Wednesday, June 17, 2009

खड्कालाई कारबाही गर्न कटवाल र गुरुङको दबाब

खड्कालाई कारबाही गर्न कटवाल र गुरुङको दबाब

काठमाडौं, (नेस) प्रधानसेनापति रुक्मांगद कटवाल र रथी छत्रमानसिंह गुरुङले सेनाको ‘चेन अफ कमान्ड’ मा चुनौती दिएकाले कामु प्रधानसेनापति कुलबहादुर खड्कालाई कारबाही गर्न रक्षामन्त्री विद्या भण्डारीलाई आग्रह गर्नुभएको छ।

बुधबार अपराहन रक्षा मन्त्रालय पुगेका प्रधानसेनापति कटवाल र गुरुङले कारबाही गर्न गरेको आग्रहलाई रक्षामन्त्री भण्डारीले अस्वीकार गर्दै राजनीतिक रूपमा भएको निर्णयलाई दबाब नदिन आग्रह गर्नुभएको थियो।
आगामी शनिबारदेखि अनिवार्य अवकाश पाउनुहुने खड्कामाथि कारबाही गर्न सैनिक मुख्यालय कम्मर कसेर लागिपरेको छ।

सेनाको कानुन विभागले खड्कालाई कारबाही गर्न कोट अफ इन्क्वाइरी गठन गरेको भए पनि प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री भण्डारीले कारबाही अगाडि नबढाउन निर्देशन दिएपछि खड्कामाथिको कारबाही रोकिएको थियो।

प्रधानसेनापति कटवाल र रथी गुरुङले रक्षामन्त्री भण्डारीलाई उक्त आग्रह गरेपछि मन्त्री भण्डारीबाट सकारात्मक निर्देशन पाए बुधबारबाटै कारबाही गर्ने मनस्थिति बनाएको भए पनि मन्त्रीबाट सोचेजस्तो निर्देशन नपाएपछि दुवै जना मुख्यालय फिर्ता हुनुभएको थियो। यता कामु प्रधानसेनापति खड्का अझै पनि आफ्नो थमौतीका लागि माओवादी, एमाले, नेपाली कांग्रेसलगायतका उच्च नेतृत्वसँग भेटघाट र छलफलमा व्यस्त रहनुभएको छ।

source:

www.nepalsamacharpatra.com

No comments:

Search and Buy from amazon.com