Saturday, June 20, 2009

ओलीको दिल्लीदौड

ओलीको दिल्लीदौड

दिनेश वाग्ले

नयाँदिल्ली, एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले केही दिनदेखि भारतीय नेता र नागरिक समाजका सदस्यसँग भेटेर सरकारमा माओवादी नहुुँदा शान्ति प्रक्रियामा असर नपर्ने बताएका छन् ।

'माओवादी अहिले स्तब्ध भएका छन््,' उनले भने, 'लोकतान्त्रिक संस्कृति उनीहरूका लागि नौलो भएकाले आफूले नेतृत्व गरेको सरकार ढल्दा के के न भएझैं गरिरहेका छन्् । तर उनीहरू जंगलचाहिँ जाँदैनन्् ।'

मृगौलाको नियमित उपचारमा नयाँदिल्ली आएका भए पनि उनले एक सातामा यहाँका एक दर्जनजति प्रभावशाली नेताहरूलाई भेटेका छन्् । तिनमा विदेशमन्त्री एसएम कृष्णा, अर्थमन्त्री प्रणव मुुखर्जी र संसदमा विपक्षी दलका नेता लालकृष्ण आडवाणी छन्् । उनले प्रकाश करात, सीताराम यचुुरी, एबी वर्द्धनलगायत वामपन्थीहरूलाई पनि भेटेका छन् । सबै भेटमा उनले वर्तमान नेपाली परिस्थितिबारे अवगत गराएको र उनीहरूको दृष्टिकोण बुुझेको ओलीले शुुक्रबार कान्तिपुुरलाई बताए । 'नेपालमा शान्ति प्रक्रियाबारे भारतीयहरूको निकै चासो रहेको पाएँ,' उनले भने, 'र उनीहरू नेपालमा भएका नयाँ घटनाक्रमप्रति निकै सकारात्मक छन्् ।'

प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा दिल्ली आएको अस्वीकार गरेपनि उनले भ्रमणबारे प्रधानमन्त्री जानकार रहेको बताए । 'देशबाहिर निस्कनेबित्तिकै सबै नेपाली नेपाल -देश) को प्रतिनिधि हुुन्छन््,' उनले भने, 'तर मैले यहाँ आउनुुअगाडि प्रधानमन्त्री, राष्ट्रपति र कांग्रेस सभापतिलाई भेटेर जानकारी गराएको थिएँ । स्वाभाविकरूपमा म फर्केपछि पनि उहाँहरूलाई मेरा भेटहरूबारे जानकारी गराउँछुु । यो भ्रमण र यी भेटहरू मेरो व्यक्तिगत प्रयोजनका लागि होइनन््, देशका लागि हुुन्् ।'

नेपाली विकाशक्रमबारे भारतीयहरूको दृष्टिकोण थाहा पाउन भेटघाटहरू उपयोगी भएको उल्लेख गर्दै ओलीले नेपालका समस्याका लागि भारतसँग कुुनै रेडिमेट समाधान नभएको बताए । 'हाम्रा समस्या हामीले नै समाधान गनर्ुुपर्छ,' उनले भने, 'रंगीन कागजमा पोको पारेको उपहारजस्तो समाधानको पोको भारतले तयार पारेर राखिदिएको त हँुुदैन नि । हाम्रा अपेक्षाहरू अनुुसार नै उनीहरूले सहयोग गर्ने हुुन्् ।'

माओवादी नेतृत्वको सरकारको सिर्जना र पतन पूर्णरूपमा नेपालको संविधानसभाभित्र भएको तथ्यमा जोड दिँदै उनले कुुनै पनि विदेशी हात त्यसमा नभएको बताए । 'अब माओवादीहरू आफ््नो सरकार ढल्नुुमा भारतलाई दोष लगाउँदै भारतीय राजदूतको पुुतला जलाउँदै छन््,' उनले भने, 'त्यसले लोकतान्त्रिक पद्धतिमा उनीहरूको अनुुभवहीनतामात्र देखाउँछ । उनीहरू राष्ट्रियतालाई आफ््नो सीमित पार्टीगत स्वार्थ पूरा गर्न प्रयोग गर्दैछन्् ।' प्रतिस्पर्धात्मक राजनीतिबारे अनुुभव गरेपछि माओवादी सरकारमा सहभागी हुुने अपेक्षा गरेको ओलीले बताए ।

Posted on: 2009-06-19 2

1:20:47

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=199978

No comments:

Search and Buy from amazon.com