Sunday, December 13, 2009

RB allows multi-national banks to open branch in Nepal

RB allows multi-national banks to open branch in Nepal
Monday, 14 December 2009 08:16
smaller text tool iconmedium text tool iconlarger text tool icon
Nepal's central bank, Nepal Rastra Bank (NRB), has introduced a policy to allow international banks to open their branches in Nepal for whole sale banking starting January 1, 2010, in line with the provisions of World Trade Centre (WTO) membership.

NRB has also set the criteria for banks which want to open their branches in Nepal in its policy announced on Sunday. Nepal had committed to open its market for international banks from 2010 when it took the WTO membership.

According to the criteria set by NRB, the banks opening branches in Nepal should do so with a minimum capital of USD 30 million and an additional USD 5 million for each additional branch.

Likewise, such banks cannot accept deposits less than Rs 100 million and issue credit of less than Rs 300 million and can invest only in large business sectors including hydro-power, aviation, tourism and railway.

Contrary to popular speculation that international banks would throng to the Nepali market from 2010, none of the banks have applied for it so far. NRB officials said, the banks might not have applied due to lack of proper regulation so far.

Although, opening of branches of international banks in Nepal will not affect the general public directly, bankers say, it will help the nation's economy by creating more employment opportunities and helping large infrastructure projects.nepalnews.com

source:

http://www.nepalnews.com/main/index.php/news-archive/1-top-story/2890-nrb-allows-multi-national-banks-to-open-branch-in-nepal-.html


Friday, December 4, 2009

बीस प्रतिशत पनि सल्लाह दिन भ्याइँदैन

बीस प्रतिशत पनि सल्लाह दिन भ्याइँदैन

Font size: Decrease font Enlarge font
image

केशव आचार्य

वरिष्ठ आर्थिक सल्लाहकार, अर्थ मन्त्रालय

सिफारिसका कुरा सुन्दा धेरै समय बित्छ

सल्लाहकार मन्त्रीलाई नीतिगत वा कार्यक्रमिक सुझाव दिने व्यक्ति हो । उसले धेरै विषयमा जानकारी हासिल गर्नुपर्छ । विषयगत तथा नीतिगत जानकारीका लागि धेरै समय अध्ययन- अनुसन्धानमा बिताउनुपर्ने हुन्छ । तर, नेपालमा ८० प्रतिशत काम सानातिना सिफारिसमा मात्रै बित्ने गरेको छ । अध्ययन-अनुसन्धानका लागि समय नै नभएजस्तो हुन गएको छ । कुल समयको २० प्रतिशत पनि मन्त्रीलाई सल्लाह दिन भ्याइँदैन् । अहिले सल्लाहकार पद त मन्त्रीको सल्लाहकार नभएर सहायक कर्मचारीजस्तो भएर बित्ने गरेको छ । यो दुःखद् हो ।

विज्ञापन खोजिदिनेदेखि बैंकको ऋण मिनाहासम्मको सिफारिसको दबाब आउँछ

सल्लाहकारमा एउटा पत्रिकाको विज्ञापन भनिदिनुपर्‍यो, विभिन्न संघसंस्थालाई चन्दा दिन भनिदिनुपर्‍यो भन्नेदेखि बैंकको करोडौं रुपैयाँको ऋण लिएर नतिर्ने ठूला उद्योगपति तथा व्यवसायीले ऋण मिनाह गरिदिनुपर्‍यो, लिलामी रोकिदिनुपर्‍यो भन्नेजस्ता सिफारिस गरिदिन दबाब आउँछ । जुन कुरा हुने सक्दैन् । त्यस्ताको कुरा सुनेर समय बर्बाद गर्नुपर्ने अवस्था रहेको छ । साथै, सार्वजनिक संस्थानको महाप्रबन्धक, सञ्चालक समिति सदस्य, कानुनी सल्लाहकार नियुक्तिमा भनिदिनुपर्‍यो भनेर सिफारिस गर्नेको संख्या पनि ठूलो रहेको छ । यसका साथै एउटा सभासद्, नेता तथा मन्त्रीको आफ्नो निर्वाचन क्षेत्र र जिल्लाको विकास योजनाको सिफारिसमा बित्छ । हरेक दलका नेता तथा सभासद्हरू सिफारिस नगरी आफ्नो क्षेत्र वा जिल्ल्ाामा विकास आयोजना पर्दैनन् भन्ने मानसिकताबाट ग्रसित छन् । उनीहरूले आफ्नो निर्वाचन क्षेत्रमा सडक, बिजुली, विद्यालय, कुलो र ठूलो परियोजनाको सिफारिस गरिदिनु भन्दै सल्लाहकारकहाँ आउँछन् ।

जागिरको सिफारिस गरिदिनुपर्‍यो भन्दै सल्लाहकारमा आउनेको संख्या पनि ठूलै रहेको छ । एकथरी जागिर भएकाहरू राम्रो ठाउँमा सरुवा गरिदिनुपर्‍यो भन्दै आउँछन् भने अर्कोथरी नयाँ जागिरमा लगाइदिनुपर्‍यो भन्दै आउँछन् ।

तेस्रोथरी सरकारी स्वामित्वमा रहेका कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाट ऋण दिलाइदिनुपर्‍यो भन्दै आउँछन् । उनीहरू कमसल धितोमा ठूलो ऋण दिलाइदिनका लागि बैंक प्रमुखलाई भनिदिनुपर्‍यो भन्दै आउँछन् । अझ खतरनाक कुरा के छ भने बैंकबाट लिएको ठूलो ऋण मिनाहा गरिदिनुपर्‍यो, नभए ब्याज र दण्डजरिवाना मिनाहा गरिदिनुपर्‍यो भन्दै आउँछन् ।

कोहीकोही त जिल्ला जानुपर्‍यो, गाडी मिलाइदेन भन्दै आउँछन् भने कोही छोरीको विवाह गर्नुपर्‍यो कुनै केटा देखेको छैनस्, तँसँग त धेरै मानिसको चिनजान छ, राम्रो केटा को छ भन्न आउँछन् । सिफारिसकै क्रममा एउटा राम्रो कुरा के भने कोही मानिस बैंकको शाखा खोल्न पहल गरिदिनुपर्‍यो भन्दै पनि आउँछन् भने कोही एउटा कार्यपत्र लेखिदिनुपर्‍यो र कार्यक्रममा प्रस्तुत गरिदिनुपर्‍यो भन्दै आउनेहरू पनि छन् । विभिन्न जिल्लाबाट बैंक शाखा खोल्न भनिदिनुपर्‍यो भन्दै आउने पक्षचाहिँ राम्रो कुरा हो ।

सल्लाहकारको नैतिक बल उच्च हुन सकेको छैन

सल्लाहकारको नैतिक बल उच्च हुनुपर्नेमा हाम्रो सामाजिक संरचनाले गर्दा हुन सकेको छैन । एउटा नेता वा पार्टीको कार्यकर्ता एउटा बैंकको ऋण नतिर्ने ऋणीको ऋण मिनाहा गरिदिन वा एउटा बैंकको सिइओसँग जागिर मागिदिन, एउटा टोल वा संस्थालाई चन्दा मागिदिन वा एउटा विज्ञापनका लागि व्यापारी तथा उद्योगीलाई भनिदिनुपर्‍यो भनेर सल्लाहकारकहाँ दबाब दिन आउँछ भने त्यहाँ सल्लाहकारको अवस्था कस्तो होला ? विज्ञापन खोज्नेदेखि ठूला ऋणीको ऋण मिनाहा वा महाप्रबन्धक नियुक्ति वा ऋण दिलाउन बैंकलाई भनिदिउभने भोलिपल्टदेखि नै ती संस्थाका मान्छेले मन्त्री वा मन्त्रालयलाई टेर्दैनन् । नभनिदिने हो भने पहुँच ठूला नेताहरूसम्म पनि हुन सक्छ । फलानाले यति पनि गरिदिएन भन्छन्, धान्नै सकिँदैन । यस्तो परिवेशमा सल्लाहकारको अवस्था कस्तो होला ?

सन्तुलित भूमिका राख्न गाह्रो

सल्लाहकारको भूमिका तीनवटा हुन् । पहिलो- मन्त्रीलाई कुनै नयाँ योजनाको आइडिया आयो भने त्यो कार्यान्वयन गर्न सकिन्छ वा सकिँदैन भनेर विभिन्न दृष्टिबाट अध्ययन गरेर सल्लाह दिनु । दोस्रो- आफूलाई उपयुक्त लागेका आइडिया पनि मन्त्रीलगायत सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढाउनु र तेस्रो- सल्लाहकारले मन्त्री र कर्मचारीबीचको, पार्टीका कार्यकर्ता र मन्त्रीबीचको, दातृनिकाय र मन्त्रीबीचको तथा निजी क्षेत्र र मन्त्रीबीचको समन्वयकारी पुलको काम गर्ने । कार्यालय वा घरको धेरै समय सिफारिसमा मात्रै बिताउनुपर्ने अवस्थाले पुलको काम समन्वयात्मक रूपमा हुन गाह्रो परिरहेको छ । एउटा सल्लाहकारले सधंै के कुरामा ध्यान दिनु जरुरी छ भने आफ्नो कारणले मन्त्री र मन्त्रालयको भावनामा चोट पुग्न दिनुहुँदैन । विभिन्न प्रकारका दबाबको कारणले तनाब उत्पन्न भएको बेला दातृनिकायका प्रतिनिधि वा कर्मचारी वा निजी क्षेत्रका प्रतिनिधि मन्त्रीसँग वा मन्त्रालयमा लिएर आउ"m भने पनि उनीहरूलाई सन्तुलित ढंगले कुरा गरेर चित्त बुझाएर पठाउनुपर्छ । सल्लाहकारले गर्ने व्यवहारले समग्रमा मन्त्रीको प्रतिनिधित्व गर्ने हुनाले ऊ बडो संवेदनशील हुनुपर्छ । के माथिका ती दबाबयुक्त कामले आफ्नो भूमिका सधैं सन्तुलित बनाएर राख्न सम्भव होला ?

पार्टीहरूमा भिजन समस्या

राजनीतिक पार्टीहरूले कहिले पनि सल्लाहकारसँग सल्लाह लिने गरेको पाइँदैन । अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार र अर्थशास्त्रको विद्यार्थी भएको नाताले मसँग महँगी बढ्नु कारण के हो, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, अहिले हामीले अपनाएको विदेशी मुद्रा विनिमय प्रणाली ठीक छ कि छैन भनेर कहिल्यै पनि सल्लाह लिइँदैन । कुन आयोजना कहाँ बनाउने भनेर पार्टीले स्पष्ट खाका बनाउनुपर्ने हो । तर, त्यस्तो हुन सकेको छैन । अहिले जुन पार्टीको सरकार छ त्यो पार्टीका कार्यकर्ता व्यक्तिगत रुपमा विकास माग्न आउने काम भएको छ । पार्टीले स्पष्ट खाका बनाएर जानुपर्नेमा कार्यकर्ता विकासका टुक्रा-टुक्रा माग्न हतारिएका छन् ।

साथै, अहिले गाउँमा विकास निर्माण कार्य गर्न सरकारको मुख ताक्नुपर्ने अवस्था छैन । यस्तो अवस्था यो वर्ष मात्रै आएको होइन । एक/दुई वर्षदेखि यो अवस्था सिर्जना भएको हो । तर पनि पार्टी कार्यकर्ताहरू गाउँमा गएर विकास कार्यक्रम गर्नुको सट्टा सिंहदरबार परिक्रमा गरे मात्रै विकास हुन्छ भन्ने मानसिकताबाट ग्रसित छन् । उनीहरूले आफूलाई परिवर्तन गरी गाउँमा विकासका काम गर्न सरकारको मुख ताक्नुपर्ने अवस्था नै छैन । नियमित प्रक्रियाबाट नै गाउँमा पैसा पर्याप्त मात्रामा गएको छ । गाउँमा गएर केही नगर्ने अनि गाउँको जनताको नाम बेचेर आफ्नो पार्टीको सरकार भएको बेला यति काम पनि नगर्ने भनेर मन्त्रीकहाँ धाउने प्रवृत्ति घातक रहेको छ ।

व्यक्तिगत जीवन समस्यामा

सल्लाहकार भएपछि व्यक्तिगत जीवन बर्बाद भएको छ । आफू जन्मीहुर्केको वा हाल बसेको टोलछिमेकका मान्छे सबै रिसाएका छन् । उनीहरू सल्लाहकार भएपछि यसले गर्न नसक्ने भन्ने कामै केही छैन भन्ने गर्छन् । अनि विभिन्न कामका लागि आग्रह गर्छन् । तर, ती काम गर्न सकिँदैन अनि टोलछिमेक, इष्टमित्र, मावली, ससुराल सबै क्षेत्रका मानिस अहिले रिसाएका छन् । अझ आफ्नो बस्ने टोल चाबहिलको समस्या त झन् उच्च छ । एसएलसी पास गरेका केटाहरू बसीबसी धेरै तलब खाने जागिरको अपेक्षा गरी भनिदिनुपर्‍यो भन्दै आउँछन् । जुन कुरा भन्न पनि मिल्दैन र भने पनि उसको योग्यताले त्यो काम पाउँदैन । उल्टै सबै योग्यता भएको भए त म किन तपाईंलाई भनिदिनुपर्‍यो भन्दै आउँथे र म आफंै अन्तर्वार्ता दिएर जागिर खाइहाल्थेँ । तपाईं भएको के काम भन्दै उल्टै उपदेश दिने गर्छन् ।

कर्मचारीमा पाहुना भन्ने प्रवृत्ति

कर्मचारीमा सल्लाहकारलाई पाहुना मान्ने प्रवृत्ति रहेको छ । हुन त मन्त्री फेरिएपछि सल्लाहकार फेरिने भएकाले त्यो युक्तिसंगत पनि छ । तर, ऐनमा नै मन्त्रीले सल्लाहकार राख्न पाउने व्यवस्था गरेकोले पाहुनचाहिँ होइन । ऊ पनि ऐन-कानुनअनुसार नै नियुक्त व्यक्ति हो । कर्मचारीले जुन रूपमा सोचे पनि सल्लाहकारले भने आफ्नो सीमा नाघ्नु हँुदैन । एउटा सल्लाहकारले कहिल्यै पनि प्रशासनिक निर्णय वा कर्मचारी सरुवा-बढुवामा हस्तक्षेप गर्नु हुदैन । कर्मचारी स्थायी सरकार भएकाले उनीहरूलाई निरुत्साह गर्ने काम कहिल्यै गर्नु हुदैन ।

सोचमा परिवर्तन नभए नयाँ नेपाल असम्भव

अहिले समाजका हरेक मानिसमा कसरी ऐन-नियम वा मूल्य मान्यता नमान्ने भन्ने सोच विकास हुँदै आएको छ । एउटा व्यापारी तथा उद्योगपति कसरी राजस्व छल्न सकिन्छ भनी लागेको छ भने एउटा कर्मचारीले कसरी कामै नगरी तलब खाने भनी सोच्ने गरेको छ । नागरिक समाजका अगुवा वा राजनीतिक कार्यकर्ता भने कसरी दातालाई खुसी बनाएर डलर कमाउने भन्ने प्रवृत्तिमा लागेका छन् । नकारात्मक सोचले समाजको हरेका वर्ग र समुदाय पीडित बनेको छ । यो सोचाइले एउटा परनिर्भर र अराजक समाज मात्र निर्माण गर्छ । सभ्य, समुन्नत, समावेशी र सुसंस्कृत समाज निर्माणका लागि हरेकले अहिलेको सोचाइमा परिवर्तन ल्याउनुपर्छ ।


source:

Sunday, November 15, 2009

पशुपतिको वार्षिक आम्दानी तीन लाखमात्रै

पशुपतिको वार्षिक आम्दानी तीन लाखमात्रै


गिरीश गिरी, काठमाडौं, मंसिर १- पशुपतिनाथ मन्दिरले गत वर्षभरिमा ३ लाख ६७ हजार ८ सय ९६ रुपैयाँ आर्जन गरेको छ। 'अघिल्ला वर्षको तुलनामा यो अझ बढेको हो,' पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले नागरिकसँग आइतबार भने, 'यसअघि यति पैसा पनि कमाइ हुने गरेको थिएन।'

प्रत्येक वर्ष बाला चतुर्दशीको भोलिपल्ट पशुपतिले वर्षभरी आर्जन गरेको कमाइ सार्वजनिक गर्छ। गत वर्षको यो कमाइ सोमबार बिहान नौ बजे दाखिला गर्ने कार्यक्रम राखिएको छ।
दानभेटी ठूलो मात्रामा चढ्ने भए पनि मन्दिर स्वयंको प्रत्यक्ष कमाइ भने मूलकन्तुर र विशेषपूजा गरेर दुईवटा आधार रहँदै आएको छ।


दर्शनार्थीले तोकेरै 'यो रकम श्रीको ढुकुटीमा जाओस्' भनेर चढाएको पैसालाई भट्टहरूले मूलकन्तुरमा राख्नुपर्ने प्रचलन छ। एक त यसरी थोरैले मात्र पैसा चढाउने गरेका छन् भने त्यसमाथि त्यस्तो पैसा ढुकुटीमै राख्ने/नराख्ने भन्ने पनि भट्टहरूको तजबिजमा भर पर्ने कोषाध्यक्ष वैद्य बताउँछन्। त्यस्तो कन्तुरबाट बितेको वर्षभरिमा केवल ८० हजार ४ सय ४३ रुपैयाँ मात्र संकलन भएको छ। भक्तजनबाट पशुपतिले विशुद्ध आर्जन गरेको कमाइ यति मात्र हो।

त्यसबाहेक विशेष पूजाबाट पनि पशुपति मन्दिरको भाग लाग्ने गरेको छ। यस्ता विशेष पुजाहरु ११ सय रुपैयाँदेखि १३ लाख रुपैयाँसम्मका हुने गरेका छन्। सबैभन्दा कम मूल्यको ११ सय पर्ने पञ्चामृत पुजा भएपछि त्यसमध्ये २२ रुपैयाँ मात्र पशुपति मन्दिरले पाउने गरेको छ। यसरी विशेष पुजाबाट वर्षभरिमा मन्दिरको भागमा २ लाख ८७ हजार मात्र पर्न आएको छ। यसबाटै पनि विशेष पुजा मार्फत भट्टहरुलाई हुने गरेको कमाइ स्पष्ट हुन्छ। पहिले यस्ता विशेष पुजाहरु पशुपतिको कार्यालय र भट्ट मार्फत तय हुने गरेको भए पनि यता आएर भट्टहरुले एकोहोरो रुपमा यसका सम्पूर्ण प्रक्रिया पुरा गर्दै आएको भण्डार तथा तहविल कार्यालयका एक कर्मचारीले बताए।

'भट्टको काम विशुद्ध रुपमा पुजाआजा गर्ने मात्र हुनुपर्ने हो,' पशुपति विज्ञ गोविन्द टण्डन भन्छन्,'तर व्यवहारमा पुजाआजाको ठेकेदार बन्दै गएको देखिन थालेको छ।' टण्डनका अनुसार विक्रम संवत १७९२ को ताडपत्रमा पशुपतिका भट्टले दान लिनै नहुने भनेर स्पष्ट उल्लेख भए पनि यसलाई कसैले पालना गरेका छैनन्।


यो मन्दिरबाट धेरैले अथाह पैसा कमाए पनि मन्दिर आफैँ भने गरिब रहेको बताउने उनका अनुसार यसलाई व्यवस्थित गर्ने तर्फ आजसम्म कसैले ध्यान दिएका छैनन्।


त्रिविविबाट पशुपतिमै विद्यावारिधि गरेका टण्डनसँग लामो अवधि पशुपति विकास कोषको प्रशासक भइ काम गरेको अनुभव पनि छ। भेटीघाटीमा पारदर्शिताको कुरा उठाएकै कारण उनलाई ०५० सालमा तत्कालीन मूलभट्टले सदस्य सचिवबाट राजीनामा दिन बाध्य पारेका थिए।

यसरी पशुपतिको भेटीघाटी व्यवस्थित गर्नुपर्छ भन्ने माग सबैले उठाउने गरे पनि त्यसलाई कार्यान्वयन गर्न भने आजसम्म कसैले सकेका छैनन्।

'मैले ऐन संशोधन गर्दै यसको आम्दानीलाई राष्ट्रियकरण गरिनु पर्ने र त्यसलाई सामाजिक क्षेत्रमा लगाउनु पर्ने व्यवस्था गरेको थिएँ,' पूर्व संस्कृतिमन्त्री एवं एमाले नेता प्रदिप ज्ञवाली भन्छन्,'तर त्यसको आधारमा नियमावली संशोधन गर्ने काम कत्तिको अघि बढ्यो थाहा छैन।' आफ्नो कार्यकालमा रानीको स्थानमा प्रधानमन्त्रीलाई मन्दिरको अध्यक्ष बनाउनु नै महत्वपूर्ण कदम भएको ज्ञवाली बताउँछन्। तर, पशुपतिलाई बुझेर विश्लेषण गर्नेहरु यस मन्दिरमा परिवर्तन हुन सबैभन्दा जरुरी रहेको आर्थिक पारदर्शिताका कुराहरु कसैले नउठाएको बताउँछन्। 'कुन शक्तिको प्रभावले हो थाहा छैन,' एक विज्ञले भने,'विरालोको घाँटीमा घन्टी झुण्ड्याउने यो आँट आजसम्म कसैले गरेका छैनन्।'


पशुपतिको मामलामा सबैभन्दा ठूलो आँट माओवादीले गरेको थियो। तर, उसको प्रयास पनि भेटीघाटी पारदर्शी बनाउने भन्दा मूलभट्ट हटाएर त्यस ठाउँमा आफ्नो मान्छे राख्नेमा केन्द्रित भएपछि ऊ एक्लिएको धार्मिक क्षेत्रका व्यक्ति बताउँछन्। आफ्नो प्रयास सफल हुन नसकेपछि पुजारी नियुक्तिलाई राष्ट्रियतासँग जोडेर उसले चर्काउन खोजेको थियो।
पछिल्लो समयमा माओवादीले बनाएको कार्यव्यवस्था नियमालीले भने भट्ट र भण्डारीलाई तलबका आधारमा राखिनु पर्ने प्रष्ट उल्लेख गरे पनि अहिले त्यो अदालतमा विचाराधिन छ।

'बाहिरबाट हिर्काएर अथवा भट्टको हातमा सुम्पेर दक्षिणा भेटी चढाउने पद्धतीबाट सबैभन्दा बढी पैसा भित्रने गर्छ,' टण्डन भन्छन्,'त्यसलाई कडाइका साथ रोक्ने मात्र हो भने यहाँको धेरै विकृति स्वतः नियन्त्रणमा आउनेछ।'


यसरी चढ्ने गरेको दक्षिणा भट्ट र भण्डारीले बाँडेर लिने गरेका छन्। प्रत्येक वर्ष नेपाल र भारतका करोडौं हिन्दूले भ्रमण गर्ने यो मन्दिरको आफ्नै आम्दानी झट्ट सुन्दा पत्याउन गाह्रो भए पनि विज्ञहरु मन्दिरको यहि आम्दानी पनि बढ्दै गएर 'ठूलो' देखिएको सुनाउँछन्।


'०४२ सालमा मैले पहिलो पटक मन्दिरको आम्दानी सूची निकालेको थिएँ,' टण्डन भन्छन्,'त्यतिबेला २२ वर्षको अवधिमा मन्दिरले जम्मा ८ हजार रुपैयाँ कमाइ गरेको देखेपछि त्यो फेहरिस्त नै गोरखापत्रमा छपाएका थियौं।'

त्यसै बेलादेखि मान्छेले पशुपति मन्दिरको आम्दानीका बारेमा चर्चा गर्न थालेको र त्यसको प्रभाव मन्दिरको कमाइमा पनि पर्दै गएको टण्डन सुनाउँछन्।


पशुपतिको यस्तो कमाइलाई वर्षेनी सुनमा परिणत गरेर सञ्चय गर्ने गरिएको छ।
'पहिले जम्मा भएको नगदै थुपार्ने गरिन्थ्यो,' कोषाध्यक्ष वैद्य भन्छन्,'परेवाको गुँडका रुपमा रहेको भण्डारमा त्यस्ता पैसाहरु नष्ट हुँदै गरेको पाइएपछि सुन अथवा चाँदी किनरेर जम्मा गर्न थालिएको हो।'


पशुपतिको सम्पत्ति दुईतल्ले मन्दिरकै पहिलो तल्लामा राख्ने गरिएको छ। त्यहाँ अत्यधिक परेवा बस्ने गरेको र उनीहरुको विष्टामा एसिडको मात्रा बढी हुने गरेकाले पैसा नष्ट हुन थालेको थियो। त्यसैले वर्षेनी मूल्य पनि बढ्दै जाने धातु भएकाले सुन चाँदी किनेर जम्मा गर्न थालिएको हो। यस्तो नियम ०३२ सालबाट सुरुभएको टण्डन बताउँछन्।

फेरि अर्को कमिटी

पशुपतिको भेटीघाटी पारदर्शी बनाउँदै त्यसलाई व्यवस्थित गर्नका निम्ति संस्कृति मन्त्रालयले हालै सात सदस्यीय कमिटी गठन गरेको छ। संस्कृति सचिवको संयोजकत्वमा गठित कमिटीले भारत लगायतका मुलुकमा रहेका महत्वपूर्ण मन्दिर र शक्तिपीठहरुको अध्ययन गरेर पशुपतिका हकमा हुनसक्ने उत्तम व्यवस्था ठहर गर्ने उद्देश्य लिएको छ। कमिटिले भट्ट भण्डारीलाई राम्रो पारिश्रमिकको व्यवस्था गर्दै मन्दिरका सम्पूर्ण आम्दानी राज्यको नियन्त्रणमा लिने र सामाजिक क्षेत्रमा लगानी गर्ने तर्फ विचार गरिरहेको कोषाध्यक्ष वैद्य बताउँछन्।

'यस्तो पहल धेरैचोटी भए पनि ठोस परिणाम देखिएको छैन,' टण्डन भन्छन्, 'अन्तको उदाहरण हेर्ने भन्दा पनि हाम्रो पशुपतिका निम्ति के गर्दा राम्रो हुन्छ भन्ने निर्क्यौल हामी-हामी बसेरै निकाल्न सक्छौं।'

टण्डनले पशुपतिको आम्दानीलाई व्यवस्थित पार्ने कदम संगसंगै यो मन्दिरलाई राजनीतिक नियुक्तिको थलोबाट पनि मुक्त गरेर विशुद्ध धार्मिक क्षेत्रबाटै नेतृत्व विकास गरिनु पर्ने धारणा व्यक्त गरे। 'संभावित अर्को समस्याको समाधान पनि खोज्नु जरुरी छ,' उनले भने,'नत्र समस्या फेरि अर्को रुपमा बल्झन सक्छ।'

०४४ सालमा बनेको पशुपति ऐनले यसलाई स्वायत्त क्षेत्रका रुपमा उल्लेख गरेको भए पनि व्यवहारमा यो कहिल्यै लागू हुन सकेको छैन।

भेटीघाटी बाहेक जग्गा, पर्यटक काउन्टर र सरकारको बजेट अनुदान पनि पशुपतिको आम्दानीका श्रोत रहेकामा त्यसलाई पशुपति विकास कोषले नै प्रयोग गर्दै आएको र हिसाब किताब स्पष्ट रहेको कोषाध्यक्ष वैद्य बताउँछन्

source:

http://www.nagariknews.com/news-highlights/139-highlights/7077-2009-11-16-02-51-50.html


Thursday, October 15, 2009

Sujata Koirala

सुजाताको चुनौती

Font size: Decrease font Enlarge font
image

'तपाईंहरुलाई कार्यबाहक सभापति, उपसभापति र महामन्त्री कसले बनायो ? सभापतिले तपाईंहरुलाई मनोनीत गर्न हुने, मलाई नहुने ?'

'ए, तपाईंले सभापति र मसँग स्पष्टीकरण लिने ? यत्रो वर्ष पार्टी चलाउँदा तपाईंहरुले के-के गर्नुभयो, मलाई एक-एक थाहा छ, कार्यबाहक सभापति र पदाधिकारी सबैसँग स्पष्टीकरण लिन्छु ।'

'ठूला कुरा गर्ने ? १८ वर्षसम्म पार्टीको नेतृत्वमा बसेर तपाईं -रामचन्द्र पौडेल) ले के गर्नुभयो ? तपाईं नेता बन्न सक्ने मान्छे होइन '

 

बालकृष्ण अधिकारी/नयाँ पत्रिका

काठमाडौं, २८ असोज

साँझ ५ बजे झ्याप्प बत्ती निभ्यो । तर, सुजाता कोइरालाको स्वर झन् चर्कियो । मैनबत्तीको उज्यालोमा सुजाताले पाखुरा सुर्किन् र ड्याम्म टेबुल ठोक्दै भनिन्, 'तपाईंहरूलाई सभापतिले मनोनीत गर्न हुने, मलाई उपप्रधानमन्त्री बनाउन किन नहुने ?'

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपप्रधानमन्त्री सुजाता कोइरालाले आफूमाथि सबैजसो केन्द्रीय पदाधिकारीले लगाएका आरोपको एक्लै सामना गरिन् ।

पूर्वनिर्धारित महासमिति बैठकबारे छलफलमा प्रवेश गर्दानगर्दै केन्द्रीय सदस्य गोविन्दराज जोशी र नरहरि आचार्यले उपप्रधानमन्त्रीमा सुजाताको नियुक्तिबारे बैठकलाई जानकारी दिन नेतृत्वसँग माग गरेका थिए । कार्यबाहक सभापति सुशील कोइरालाले सुजाताको नियुक्तिसम्बन्धी विषयभन्दा महत्त्वपूर्ण महासमिति बैठक भएकाले पहिले त्यसैमा छलफल गर्न आग्रह गरे । बैठकले महासमिति व्यवस्थापन तथा आर्थिक समिति तथा विधान र जिल्ला विवाद टुंग्याउन फरक-फरक समिति गठन गरेपछि विषय फेरि सुजातातिर सोझिएको थियो ।

विरोधका स्वर चर्किंदै गए, उपप्रधानमन्त्री सुजाताले बीचबीचमै प्रतिवाद गर्दै रहिन् । सुजाता र नेताहरूबीच पटक-पटक दोहोरो भनाभन चलिरह्यो, ठुल्ठूलै स्वरमा ।

पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूले उपप्रधानमन्त्री नियुक्ति प्रक्रिया संस्थागत नभएको भन्दै सभापति गिरिजाप्रसाद कोइरालाकै विरोध गरेका थिए । प्रतिवादमा केन्द्रीय सदस्यसमेत रहेकी उपप्रधानमन्त्री सुजाताले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पटकपटक हप्काएकी थिइन् ।

बैठकमा उपसभापति रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य डा. रामशरण महत, नरहरि आचार्य, बलबहादुर केसी, चिरञ्जीवी वाग्लेलगायतका नेताले सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेकोमा सभापतिको चर्काे आलोचना गरेका थिए । उनीहरूले सभापतिले बलमिच्याइँ गरी कांग्रेसलाई नै समाप्त गर्न लागेको आरोप लगाएपछि सुजाताले त्यसको प्रतिवाद एवं आफ्नो नियुक्तिको बचाउ गरेकी थिइन् ।

स्रोतका अनुसार बैठकमा उपप्रधानमन्त्री सुजाताले आफ्नो नियुक्तिबारे अनावश्यक विवाद नगर्न चेतावनी दिँदै भनिन्, 'तपाईंहरूलाई कार्यबाहक सभापति, उपसभापति, महामन्त्री कसले बनायो ? सभापतिले तपाईंहरूलाई मनोनीत गर्न हुने, मलाई किन नहुने ?'

केन्द्रीय सदस्य डा. रामशरण महतले उपप्रधानमन्त्री नियुक्तिका विषयमा सभापति कोइराला र सुजातासँग केन्द्रीय समितिले स्पष्टीकरण सोध्नुपर्ने धारणा राखेपछि आकोशित बनेकी सुजाताले तत्कालै केन्द्रीय समितिलाई चुनौती दिँदै कार्यबाहक सभापतिलगायत पार्टीका पदाधिकारीलाई नै स्पष्टीकरण सोध्ने चेतावनी दिइन् । 'यत्रो वर्ष पार्टी चलाउँदा तपाइर्ंहरूले के-के गर्नुभयो, मलाई एक-एक थाहा छ, तपाईं कार्यबाहक सभापति र तपाइर्ं पदाधिकारीहरूलाई म स्पष्टीकरण लिन्छु,' उनले भनिन् ।

उपसभापति तथा संसदीय दलका नेता पौडेलले पार्टी केन्द्रीय समिति र संसदीय दललाई लत्याएर थप संकट निम्त्याएको भन्दै सरकारलाई अप्ठेरोमा पार्ने धारणा राखेका थिए । तर, सुजाताले पौडेलमाथि पार्टी विभाजन गर्ने र वर्तमान सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप लगाइन् । 'ठूला कुरा गर्ने ? १८ वर्षसम्म पार्टीको नेतृत्वमा बसेर तपाइर्ंले के गर्नुभयो ?' बैठकमा उपसभापति पौडेलमाथि सुजाताले दिएको चुनौती उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईं नेता बन्न सक्ने मान्छे होइन, पख्नोस्, तपाईंहरूलाई महाधिवेशनमा देखाइदिन्छु ।'

प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । बैठकपछि कार्यबाहक सभापति कोइरालाले सभापतिको उपस्थितिमा अर्काे बैठकले उपप्रधानमन्त्री नियुक्तिबारे छिनोफानो गर्ने बताए ।

बैठकको अन्तिम समयसम्म बसेकी सुजाताले आफ्नाविरुद्ध षड्यन्त्र भएको भन्दै छानबिन गर्नुपर्ने धारणा राखेकी थिइन् । 'तपाइर्ंहरू ममाथि षड्यन्त्र गर्दै हुनुहुन्छ, यसको पनि छानबिन हुनुपर्छ,' उनले भनिन् ।

स्रोतका अनुसार दोहोरो भनाभन र विवाद चर्कंदै गएपछि विवादित मुद्दामा सभापति कोइरालासँगैै छलफल गरी निष्कर्षमा पुग्न पदाधिकारीहरू सहमत भएका थिए । सभापति कोइराला बुधबार मात्र गृहनगर विराटनगर गएका छन् । उनी राजधानी फर्केपछि उपप्रधानमन्त्री नियुक्ति विषयमा छलफल हुने भएको छ ।

अर्काे बैठक कहिले गर्ने भन्ने विषयमा समेत उपप्रधानमन्त्री सुजाताले बैठकमा 'हस्तक्षेप' गरेकी थिइन् । एक केन्द्रीय सदस्यका अनुसार पार्टी पदाधिकारीहरू बैठक निरन्तर जारी राख्नुपर्ने अडानमा थिए । तर, सुजाताले 'तिहारपछि मात्रै बैठक राख्न' भनेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो


source:

http://www.nayapatrika.com/newsportal/cover_story/6932.html

Sunday, October 4, 2009

नेताज्यू, पढाइ कहाँ पुग्यो ?

नेताज्यू, पढाइ कहाँ पुग्यो ?


image

काठमाडौं, १६ असोज/ प्रमुख दल माओवादी, कांग्रेस र एमालेका शीर्ष नेतामध्ये सबैभन्दा बढी अध्ययन गर्ने नेता को होला तपाईंलाई थाहा छ ? छैन भने थाहा पाइराख्नुहोस् । माओवादी र एमाले अध्यक्ष क्रमशः प्रचण्ड र झलनाथ खनालले स्नातकसम्म अध्ययन गरेका छन् भने कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आइएसम्मको अध्ययन गरेका छन् ।

सबैभन्दा पुरानो दल कांग्रेस केन्द्रमा स्नातकोत्तर अध्ययन गरेका नेताको बाहुल्य रहेको छ भने मूलधारको कान्छो, तर सबैभन्दा ठूलो दल एकीकृत माओवादीमा सातजना नेताले यो तह छिचोलेका छन् । माओवादी पोलिटब्युरोमा स्नातकसम्मको अध्ययन गरेका नेताको बहुमत छ । एमाले केन्द्रीय स्तरका २७ जना नेताले स्नातकोत्तर गरेका छन् ।

६० सदस्य रहेको कांग्रेस केन्द्रीय समितिमा स्नातकोत्तर अध्ययन गरेका ३४ जना छन् भने १२ जना स्नातक अध्ययन गरेका छन् । कांग्रेसमा पिएचडी गर्ने तीनसहित पाँचजना डाक्टर रहेका छन् । चारजना एसएलसी गर्ने छन् भने तीनजना प्रमाणपत्र छन् । एक/एकजना साक्षर र स्वाध्ययन छन् ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आइएसम्मको अध्ययन गरेका छन् भने कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले एमए र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एमए, बिएल गरेका छन् । संसदीय दलका नेता एवं उपभापति रामचन्द्र पौडेलले एमए, उपसभापतिहरू प्रकाशमान सिंहले एमएस्सी, गोपालमान श्रेष्ठले बिए, महामन्त्रीद्वय कुलबहादुर गुरुङ बिए र विमलेन्द्र निधिले एमए अध्ययन गरेका छन् । कांग्रेसका जेष्ठ केन्द्रीय सदस्य बलबहादुर राई मात्र साक्षर छन् ।

कांग्रेसमा पिएचडी गर्ने पाँचजना नेता छन् । डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला र डा. शशांक कोइराला पिएचडी डाक्टर हुन् ।

त्यस्तै, स्नातकोत्तर गर्ने ३४ नेताहरूमा भट्टराई, देउवा, पौडेल, सिंह, निधि, अर्जुननरसिंह केसी, सुप्रभा घिमिरे, अमरराज कैनी, लक्ष्मणप्रसाद घिमिरे, शिवचन्द्र मिश्र, चिरञ्जीवी वाग्ले, चक्रप्रसाद बाँस्तोला, मानबहादुर विक, गोविन्दराज जोशी र प्रदीप गिरी छन् ।

त्यस्तै, विनयध्वज चन्द, दिलबहादुर घर्ती, बलदेव शर्मा मजगैंया, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, महेश आर्चाय, नरहरि आचार्य, उमा अधिकारी, जिपछिरिङ लामा, पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, अर्जुनप्रसाद जोशी, बालकृष्ण खाँण, एनपी साउद, मनमोहन भट्टराई, चित्रलेखा यादव, जीवनबहादुर शाही, महालक्ष्मी उपाध्याय र उमाकान्त चौधरीले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

त्यस्तै, स्नातक गर्ने १२ नेतामा महामन्त्री गुरुङ, श्यामलाल श्रेष्ठ, रामकृष्ण ताम्राकार, गोपाल पहाडी, गोपालमान श्रेष्ठ, सुनीलकुमार भण्डारी, कृष्णप्रसाद सिटौला, दीपकुमार उपाध्याय, खुमबहादुर खड्का, मीना पाण्डे, दिनबन्धु श्रेष्ठ र भीष्मराज आङ्दम्बे छन् ।

सभापति कोइराला, पूर्णकुमार शेर्मा र सुजाता कोइरालाले प्रमाणपत्रसम्म मात्र अध्ययन गरेका छन् । एसएलसीसम्म अध्ययन गरेकाहरूमा भीमबहादुर तामाङ, इन्द्रबहादुर गुरुङ, पद्मनारायण चौधरी र फर्मुल्लाह मन्सुर छन् ।

कार्यबाहक सभापति सुशील कोइरालाले स्वाध्ययन गरेका हुन् भने राई साक्षर मात्र छन् । कांग्रेसका देउवा, वाग्ले सिटौला, सह-महामन्त्री केसी, पहाडी, कैनी, जोशीलगायतका नेताले दुईदेखि तीनवटा विषयमा स्नातक गरेका छन् ।

एमालेको ८६ पूर्णसदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र सचिव युवराज ज्ञवालीसहित २४ जनाले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् भने उपाध्यक्ष वामदेव गौतम, नेता केपी शर्मा ओली र सचिव विष्णु पौडेलसहित १३ जनाले एसएलसी मात्र उत्तीर्ण गरेका छन् । उपाध्यक्ष अशोक राई र सचिव शंकर पोखरेलसहित एमालेका २७ जना केन्द्रीय नेताहरूले विभिन्न विषयमा स्नातकोत्तर पूरा गरेका छन् ।

यस्तै, उपाध्यक्ष विद्या भण्डारीसहित १८ केन्द्रीय नेताहरूले आइए पास गरेका छन् भने १० कक्षा मात्र उत्तीर्ण गर्ने एक र औपचारिक शिक्षा नै लिन नपाएका एक केन्द्रीय सदस्य एमालेमा छन् ।

स्नातक तहको बिए अध्ययन गर्नेमा एमाले अध्यक्ष झलनाथ खनाल, सचिव युवराज ज्ञवाली, सदस्यहरू केशव बडाल, प्रदीप नेपाल, रवीन्द्र श्रेष्ठ, काशीनाथ अधिकारी, वाचस्पति देवकोटा, नरेश खरेल, नागेन्द्र चौधरी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित छन्् । यस्तै, बिकम पास गर्नेमा वरिष्ठ नेता माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, विष्णु रिमाल र गुरु बराल छन् । बिएड गर्नेमा महासचिव ईश्वर पोखरेल, सदस्यहरू पशुपति चौलागाइर्ं र भानुभक्त जोशी छन् । बिएल गर्ने एमाले केन्द्रीय सदस्यहरूमा अग्नि खरेल, डिल्लीबहादुर महत र धर्मनाथप्रसाद साह छन् । केन्द्रीय सदस्यहरू पृथ्वी सुब्बा गुरुङले बिएस्सी गरेका छन् भने रघुवीर महासेठले बिई र रकम चेम्जोङले बिटेक गरेका छन् ।

एसएलसी मात्र उत्तीर्ण गर्नेहरूमा उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल, नेता केपी शर्मा ओली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, प्रदीप ज्ञवाली, देवीप्रसाद ज्ञवाली, झिल्लुप्रसाद तिवारी, दलबहादुर रानामगर, विनोद श्रेष्ठ, गौरा कोइराला, गंगादेवी डाँगी र सत्यनारायण मण्डल छन् ।

स्नातकोत्तरसरहको अध्ययन गर्ने एमाले नेताहरूमा उपाध्यक्ष अशोक राई, सचिव शंकर पोखरेल, सदस्यहरू भरतमोहन अधिकारी, भीम रावल, उर्मिला अर्याल, रामचन्द्र झा, घनश्याम भुसाल, सहाना प्रधान, गोकर्ण विष्ट, महेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, अरुण नेपाल, बिन्दा पाण्डे, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, भानुभक्त ढकाल, राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, राजेन्द्र गौतम, जगन्नाथ खतिवडा, खगराज अधिकारी, प्रकाश ज्वाला, कर्णबहादुर थापा, विजय सुब्बा, गंगालाल तुलाधर, राधा ज्ञवाली र जयन्ती राई छन् ।

प्रमाणपत्र तह अध्ययन गर्ने एमाले नेताहरूमा उपाध्यक्ष विद्या भण्डारी, सदस्य तुलबहादुर गुरुङ, केशव देवकोटा, देवराज भार, उर्वादत्त पन्त, महमुद आलम, रामप्रीत पासवान, जितु गौतम दर्जी, श्रीमाया थकाली, थममाया थापा, कल्याणी खड्का, टुका हमाल र रामचन्द्र यादव छन् । यस्तै, सोही तहको आइकम अध्ययन गर्ने एमाले केन्द्रीय सदस्यमा गणेश तिमल्सिना छन् भने किरण गुरुङ, नेत्र पन्थी र परशुराम मेघी गुरुङले आइएस्सीसम्म अध्ययन गरेका छन् । यस्तै, मुकुन्द न्यौपानेले प्रथमा -संस्कृत)सम्मको अध्ययन गरेका छन् ।

केन्द्रीय सदस्यहरू वंशीधर मिश्र एमबिबिएस डाक्टर हुन् भने विजय पौडेलले पिएचडीसम्मको अध्ययन गरेका छन् । केन्द्रीय सदस्य ललितकुमार बस्नेतले कक्षा १० उत्तीर्ण गरेका छन् भने वीरबहादुर लामाले औपचारिक शिक्षा लिएका छैनन् । लामा साधारण लेखपढ मात्रै गर्छन् ।

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँगै उनको पार्टीको पोलिटब्युरोमा स्नातकसम्मको अध्ययन गरेका नेताको बहुमत छ ।

एकीकृत माओवादीको ४४ सदस्यीय पोलिटब्युरोमा २३ जनाले स्नातक तह उत्तीर्ण गरेका छन् । माओवादीमा सातजना स्नातकोत्तर र ६ जना प्रमाणपत्र तहसम्मको अध्ययन गरेका नेता छन् । आठजनाले एसएलसीसम्म अध्ययन गरेका छन् ।

म्ााओवादीका अध्यक्ष प्रचण्डले कृषि विज्ञानमा स्नातक गरेका छन् । म्ााओवादी सचिव चन्द्रप्रसाद गजुरेल गौरवले बिएस्सी, सचिवालय सदस्य टोपबहादुर रायमाझीले बिएस्सी र माओवादी पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देलले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । पोलिटब्युरो सदस्य हरिबोल गजुरेल बिकम, अग्निप्रसाद सापकोटा स्नातक उत्तीर्ण हुने नेता हुन् । त्यसैगरी, म्ााओवादी सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य लेखराज भट्ट, महासचिव रामबहादुर थापा बादल पनि स्नातक उत्तीर्ण नेता हुन् । सचिवालय सदस्य देव गुरुङ, पोलिटब्युरो सदस्यहरू पम्फा भुसाल, हितमान शाक्य, देवेन्द्र पौडेल, हिसिला यमि, हेमन्तप्रकाश वली, सचिवालय सदस्य नेत्रविक्रम चन्द र अर्का सचिवालय सदस्य वर्षमान पुन अनन्तले पनि स्नातकसम्मको अध्ययन गरेका छन् । पोलिटब्युरो सदस्य धर्मेन्द्र बाँस्तोला, कार्यालय सचिव रहेका माओवादी पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेत, सचिवालय सदस्य लीलामणि पोखरेल र अमीक शेरचन, पोलिटब्युरो सदस्य विश्वनाथ साह तथा नेता राम कार्की पनि स्नातक हुन् ।

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले पिएचडी गरेका छन् । उनले द नेचर अफ अन्डरडेभलपमेन्ट एन्ड द रिजनल स्ट्रक्चर अफ नेपाल विषयक शोधपत्रमा विद्यावारिधि -पिएचडी) गरेका हुन् । अर्का उपाध्यक्ष मोहन वैद्य किरण र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता हितराज पाण्डे, पोलिटब्युरो सदस्य नारायणप्रसाद शर्मा, नेता गिरिराजमणि पोखरेल र पोलिटब्युरो सदस्य निनु चापागाईंले स्नातकोत्तर गरेका छन् ।

प्रमाणपत्र तह अध्ययन गर्ने माओवादी नेतामा पोलिटब्युरो सदस्यहरू हरिभक्त कँडेल, भीमप्रसाद गौतम, लोकेन्द्र विष्ट, कुलबहादुर केसी, खड्गबहादुर विश्वकर्मा र सोनाम साथी छन् ।

म्ााओवादीमा एसएलसी र सोभन्दा कम अध्ययन गरेका नेता पनि छन् । माओवादी स्थायी समिति सदस्य एवं प्रवक्ता दीनानाथ शर्माले एसएलसी गरेका छन् ।

माओवादी सचिव पोस्टबहादुर बोगटी दिवाकरले आठ कक्षा उत्तीर्ण गरेका छन् भने नेता जनार्दन शर्मा प्रभाकरले एसएलसी उत्तीर्ण गरेका छन् । माओवादी पोलिटब्युरो सदस्य चन्द्रप्रसाद खनाल बलदेव र पोलिटब्युरो सदस्य गोपाल किराँती अन्डर एसएलसी हुन् । हाल जनसेनाका कमान्डर रहेका माओवादी नेता नन्दकिशोर पुन पासाङले एसएलसी उत्तीर्ण गरेका छन् भने अर्का नेता आहुतिले पनि एसएलसीसम्मको अध्ययन गरेका छन् । पोटिलब्युरो सदस्य दिलबहादुर श्रेष्ठ पनि एसएलसीसम्म अध्ययन गर्ने नेता हुन् ।

कुन नेताले कति पढेका छन् ?

कांग्रेस

डा.रामशरण महत- पिएचडी

डा. मिनेन्द्र रिजाल- पिएचडी

डा. प्रकाशशरण महत- पिएचडी

डा.शेखर कोइराला- एमए -चिकित्साशास्त्र)

डा.शशांक कोइराला- एमए -चिकित्साशास्त्र)

कृष्णप्रसाद भट्टराई- एमए

शेरबहादुर देउवा- एमए/बिएल

रामचन्द्र पौडेल- एमए

प्रकाशमान सिंह- एमएस्सी

विमलेन्द्र निधि- एमए

अजुर्ननरसिंह केसी- एमए/बिएल

सुप्रभा घिमिरे- एमए

अमरराज कैनी- एमए/बिएस्सी/बिएड

लक्ष्मणप्रसाद घिमिरे- एमई

शिवचन्द्र मिश्र- एमए

चिरञ्जीवी वाग्ले- एमए/बिएल

चक्रप्रसाद बाँस्तोला- एमए

मानबहादुर विक- एमएस्सी

गोविन्दराज जोशी- एमए/बिएल/बिएड

प्रदीप गिरी- एमए

विनयध्वज चन्द- एमए

दिलबहादुर घर्ती- एमए

बलदेव शर्मा मजगैंया- एमए

बलबहादुर केसी- एमए

दिलेन्द्रप्रसाद बडू- एमए

महेश आर्चाय- एमए

नरहरि आचार्य- एमए

उमा अधिकारी- एमए

जिपछिरिङ लामा एमए

पूर्णबहादुर खड्का- एमए

ज्ञानेन्द्र कार्की- एमए

अर्जुनप्रसाद जोशी- एमए

बालकृष्ण खाँण- एमए

एनपी साउद- एमए

मनमोहन भट्टराई- एमए

चित्रलेखा यादव- एमए

जीवनबहादुर शाही- एमए

महालक्ष्मी उपाध्याय- एमए

उमाकान्त चौधरी- एमएस्सी

कुलबहादुर गुरुङ- बिए

श्यामलाल श्रेष्ठ- बिए

रामकृष्ण ताम्राकार- बिकम

गोपाल पहाडी- बिए/बिएड

गोपालमान श्रेष्ठ- बिए

सुनीलकुमार भण्डारी- बिए

कृष्णप्रसाद सिटौला- बिएस्सी/बिएल

दीपकुमार उपाध्याय- बिए

खुमबहादुर खड्का- बिए

मीना पाण्डे- बिए

दीनबन्धु श्रेष्ठ- बिकम

भीष्मराज आङ्दम्बे- बिएल

गिरिजाप्रसाद कोइराला- आइए

पूर्णकुमार शेर्मा- आइए

सुजाता कोइराला- आइए

भीमबहादुर तामाङ- एसएलसी

इन्द्रबहादुर गुरुङ- एसएलसी

पद्मनारायण चौधरी एसएलसी

फर्मुल्लाह मन्सुर- एसएलसी

सुशील कोइराला- स्वाध्ययन

बलबहादुर राई- साक्षर

एमाले

वंशीधर मिश्र- एमबिबिएस

विजय पौडेल- पिएचडी

अशोक राई- स्नातकोत्तर

शंकर पोखरेल- स्नातकोत्तर

भरतमोहन अधिकारी- स्नातकोत्तर

भीम रावल- स्नातकोत्तर

उर्मिला अर्याल- स्नातकोत्तर

रामचन्द्र झा- स्नातकोत्तर

घनश्याम भुसाल- स्नातकोत्तर

सहाना प्रधान- स्नातकोत्तर

गोकर्ण विष्ट- स्नातकोत्तर

महेन्द्र पाण्डे- स्नातकोत्तर

कृष्णगोपाल श्रेष्ठ- स्नातकोत्तर

अरुण नेपाल- स्नातकोत्तर

बिन्दा पाण्डे- स्नातकोत्तर

सुरेन्द्र पाण्डे- स्नातकोत्तर

वेदुराम भुसाल- स्नातकोत्तर

भानुभक्त ढकाल- स्नातकोत्तर

राजेन्द्र श्रेष्ठ- स्नातकोत्तर

योगेश भट्टराई- स्नातकोत्तर

राजेन्द्र गौतम- स्नातकोत्तर

जगन्नाथ खतिवडा- स्नातकोत्तर

खगराज अधिकारी- स्नातकोत्तर

प्रकाश ज्वाला- स्नातकोत्तर

कर्णबहादुर थापा- स्नातकोत्तर

विजय सुब्बा- स्नातकोत्तर

गंगालाल तुलाधर- स्नातकोत्तर

राधा ज्ञवाली- स्नातकोत्तर

जयन्ती राई- स्नातकोत्तर

झलनाथ खनाल- बिए

युवराज ज्ञवाली- बिए

केशव बडाल- बिए

प्रदीप नेपाल- बिए

रवीन्द्र श्रेष्ठ- बिए

काशीनाथ अधिकारी- बिए

वाचस्पति देवकोटा- बिए

नरेश खरेल- बिए

नागेन्द्र चौधरी- बिए

छविलाल विश्वकर्मा- बिए

लालबाबु पण्डित- बिए

माधवकुमार नेपाल- बिकम

राजेन्द्र पाण्डे- बिकम

विष्णु रिमाल- बिकम

गुरु बराल- बिकम

ईश्वर पोखरेल- बिएड

पशुपति चौलागाइर्ं- बिएड

भानुभक्त जोशी- बिएड

अग्नि खरेल- बिएल

डिल्लीबहादुर महत- बिएल

धर्मनाथप्रसाद साह- बिएल

पृथ्वी सुब्बा गुरुङ- बिएस्सी

रघुवीर महासेठ- बिई

रकम चेम्जोङ- बिटेक

वामदेव गौतम- एसएलसी

विष्णु पौडेल- एसएलसी

केपी शर्मा ओली- एसएलसी

अष्टलक्ष्मी शाक्य- एसएलसी

रघुजी पन्त- एसएलसी

प्रदीप ज्ञवाली- एसएलसी

देवीप्रसाद ज्ञवाली- एसएलसी

झिल्लुप्रसाद तिवारी- एसएलसी

दलबहादुर रानामगर- एसएलसी

विनोद श्रेष्ठ -एसएलसी

गौरा कोइराला -एसएलसी

गंगादेवी डाँगी -एसएलसी

सत्यनारायण मण्डल -एसएलसी

विद्या भण्डारी- प्रमाणपत्र

तुलबहादुर गुरुङ- प्रमाणपत्र

केशव देवकोटा- प्रमाणपत्र

देवराज भार- प्रमाणपत्र

उर्वादत्त पन्त- प्रमाणपत्र

महमुद आलम- प्रमाणपत्र

रामप्रीत पासवान- प्रमाणपत्र

जितु गौतम दर्जी- प्रमाणपत्र

श्रीमाया थकाली- प्रमाणपत्र

थममाया थापा- प्रमाणपत्र

कल्याणी खड्का- प्रमाणपत्र

टुका हमाल- प्रमाणपत्र

रामचन्द्र यादव- प्रमाणपत्र

गणेश तिमल्सिना- प्रमाणपत्र

किरण गुरुङ -प्रमाणपत्र

नेत्र पन्थी -प्रमाणपत्र

परशुराम मेघी गुरुङ - प्रमाणपत्र

मुकुन्द न्यौपाने- प्रथमा -संस्कृत)

ललितकुमार बस्नेत - १० उत्तीर्ण

वीरबहादुर लामा- साधारण लेखपढ

माओवादी

प्रचण्ड- स्नातक

चन्द्रप्रसाद गजुरेल- बिएस्सी

टोपबहादुर रायमाझी- बिएस्सी

इन्द्रमोहन सिग्देल- बिई

हरिबोल गजुरेल- बिकम

अग्निप्रसाद सापकोटा- स्नातक

कृष्णबहादुर महरा- आइएस्सी/ बिएड

लेखराज भट्टले- स्नातक

रामबहादुर थापा बादल- आइएस्सिएजी

देव गुरुङ- स्नातक

पम्फा भुसाल- स्नातक

हितमान शाक्य- स्नातक

देवेन्द्र पौडेल- आइकम/आइए/बिएड

हिसिला यमि- बिई

हेमन्तप्रकाश वली- स्नातक

नेत्रविक्रम चन्द- बिएल

वर्षमान पुन अनन्त- बिएल

धर्मेन्द्र बाँस्तोला- बिए

शक्तिबहादुर बस्नेत- स्नातक

लीलामणि पोखरेल- स्नातक

अमीक शेरचन- बिए

विश्वनाथ साह- बिए

राम कार्की- स्नातक

बाबुराम भट्टराई- पिएचडी

मोहन वैद्य किरण- स्नातकोत्तर

नारायणकाजी श्रेष्ठ- एमए

हितराज पाण्डे- स्नातकोत्तर

नारायणप्रसाद शर्मा- स्नातकोत्तर

गिरिराजमणि पोखरेल- स्नातकोत्तर/बिएल

निनु चापागाईं- एमए/शास्त्री

हरिभक्त कँडेल- आइएस्सी

भीमप्रसाद गौतम- प्रमाणपत्र

लोकेन्द्र विष्ट- आइए

कुलबहादुर केसी- प्रमाणपत्र

खड्गबहादुर विश्वकर्मा- आइएड

सोनाम साथी- आइएस्सी

दीनानाथ शर्मा- एसएलसी

पोस्टबहादुर बोगटी- आठ कक्षा

जनार्दन शर्मा प्रभाकर- एसएलसी

चन्द्रप्रसाद खनाल- एसएलसी

गोपाल किराँती- अन्डर एसएलसी

नन्दकिशोर पुन- एसएलसी

आहुति- एसएलसी

दिलबहादुर श्रेष्ठ- एसएलसी


source:

http://www.nayapatrika.com/newsportal/cover_story/6515.html

Search and Buy from amazon.com