Friday, June 19, 2009

कपाल नकाड्दा कलेजबाटै निस्कासित

कपाल नकाड्दा कलेजबाटै निस्कासित

काठमाडौं, ५ असार (दैनिकी)

कपाल नकाटेको निहूमा राजधानीको चेल्से इन्टरनेशनल कलेजले २ जना विद्यार्थीहरुलाई निस्कासित गरेको छ। चेल्सी कलेजले ए लेभलमा अध्यनरत २ विद्यार्थीहरु अमित तथा निखिललाई कपाल नकाटेको निहूमा कलेजबाट निस्काशन गरेको छ।
सोकलेजका प्रिन्सिपल सुधिर झाले उनीहरुको भर्ना शुल्कसमेत फिर्ता गरेका छन्।
कलेज सुरु हुनु अगावै ओरेण्टेशन क्लासमा ती विद्यार्थीहरु कपाल नकाटी विद्यालय पुगेपछि उनीहरुका अभिभावकहरुलाइ बोलाए विद्यार्थी फिर्ता पठाइएको हो।
यसरी कपाल नकाटेको निहुमा समेत विद्यार्थीहरुलाई निस्काशन गरेकोमा अभिवावकहरुले चिन्ता व्यक्त गरेका छन् ।
यससम्बन्धमा कलेजका प्रिन्सिपल सुधिर झासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन। कलेजका एक शिक्षकले भने चेतावनी दिदा पनि कपाल नकाटेपछि उनीहरुलाई निष्काशन गरेको बताए।

source:

No comments:

Search and Buy from amazon.com