Monday, June 29, 2009

शान्तिप्रक्रिया

शान्तिप्रक्रिया

पीडितजति एकै ठाउँ

कतिपय पीडितले मानसिक सन्तुलन नै गुमाएका छन्


२०५९ साउन ५ गते आमासँग सुतेकी बर्दिया, मोतीपुर गाविस जगतियाकी रूपा थारू, ११, लाई सुरक्षाकर्मीले राती उठाएर लगी नजिकैको गल्लीमा गोली ठोके । रूपाका बाबु रामकृष्णले ०६४ असोज २९ गते मात्र जिल्ला प्रहरी कार्यालय, बर्दियामा जाहेरी दिनसके ।
तत्कालीन शाही सेनाको टोलीले ०५९ जेठ १६ गते दिउँसो खाना खाँदै गरेका बर्दिया नेउलापुर-८, सुजनपुरका भौना थारूलाई गोली हान्यो । एकै क्षणपछि फर्केर आएको सोही टोलीले प्राण नगएको भन्दै फेर िअर्को गोली हानेर हिँड्यो । उनका बाबु पूर्णप्रसादले पनि ०६३ साउन १० गते मात्र बर्दिया जिल्ला प्रहरीमा उजुरी गर्न सके ।
०५८ फागुन २७ गते भुरीगाउँबाट समातेर लगेको बर्दिया नेउलापुर-४ का केशरबहादुर चौधरी एक महिनापछि मनाउ गाविसको नर्सरी जंगलमा दोहोरो भिडन्तमा मारएिको बतायो, सेनाले । उनकी आमा जगतकुमारीले जिल्ला प्रहरीमा अपहरणपछिको सो हत्याको जाहेरी ०६३ फागुन २ गते दिइन् ।
यी तीन हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दर्ता भएको तीन वर्ष पुग्न लागे पनि अनुसन्धान प्रक्रिया तल्काल पूरा हुने सम्भावना देखिएको छैन, वर्षौं लाग्नसक्छ । किनभने, यस्तो उजुरीमा कानुनले २० वर्षसम्म अनुसन्धान गर्ने अधिकार दिएको छ । फेर िप्रहरीले आफ्ना र सैनिक कर्मचारीलाई छानबिनको दायरामा ल्याउला भनेर कसैले विश्वास गरेका छैनन् । अहिलेसम्म पनि प्रहरी नतातिनुले यही बताइरहेको छ । प्रहरी उपरीक्षक गणेश केसी भन्छन्, "अनुसन्धान हुँदैछ । आरोपित प्रहरीलाई जिल्लामा उपस्थित हुन भनेका छौँ तर अर्को कार्यालयले पठाएको छैन ।"
माओवादी द्वन्द्वकालमा सबैभन्दा बढी नागरकि बेपत्ता पारएिको जिल्ला हो, बर्दिया । तर, यहाँका सुरक्षाकर्मी र माओवादीको व्यवहार अहिले पनि उस्तै छ । दुवै पक्ष न्यायको बाटो अवरुद्घ पार्नेमा उद्यत हँुदा पीडितहरूमा प्रतिशोधको भावना पलाउँदैछ । ०६० फागुन ३० गते घरैबाट माओवादी अपहरणमा परेका कालिकाका दिलबहादुर खड्कालाई खोजी गर्दागर्दा थाकेकी श्रीमती लक्ष्मी भन्छिन्, "त्यतिबेला १२ वर्षको छोरा अहिले १६ वर्षको हुन थाल्यो । बन्दुक किनिदेऊ, बदला लिन्छु भन्छ ।



दुवै पक्षले अपहरण र हत्या गरेका व्यक्तिहरूको अवस्था सार्वजनिक नहुँदा बर्दियाका आफन्तजन संघर्षमा उत्रने तयारीमा छन्, त्यो पनि एउटै संगठनमार्फत । न्यायका लागि लडेको भन्दै मानिस गिँड्दै हिँडेका माओवादी र नागरकिको जीउधनको सुरक्षाका नाममा गोली ठोक्दै हिँडेका सुरक्षाकर्मीका तर्फबाट बेपत्ताका आफन्तजनले केही जानकारी नपाउँदा बर्दियामा द्वन्द्वपीडित समितिको जन्म भएको हो ।
सुरक्षाकर्मीले हत्या गरेको विरोध गर्ने माओवादीले आफ्ना कार्यकर्ताबाट भएको हत्या स्वीकार्नसमेत मानेको छैन । बर्दियाका माओवादी नेता द्रव्य शाह मान्छे मार्नेलाई कारबाही गर्न अरू दल तयार भए भने मात्र आफूहरू तयार हुने बताउँछन् । द्वन्द्वपीडित समितिका अध्यक्ष भागीराम चौधरी भने दुवै पक्षले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त -ओएचसीएचआर)को सिफारसिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताउँछन् । भागीरामका दाजु चैतेलाल र भाउजू सीताजानकीलाई सेनाले ०५८ पुस ५ गते बेपत्ता बनाएको थियो । माओवादी र राज्य पक्षले बर्दियाको धधवार गाविसमा मात्र १९ जनालाई बेपत्ता पारेका छन् । राज्य र माओवादीले बेपत्ता पारेका, हत्या गरेका र अंगभंग बनाएकाहरूका परविारजनको संगठन द्वन्द्वपीडित समितिका अनुसार कतिपय पीडितहरूले मानसिक सन्तुलनै गुमाएका छन् ।
०६३ भदौमा जिल्लाभरकिा बेपत्ता नागरकिका परविार भेला भई गठन भएको द्वन्द्वपीडित समितिका सदस्यहरूले प्रतिमहिना प्रतिसदस्य २० रुपियाँ संकलन गर्ने गरेका छन्, आन्दोलनका लागि । उनीहरूले आईसीआरसी, ओएचसीएचआरसँग समन्वय गरेर आफन्तको खोजी पनि गररिहेका छन् । यस समितिलाई बेलायती राजदूताबासले पनि आर्थिक सहयोग गरेको छ ।
तथ्यांक अनुसार द्वन्द्वकालमा बर्दियामा माओवादी र सुरक्षाकर्मीले २ सय ४२ जनालाई बेपत्ता पारेका छन् । १ सय ७२ जनाको हत्या भएको छ भने ५ सय ३७ जनाले अमानवीय यातना पाए । बर्दियामा सबैभन्दा बढी अर्थात् ८५ प्रतिशत पीडित थारू समुदायका छन् । बेपत्ता र हत्या गरएिका घरपरविारका १ हजार १ सय ८९ बालबालिका प्रत्यक्ष रूपमा पीडित छन् ।


source:

No comments:

Search and Buy from amazon.com