Wednesday, June 17, 2009

'मानव बेचबिखनमा नेपाल दोस्रो'

'मानव बेचबिखनमा नेपाल दोस्रो'

कास

काठमाडौं , मानव बेचबिखनमा नेपाल विश्वमै दोस्रो रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सन् २००९ को मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै बुधबार अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले भनेकी छन्, 'देशभित्र र बाहिर हुने मानव बेचबिखनविरुद्धको लडाइँलाई ओब्ाामा प्रशासनले परराष्ट्र नीतिको एक महत्त्वपूर्ण एजेन्डाका रूपमा लिएको छ ।'

अमेरिकाले करिब ७० देशमा मानव बेचबिखनविरुद्धका १ सय ४० कार्यक्रमलाई सहयोग गर्दै आएको छ । 'अमेरिकी विदेश मन्त्रालयले वाषिर्क रूपमा मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । यसको उद्देश्य आधुनिक विश्वमा रहेको दासत्वविरुद्ध विश्वव्यापी साझेदारी निर्माण र आवश्यक कदम सुरु गर्नु रहेको छ,' काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'नेपालले अझै पनि मानव बेचबिखन उन्मूलनका लागि न्यूनतम मापदण्ड पूरा गर्न सकेको छैन ।'

प्रतिवेदनअनुसार काठमाडौंका केही मसाज बार र क्याबिन सेना तथा प्रहरीका उच्च अधिकारीको मिलेमतोमा सञ्चालित छन् । अंगोला, बंगलादेश, कम्बोडिया, इराक, लेबनान, निकारागुवा, पाकिस्तान, फिलिपिन्स, कतार, सेनेगल र संयुक्त अरब इमिरेट्सजस्ता मुलुक मानव बेचबिखनमा नयाँ गन्तव्य रहेको प्रतिवेदनमा जनाइएको छ ।

Posted on: 2009-06-17 21:00:54

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=199676

No comments:

Search and Buy from amazon.com