Saturday, June 27, 2009

चर्चित कलाकार माओवादी प्रवेश

चर्चित कलाकार माओवादी प्रवेश



सन्तोष रिमाल, काठमाडौं, असार १३-

"यो नसोच्नुहोला मेरो निधारमा टीका छैन। तर मेरो मनभित्र यो टीका निकै गढेको छ। मेरो गलामा माला छैन। तर यो माला कहिल्यै नखस्ने गरी मन र मस्तिष्कमा लगाएको छु" एकीकृत नेकपा माओवादीमा चलचित्रकर्मी प्रवेश कार्यक्रममा नीर शाह यसरी प्रस्तुत भए। उनले आफू माओवादीमा प्रवेश गरेको औपचारिक घोषणा त गरेनन् तर शनिबारको क्षणलाई आफ्नो पचास वर्षको फिल्म यात्राकै सार्थक र सून्दर बताए। "माओवादीले नगरेको भए म दास नागरिक हुन्थेँ," उनले भने - "यो सार्वभौमता म कुनै मूल्यमा चुकाउन सक्दिन।"
चलचित्रकर्मीको प्रवेशलाई जडको प्रारम्भ बताउँदै उनले भने- "जड अनन्त छ र त्यो अमर पनि हुन्छ। " उनले माओवादीका दुई आकर्षण सुनाए," यो विद्वत समूहको पार्टी हो । र मति बिग्रिएकासँग यसले सहमति गर्दैन।"

कार्यक्रम सुरु हुनु अघि माओवादीको सिद्धान्तसँग सहमत भए पनि पार्टीसँग नजोडिएको बताएका शाहले भाषण यसरी टुङ्ग्याए, "मेरो सलामले यो पार्टी चिरायु हुन्छ भने सलाम मात्र किन म लालसलाम नै भन्छु।"

काठमाडौंमा आयोजित कार्यक्रममा ९६ चलचित्रकर्मी माओवादी पार्टीमा प्रवेश गरे। पार्टीमा प्रवेश गर्ने कलाकार निर्माता, निर्देशक र प्राविधिकलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले टीका र माला लगाइदिएर स्वागत गरेका थिए । लक्ष्मण शेष चेतन सापकोटा र दीपक लिम्बुको गायनबाट सुरु भएको कार्यक्रममा द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीले दर्शकलाई दुवै हात र माओवादी अध्यक्ष प्रचण्डलाई एक हात उतालेर पालैपालो लालसलाम गरेका थिए ।


राजनीतिक पार्टीहरुले कलाकारलाई विचारविहीन वर्गमा राखेकाले आफ्नो विचार अभिव्यक्तिका लागि पार्टीमा लागेको उनीहरुको भनाइ थियो । "स्वाधिनता कि पराधिनता अब हामीले कित्ता प्रष्ट गर्नुपर्ने समय आएको छ," निर्देशक केपी पाठकले भने।

निर्मातानिर्देशक युवराज लामाले कलाकारको प्रवेश यथास्थितिवादीका लागि भुइँचालो भएको बताए। "कुनै पार्टीले पनि हामीलाई राष्ट्र निर्माणमा सहयोग गर्नुस् भनेनन्। खालि चिया खुवाएर पठाए । यो पार्टीले कलाकारलाई पनि शक्ति ठानेको छ" - उनले माओवादी प्रवेशको कारण खुलाए।

निर्देशक दीपक श्रेष्ठले माओवादीको कार्यशैलीबाट धेरै अगाडि प्रभावित भए पनि अहिले माला लगाउन पाएकोमा खुसी व्यक्त गरे। "देशका लागि लड्ने कुनै पार्टी थिएन। ज्यान हत्केलामा राखेर आएको माओवादीबाट धेरै आशा गर्न सकिन्छ," कलाकर्मीले अपेक्षा गरे अनुरुप काम नभए आफू टीका मेट्न समेत तयार रहेको उनले बताए।

अभिनेत्री मौसमी मल्लले कुनै सरकारले पनि कलाकारलाई महत्व नदिएको गुनासो पोखिन्। माओवादी सरकारले केही राहत दिएको उल्लेख गर्दै उनले भनिन् - "कलाकारलाई दिइने राहतको निरन्तरता होस्। यो पार्टीबाट हामीले आफ्नो सही पहिचानको आशा लिएका छौँ । दर्शकलाई हसाएर आफू रुनु पर्ने दिनको अन्त्य होस्।"

फिल्मकर्मीको कुरा सुनिसकेपछि माओवादी अध्यक्ष दाहालले यो समयलाई "मध्यान्तरपछिको समय" बताए। "फिल्मको सुरुवातमा भिलेनले जति अत्याचार गरे पनि मध्यान्तरपछि उनीहरु नासिँदै जान्छन्। र जित हिरोकै हुन्छ," फिल्ममा जस्तै देशमा पनि त्यही शैली प्रतिबिम्बित हुँदै गएको उनले बताए। उनले भने - "रुपान्तरणको पक्षमा यो विजयको उद्‌घोष हो। राजीनामापछि जनलहर आफ्नो पक्षमा देख्दा नयाँ चमत्कार जस्तो लागेको छ।"

माओवादीमा प्रवेश गर्ने कलाकारहरु

चर्चित चलचित्र निर्देशक, लेखक तथा निर्माता शिव रेग्मी, चर्चित चलचित्र गायिका अन्जु पन्त, लेखक निर्देशक राजुध्वज राणा, चलचित्र द्वन्द निर्देशक एन।बी महर्जन, निर्माता निर्देशक कलाकार गायक तथा सङ्गीतकार जयनन्द लामा, निर्देशक निर्माता दीपक श्रेष्ठ, वरिष्ठ प्राविधिज्ञ ज्योतिलाल राना,चर्चित नृत्य निर्देशक भुवन श्रेष्ठ, निर्माता तथा वितरक छवि ओझा, चर्चित हाँस्यकलाकार तथा निर्माता निर्मल शर्मा, हाँस्यकलाकार सुलेमान कुँवर 'इकु' कलाकार तथा निर्माता रामकृष्ण बजगाईं, नायक तथा निर्माता सुनीलदत्त पाण्डे, निर्देशक तथा रङ्गकर्मी गोपालचन्द्र लामीछाने, द्वन्दनिर्देशक रोशन श्रेष्ठ, निर्देशक निर्माता तथा कलाकार उदय सुब्बा लेखक तथा निर्देशक सुरज सुब्बा पनि सँगै माओवादीमा प्रवेश गरेका छन्।

यसैगरी माओवादीमा प्रवेश गर्नेहरुमा चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठ, निर्माता तथा वितरक वसन्तकुमार श्रेष्ठ, हरी बराल, वितरक तथा प्रदर्शक केवी क्षेत्री, चलचित्र पत्रकार सविन शाक्य, छयाङ्कार डिक खड्का, निर्माता तथा निर्देशक राकेश मानन्धर, नृत्य निर्देशक अच्युत घिमिरे, द्वन्द निर्देशक कुमार श्रेष्ठ, हिमाल केसी, कुमार महर्जन, निर्देशक योगेश घिमिरे, रामजी लामीछाने, सागर लामीछाने, चलचित्र सम्पादक राजु भण्डारी, नायिका सिर्जना बस्नेत, निर्माता तथा नायक राहुल केसी, निर्माता तथा कलाकार विवेक सापकोटा, प्रदर्शक तथा वितरक गोपाल कायस्थ, छायाङ्कार दुर्गा पौडेल, लेखक तथा कलाकार कृष्ण ढुङ्गाना छन्।

स्थिर छायाङ्कार सुरज चन्द, शृङ्गारकर्ता राजकुमार भुजेल, गायक तथा सङ्गितकार विकास चौधरी, मनोज राज, कलाकारहरु राजेन्द् पोखरेल, सुन्दर श्रेष्ठ, आमोद कार्की, सुभद्रा पोखरेल, वीपेन्द्र खड्गी, अनिता कार्की, वृन्दा दुलाल, भरत कार्की, टीका गर्तौला, जानुका केसी, धन पाख्रीन, आशिष तिवारी, विकास श्रेत्री, सरु खड्का, वीरबहादुर तामाङ, डीपी क्षेत्री, नीरबहादुर बलम्पाखी शनिबार माओवादीमा प्रवेश गरे।

यसैगरी माओवादीमा नवप्रवेशीहरुमा चलचित्र पत्रकार राजन घिमिरे, नायक तथा निर्माता कल्याण घिमीरे, निर्माता इन्द्र कार्की, निर्माता तथा निर्देशक मोहन शाह, छायाङ्कार नारायण श्रेष्ठ, महेन्द्र थापा, शम्भु सापकोटा, डम्बर राई, मदन घिमिरे, सौरभ लामा, दिनेशकुमार राई, घनश्याम पुरी, नृत्य निर्देशक रुपेश उप्रेती, कला निर्देशक दिनेश लामा 'गैंडा', निर्माण नियन्त्रणक राजु क्षेत्री, निर्माता सन्देशमान श्रेष्ठ, द्वन्द कलाकार गोकुल खत्री, कला निर्देशक निर्जल श्रेष्ठ, निर्देशक विनोद सेरेङ्गा, सृङ्गार विनोदमणी दाहाल, निर्माता तथा कलाकार कृष्णकुमार कार्की, गायिका पुजा सुनुवारलगायत छन्।

source:

http://www.nagariknews.com/news-highlights/139-highlights/2339-2009-06-27-12-28-34.html



No comments:

Search and Buy from amazon.com