Thursday, June 11, 2009

सामूहिक सहमति जुटाएर आउन एमाले र काँग्रेसलाई माओवादीको आग्रह

सामूहिक सहमति जुटाएर आउन एमाले र काँग्रेसलाई माओवादीको आग्रह

2009-06-12 09:26:33

एकीकृत माओवादीले आफ्ना मागमा काँग्रेस र एमालेलाई सामूहिक सहमति जुटाएर आउन आग्रह गरेको छ । एमालेसँग लगभग सहमति नजिक पुगेको एकीकृत माओवादीका मागमा काँग्रेसले असहमति जनाएपछि माओवादीले सामूहिक सहमति जुटाएर छलफलमा आउन आग्रह गरेको हो । काँग्रेस र एमालेले छलफल गरेर सहमतिका लागि खबर गर्ने बताएपनि अहिलेसम्म कुनै जानकारी नआएको एकीकृत माअेावादी संविधानसभा दलका मूख्य सचेतक पोष्टबहादुर बोगटी दीवाकरले जानकारी दिनुभयो । सेनापति प्रकरणपछि सडक र सदन आन्दोलन गरिरहेको माओवादीले आन्दोलन रोक्ने सहमति जुटाउने बल एमाले र काँग्रेसकै कोर्टमा रहेको बताएको छ । आफूहरु सहमति जुटाउन लचिलो भएपनि काँग्रेस र एमालेले सहमति जुटाउन नसकेको माअेावादीको भनाई छ । काँग्रेसको असहमति पछि सत्तारुढ एमालेलाई भने अप्ठ्यारो परेको छ । प्रधानमन्त्री माधवकुमार नेपालले संसदमा माओवादीका मागबारे सम्वोधन गर्ने सहमति भएपनि काँग्रेसको असहमतिका कारण सम्वोधन अन्यौलमा परेको एमाले संबिधानसभा दलका मूख्य सचेतक भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार काँग्रेससिर्त सहमति जुटाउन अब नयाँ शिराबाट छलफल शुरु गर्नु पर्ने भएको छ । मूख्य सचेतक आचार्यले संसदको आज दिउँसो ३ बजे बस्ने बैठक अघि सहमति जुटाउन एकीकृत माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेबीच छलफल हुने जानकारी दिनुभयो ।

source:

http://www.unn.com.np/news_detail.php?id=2854



No comments:

Search and Buy from amazon.com