Saturday, June 20, 2009

माओवादी गल्ती सच्याएँ-प्रधानमन्त्री

माओवादी गल्ती सच्याएँ-प्रधानमन्त्री

काठमाडौं, ६ असार (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी सरकारले प्रधानसेनापति हटाउने निर्णय गरेर गल्ती गरेकाले आफूले त्यसलाई सच्याएको दाबी गरेका छन् । उनले माओवादीले राष्ट्रपतिको कदम विरुद्ध गरिरहेको आन्दोलन औचित्यहीन भन्दै अनावश्यक आन्दोलन नगर्न बरु रचनात्मक भूमिका काम गर्न माओवादीलाई आग्रह गरेका छन् ।
पार्टी गाउँ कमिटीद्वारा गरिएको सम्मान कार्यक्रममा क्षेत्र नं. २ डाँछी पुगेका प्रधानमन्त्री नेपालले माओवादीले आफूले राम्रो काम गर्न नसेकाले आफ्नो नेतृत्वको सरकारको डाह गरेको टिप्पणी गरे । माओवादी कार्यलाई बाँदरे प्रवृत्तिसँग टिप्पणी गर्दै प्रधानमन्त्री नेपालले भने 'बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुको घर पनि भत्काउँछ ।'
उनले माओवादी परिस्थितिबाट डराएको आरोप पनि लगाए । उनले भने-'मैलें तपाईहरुको सरकारलाई सहयोग गरेको थिएँ, अब तपाईहरुले पनि मलाई सहयोग गर्नुपर्छ ।' प्रधानमन्त्री नेपालले आफू दुम्सीको काँडामाथि रहेको भन्दै सबैको सहयोग र समझदारी रहेमात्र नयाँ संविधान निर्माण गर्ने र शान्ति प्रकृया लाई टुंङ्गोमा पुर्‍याउन सम्भव रहेकेा बताए ।

source:

http://www.dainikee.com/newsdetail-8049.html


No comments:

Search and Buy from amazon.com