Tuesday, June 9, 2009

एक खर्ब १५ अर्ब राजस्व असुली

साढे दश महिनामा एक खर्ब १५ अर्ब राजस्व असुली भएको अर्थमन्त्रालयको जानकारी
२५-जेठ-२०६६,सोमवार

काठमाडौं। अर्थ मन्त्रालयले साढे दश महिनाको अवधिमा रु. एक खर्ब १५ अर्ब सात करोड ९३ लाख राजस्व असुली भएको जनाएको छ।  
सरकारले यसवर्ष रु. एक खर्ब तीन अर्ब ५५ करोड ८५ लाख राजस्व असुल गर्ने लक्ष्य राखेको थियो। 
यसैगरी यही जेठको दोस्रो सातासम्म कुल निकासा रु. एक खर्ब ४६ अर्ब ९७ करोड तीन लाख, चालु तर्फको निकासा रु.९६ अर्ब ५१ करोड छ लाख, पूँजीगततर्फको निकासा रु.३५ अर्ब २१ करोड नौ लाख र साँवा–भुक्तानीतर्फको निकासा रु.१५ अर्ब २४ करोड ८८ लाख नगद प्रवाहको स्थिति रहेको अर्थमन्त्रालयका प्रवक्ता शङ्कर अधिकारीले जानकारी दिनुभयो।  
यस्तै चालुतर्फ रु.८५ अर्ब ४९ करोड ११ लाख, पूँजीगततर्फ रु.२८ अर्ब ४८ करोड ४१ लाख र साँवा–भुक्तानीतर्फ रु.१४ अर्ब तीन करोड ५० लाख कुल खर्च भएको पनि उहाँले बताउनुभयो।
source:
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24259&Itemid=39


No comments:

Search and Buy from amazon.com