Saturday, June 13, 2009

अर्थमन्त्रीको सात सदस्यिय विज्ञ समूह

अर्थमन्त्रीको सात सदस्यिय विज्ञ समूह
२३-जेठ-२०६६,शनिवार

अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणका लागि सात सदस्यीय विज्ञ समूह गठन गर्नुभएको छ। विज्ञ समूहमा डा.गोविन्दबहादुर थापा, डा. युवराज खतिवडा, डा.पुष्पराज राजकर्णिकार, डा.पुण्य कँडेल, डा. रामचन्द्र भट्टराई, भीम न्यौपाने र केशव आचार्य हुनुहुन्छ।
आचार्य नेपला राष्ट्र बैंकबाट केही समयअघि कार्यकारी निर्देशकबाट अवकाश पाउनुभएको थियो भने डा. भट्टराई प्राध्यापन पेशामा हुनुहुन्छ। अन्य सबै सदस्यहरू राष्ट्रिय योना आयोगमा सदस्य भई काम गरिसक्नुभएको छ। अर्थमन्त्री परिवर्तन गर्ने एमालेभित्रको वहसले वर्तमान मन्त्री पाण्डे रहने वा नरहने भन्ने स्पष्ट भइसकेको छैन।

source:
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24132

No comments:

Search and Buy from amazon.com