Saturday, June 27, 2009

दर्जनौं कलाकार माओवादी प्रवेश

दर्जनौं कलाकार माओवादी प्रवेश

काठमाडौं १३ असार (दैनिकी)

नेपाली सिने उद्योगमा पनि औपचारिक रुपमा राजनीतिक रंग लागेको छ । नेपाल सिने उद्योगका दर्जनौं कलाकारहरु शनिबार एकै पटक माओवादीमा प्रवेश गरेपछि रंगीन संसार राजनीतिबाट रंगिएको हो ।
माओवादीमा चर्चित निर्माता निर्देशक युवराज लामासहित यसअघिनै 'माओवादी' को ट्याग लागि सकेका निर्देशक केपी पाठकको नेतृत्वमा करिब सय जना कलाकार माओवादी प्रवेश गरेका हुन ।
माओवादी प्रवेश गर्र्ने कलाकारहरुमा मौसमी मल्ल, राजेन्द्र खड्गी, शिव रेग्मी, केपी पाठक, दिपक श्रेष्ठ, सुभाष गजुरेल, अन्जु पन्त, सृजना बस्नेत, सुरज सुब्बा, कल्याण घिमिरे, मौनता श्रेष्ठ, छवि ओझा, उदय सुब्बा, बसन्तकुमार श्रेष्ठ, हिमाल केसीलगायतका कलाकारहरु रहेका छन ।
माओवादीमा प्रवेश गर्ने अन्य सिनेकर्मीहरुमा दीप तुलाधर, जयनन्द लामा, भुवन श्रेष्ठ, सुनीलदत्त पाण्डे, रोशन श्रेष्ठ, योगेश घिमिरे, गोपाय कायस्थ, सुरज चन्द, सुन्दर श्रेष्ठ, कल्याण घिमिरे, सुलेमान शङकर ९इकु०, शम्भु सापकोटालगायतका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई रातो टीका र अवीर माला लगाएर स्वागत गरे ।

source:

http://www.dainikee.com/newsdetail-8284.html



No comments:

Search and Buy from amazon.com