Friday, June 19, 2009

माओवादीलाई दमन गर्ने प्रस्ताव

माओवादीलाई दमन गर्ने प्रस्ताव

५-असार-२०६६,शुक्रवार
Image
के पाक्दैछ दिल्लीमा?
नेकपा एमालेका वरिष्ठ नेता के.पी. ओली शर्मा माओवादीलाई पेलेर जाने राजनीतिक एजेन्डा लिएर दिल्ली भम्रणमा व्यस्त हुनुहुन्छ।


माओवादीसँग पहिलेदेखि नै कडा र तीतो वचनको प्रयोग गर्ने नेताको रुपमा परिचित ओलीले सो एजेन्डाको बारेमा राष्ट्रिय सहमतिको प्रयाससमेत गरेका थिए। वहाँले आफ्नो सो एजेन्डाको बारेमा कांगे्रस सभापति गिरिजाप्रसाद कोइराला, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा र एमालेका केहि वरिष्ठ नेताहरुसँग छलफल गरी निष्कर्ष निकालेरै उनी दिल्ली गएका हुन्। माओवादीले सरकार चल्न नदिने, सदन र सडकमा अवरोध गर्ने, गाउँ–गाउँमा आतंक मच्चाउने नीति र परिस्थितिको मूल्यांकन गरेर माओवादीलाई दबाउने योजना ओलीको छ।
माओवादी अब जंगल फर्कन नसक्ने निष्कर्ष पनि ओलीले निकालेका छन्। तर, सडकमा अवरोध गर्ने र शहर कब्जा गर्ने नीति माओवादीको हुने पूर्वानुमान गर्दै ओलीले बरु त्यसो भएमा माओवादी विरुद्ध शक्ति प्रयोग गर्ने निष्कर्ष पनि निकालेका छन्। १२ बुँदे समझदारी दिल्लीमै भएको र माओवादीका अधिकांश नेताहरुको दिल्लीसँग राम्रो सम्बन्ध भएका कारण पनि माओवादीलाई दमन गर्ने राष्ट्रिय नीति बनाउनुभन्दा पहिले भारतको सहमति खोजिएको हो।
भारतले ग्रीन सिग्नल दिएमा सडक आन्दोेलनमा देखिने माओवादी विरुद्ध सशस्त्र प्रहरीसमेत परिचालन गरेर दमन हुने स्थिति छ। यस बिषयमा ओलीले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, अर्थमन्त्री प्रणव मुखर्जीलगायत विदेशमन्त्री तथा अन्य भारतीय कम्युनिष्ट नेताहरुसँग समेत परामर्श गरिसकेका छन्।

के पाक्दैछ दिल्लीमा?

माओवादी लडाकुको प्रमाणिकरण र हतियार भण्डारण गरेर हात बाँधेर बसेको अनमिन थप अप्ठ्यारोमा परेको छ। संविधानसभा चुनावअघि नै हतियार र लडाकु प्रमाणिकरण सकेर आफ्नो म्यान्डेट पूरा गरे पनि नेपाली सेनाका प्रधानसेनापति स्पष्टीकरण प्रकरणपछि अर्को झमेलामा अनमिन फसेको छ।
माओवादीको शक्तिखोर शिविरमा प्रचण्डले माओवादी लडाकुलाई दिएको रणनीति भाषणको दृश्य सार्वजनिक भएपछि राष्ट्रसंघको मुख्यालयमा राम्रो प्रोफाइल बनाएर फर्किएका इयान मार्टीनसमेत ३ पटक नेपाल आएका छन्। तथापि राष्ट्रसंघले मार्टीनको सफलता भन्दै उनलाई मध्यपूर्व (गाजापट्टि) को विवाद सुल्झाउने दूत तोकिसकेको छ। जहाँ मार्टिनको भूमिका शून्य छ। नयाँ भूमिकामा मार्टिनको जिम्मेवारी सम्हाल्न आएकी अनमिन प्रमुख करिन लनग्रेन पनि लगातार राजनीतिक मन्त्रणाका लागि हप्तैपिच्छे दिल्ली धाउन थालेकी छन्।
गत साता ताम्राट स्याम्यूअललाई लिएर दिल्ली पुगेकी लगनग्रेन लडाकु प्रमाणिकरण विवादकै मुद्दा लिएर बिहीबार बिहानै फेरि दिल्ली हानिएकी छन्। माओवादीप्रति निकै आक्रामक नेता केपी ओलीले भारतमा माओवादीविरुद्ध समर्थन जुटाएर अनमिनको काम नै अप्ठ्यारोमा पार्ने शंका बढेपछि लनग्रेन दिल्ली गएकी हुन्। लनग्रेनले आइतबारसम्म दिल्लीमा भ्याएसम्म कुटनीतिक भेटघाट गर्नेछिन्। नेपाली सेनाको विवाद र माओवादी नेताको अभिव्यक्तिबाट चिढिएको भारतको एउटा धारलाई सक्दो दबाबमा पर्ने छिन् अनि भोलि नेपाल आउन लागेका विदेश सचिव शिवशंकर मेननलाई आवश्यक परेमा अनमिनप्रति सकारात्मक सन्देश दिन मनाउने छिन्। यति धरै एजेन्डा लिएर दिल्ली हानिएकी लनग्रेनले एमले नेता ओलीलाई पनि भेट्ने कार्यक्रम छ।
गत शनिबार दिल्ली गएका ओलि सम्भवतः भोलि मेनन्सँगै नेपाल फर्कने छन्। लनग्रेन भने आइतबार फर्किने तालिका छ।

-- Nepali Patra

source:

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24771


No comments:

Search and Buy from amazon.com