Thursday, June 11, 2009

गभर्नर क्षेत्रीले सम्पत्ति विवरण बुझाए

गभर्नर क्षेत्रीले सम्पत्ति विवरण बुझाए

काठमाडौं २८ जेठ (दैनिकी)

नेपाल राष्ट्र बैंकका गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले चार महिना अघिनै राष्ट्र बैंकको सञ्चालक समितिसमक्ष सम्पत्ति विवरण बुझाएको स्पष्ट पारेका छन्।
राष्ट्रिय सतर्कता केन्द्रले सम्पति विवरण नबुझाउनेको सूचीमा गभर्नर क्षेत्रीसहितका उच्च अधिकारीहरु रहेको र उनीहरुमाथि कारवाही गरिने बताएको भोलिपल्ट क्षेत्रीले गत फागुनमै सम्पत्ति विवरण बुझाएको स्पष्ट पारेका हुन्।
दैनिकीलाई प्राप्त सम्पत्ति विवरणअनुसार उनको काठमाडौंको कालिमाटीमा आठ आना जग्गामा अढाई तले घर छ भने पोखरामा आमाको नामबाट अंशबन्डाबाट प्राप्त घरजग्गा पनि छ।
यस्तै, उनकी श्रीमतीको नाममा कामपा ३ र १५ नं वडामा १३ आना र १५ आना जग्गा छ।
उनले विभिन्न सहकारीमा करिब ५० लाख बचत छ भने हिमालयन बैंक, स्ट्यार्न्डड चार्टर्ड बैंक, तारा गाउँ (हायात रिजेन्सी), सावल सहकारी, अमृत सहकारी, धौलागिरी सहकारी, सामुदायिक स्वास्थ्य सहकारीलगायतका बैंक तथा सहकारीमा शेयर पनि छ।
गभर्नर क्षेत्रीको श्रीमती र बुहारीको १५ तोला सुन र ५० तोला चाँदीको गहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

source:

http://www.dainikee.com/newsdetail-7733.html



No comments:

Search and Buy from amazon.com