Thursday, June 25, 2009

वरिष्ठ आर्थिक सल्लाहकारमा आचार्य

वरिष्ठ आर्थिक सल्लाहकारमा आचार्य

काठमाडौं -कास)- सरकारले केशव आचार्यलाई अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यो निर्णय गरेको हो । २०५१ सालमा मनमोहन सरकारका पालामा पनि उनी सल्लाहकार भएका थिए ।

राष्ट्र बैंकबाट कार्यकारी निर्देशक पदबाट २०६५ वैशाखमा निवृत्त भएका हुन् । केन्द्रीय बैंकको अनुसन्धान विभागमा लामो समय काम गरेका र सरल स्वभावका आचार्य बृहत् अर्थशास्त्रका विज्ञ मानिन्छन् ।

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=200887


No comments:

Search and Buy from amazon.com