Friday, June 12, 2009

रामचन्द्र ग्रुपको स्थिति बलियो देखेपछि रोके शेरबहादुर र सुजाताले संसदीय दलको निर्वाचन

रामचन्द्र ग्रुपको स्थिति बलियो देखेपछि रोके शेरबहादुर र सुजाताले संसदीय दलको निर्वाचन
२८-जेठ-२०६६,बिहिवार

काठमाडौं। संसदीय दलको निर्वाचनमा कार्यवहाक सभापति सुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कुलबहादुर गुरुङ्गको गठबन्धन हुने संकेत पाएपछि शेरबहादुर देउवाले आफ्नो अवस्था सुदृढ गर्नुपर्ने आवश्यक देखेपछि गिरिजाप्रसाद कोइरालालाई दबाब दिएर निर्वाचन ३१ जेठमा हुने भनिएको निर्वाचन असार २ मात्र हुने भएको छ।
कुलबहादुर गुरुङले धोका दिने देखेपछि उता कोइराला परिवारका तर्फबाट संसदीय दलको नेताका लागि उम्मेदवार नै नहुने भएपछि तयारका लागि भनेर सभापति गिरिजाप्रसाद कोइरालालाई छोरी सुजाले पनि निर्वाचन सार्न दबाब दिएकी थिइन।
निर्वाचन ३१ जेठमा नै गर्नु पर्ने अडानमा रहेका सुशिल, रामचन्द्रलगायतका नेताहरु पनि निर्वाचन सार्न निर्णयबाट आक्रोसित भएका छन्।
पार्टीका पदाधिकारीहरुसँगको छलफलमा निर्वाचन सार्नु पर्ने देउवा र सुजाताको अडानपछि सभापतिले निर्वाचन सार्न निर्देशन दिएका थिए। निर्णयमा असन्तुष्ट पौडेललगायतका नेताहरु सुशिल कोइरालाको बुद्धनगरस्थित निवासमा जम्मा भएर छलफल गरेका थिए।
छलफलमा गिरिजाप्रसादलाई अलोकतान्त्रिक भन्ने शेरबहादुर झनै तानाशाहि शोभावको भएको ठहर गर्दै गिरिजा र शेरबहादुर विरुद्ध ठूलो गठबन्धन खडा गर्नु पर्ने ठहर गरेका छन्।
बैठकमा सहभागि एक नेताका अनुसार संसदीय दलको निर्वाचनमा रामचन्द्र वा कुलबहादुर मध्ये एकलाई जिताउने र पार्टी अधिवेशनमा सुशिल कोइरालालाई सभापतिमा जिताउन सबै लाग्ने सहमति भएको छ।
बैठकमा निर्वाचन सम्पन्न भएको एक बर्ष पूरा हुँदासम्म पनि संसदीय दलको निर्वाचन हुन नसक्नुको कारण गिरिजा र शेरबहादुर दुवैको पद लोलुपता भएको ठहर गरेका थिए।
सभापति कोइराला निवासमा भएको पार्टी पदाधिकारीहरुको बैठकमा देउवाले सरकारमा जाने मन्त्रीहरुको छनोट पूरा नभइसकेकाले निर्वाचन रोक्नु पर्छ भन्नु नै यसमा षडयन्त्र रहेको ठहर गरेको छ।
संसदीय दल र केन्द्रिय समितिले गर्नु पर्ने काम सबै गिरिजा र शेरबहादुरले गर्ने र त्यसकै प्रभावले संसदीय दल कब्जा गर्ने नियत रहेको समेत बुद्धनगर भेलाले ठहर गरेको छ।
कंाग्रेस प्रवक्ता अर्जुन नसिह केसीले जालझेल र षडयन्त्रबाट पार्टीलाई प्रभावित पार्नु दुभाग्य रहेको बताउनु भयो।
source:
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24427&Itemid=39

No comments:

Search and Buy from amazon.com