Monday, June 15, 2009

राजनीतिबाट अलग्गिने सोचमा कोइराला

राजनीतिबाट अलग्गिने सोचमा कोइराला

काठमाडौं, २ असार (दैनिकी)

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीको सबै जिम्मेवारी छोडेर निजि जीवन बिताउने बताएका छन् ।
सरकारमा छोरी सुजाताको नेतृत्वको विषय र संसदीय दलका नेताको निर्वाचनमा भएको ढिलाइलाई लिएर दोस्रो पुस्ताका नेताहरुले आफ्नो विरोध गरेको गुनासो गर्दे पुर्वप्रधानमन्त्री कोइरालो आफू निकटका व्यक्तिसँग सोमबार यस्तो धारणा व्यक्त गरेको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित भएको छ ।
स्रोतका अनुसार कोइरालाले संसदीय दलको निर्वाचनमा आफू कतैपट्टी नलाग्ने र पार्टीको महाधिवेशन पनि तत्कालै गर्न लगाउने बताएका थिए । कार्यवाहक सभापति सुशील कोइरालालाई पार्टी सञ्चालनको पुरै जिम्मेवारी तत्कालै दिने सोचाइ बनाएको पनि उनले बताएका थिए ।
'मलाई शैलजाको डेथले सक गराएको छ, अब मलाई केही चाहिएन । गलत गरे भने पनि याही गरे ठीक गरे भने पनि यही गरे', कोइरालाको भनाई उद्धत गर्दै उनी निकट एक नेताले अन्नपूर्ण पोष्टसँग भने ।
ती नेताका अनुसार कोइरालाले आफुलाई दोस्रो पुस्ताका नेताहरुले बहिष्कार गरेकोमा चित्त दुखाउँदै भने-'म कहाँ उनीहरु आउनै छाडे । यस उमेरमा मलाई उनीहरुले बहिष्कार गरे ।'
छोरी सुजाताको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय कोइरालाले गरेपछि कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल उनले बोलाएका बैठकमा सहभागी हुन छोडेका छन्

source:

http://www.dainikee.com/newsdetail-7884.html


No comments:

Search and Buy from amazon.com