भारतको ध्यानाकर्षण गराउन निर्देशन छ : प्रधानमन्त्री
"परराष्ट्र सचिवमार्फत् भारतीय प्रतिनिधि बोलाएर सीमामा देखिएको समस्या समाधानका लागि बिहीबार नै निर्देशन दिइसकेको छु" प्रधानमन्त्री नेपालले भने, "प्रेसमा मात्रै नआएको हो।"
आफ्नो निवास बालुवाटारमा आएका विभिन्न १२ विद्यार्थी संगठनहरु समक्ष प्रधानमन्त्री नेपालले राष्टियता माथि आँच आउने कुनै पनि गतिविधिप्रति आफूले सम्झौता नगर्ने स्पष्ट पारेकको नेपाल विद्यार्थी संघका प्रवक्ता रामप्रसाद अधिकारीले जानकारी दिए।
नेविसंघका अध्यक्ष प्रदीप पौडेलकाअनुसार विद्यार्थी संगठनले विहान ११ बजे विद्यार्थी सगठनले नारा जुलुशसहित लैनचौरस्थित भारतीय दुताबासमा पुगेर ज्ञापनपत्र बुझाउँदै छन्।
माओवादी बाहेक १२ दल निकटका विद्यार्थी संगठनहरूको बिहीबारको संयुक्त बैठकले राष्ट्रियताको गम्भीर सवालको रुपमा रहेको सीमा अतिक्रमणको बारेमा तत्काल सरकारले उच्च कुटनीतिक पहलका लागि आग्रह गर्न प्रधानमन्त्रीको ध्यानकर्षण गराउने र सीमाविद् र सरोकारवालाहरुसँग अन्तक्रिया गर्ने निर्णय गरेको थियो।
उता भारतीय दुताबासले भने शुक्रबार साँझ वक्तव्य प्रकाशित गर्दै सरकारी तबरबाट दुताबासलाई यस संवन्धमा कुनै जानकारी नआएको बताएको छ।
दुताबासले दाङमा भर्खरै नेपाल तर्फको सिमा मिचिएको भन्ने भनाइलाई खन्डन गरेको छ।
source:
http://www.nagariknews.com/politics/international/1649-2009-06-05-05-01-55.html
No comments:
Post a Comment