीलामणि पोखरेल- स्नातक

अमीक शेरचन- बिए

विश्वनाथ साह- बिए

राम कार्की- स्नातक

बाबुराम भट्टराई- पिएचडी

मोहन वैद्य किरण- स्नातकोत्तर

नारायणकाजी श्रेष्ठ- एमए

हितराज पाण्डे- स्नातकोत्तर

नारायणप्रसाद शर्मा- स्नातकोत्तर

गिरिराजमणि पोखरेल- स्नातकोत्तर/बिएल

निनु चापागाईं- एमए/शास्त्री

हरिभक्त कँडेल- आइएस्सी

भीमप्रसाद गौतम- प्रमाणपत्र

लोकेन्द्र विष्ट- आइए

कुलबहादुर केसी- प्रमाणपत्र

खड्गबहादुर विश्वकर्मा- आइएड

सोनाम साथी- आइएस्सी

दीनानाथ शर्मा- एसएलसी

पोस्टबहादुर बोगटी- आठ कक्षा

जनार्दन शर्मा प्रभाकर- एसएलसी

चन्द्रप्रसाद खनाल- एसएलसी

गोपाल किराँती- अन्डर एसएलसी

नन्दकिशोर पुन- एसएलसी

आहुति- एसएलसी

दिलबहादुर श्रेष्ठ- एसएलसी


source:

http://www.nayapatrika.com/newsportal/cover_story/6515.html

Search and Buy from amazon.com