Sunday, June 14, 2009

भारत जानु अधि ओलीको राजनीतिक भेटधाट तिव्र

भारत जानु अधि ओलीको राजनीतिक भेटधाट तिव्र ।PDFPrintE-mail
Written by इनेपाल न्युज डट कम सम्वाददाता
Saturday, 13 June 2009 08:21
काठमाण्डौं जेठ ३० । सरकारको पुरै आकार ग्रहण गर्न नसकि रहेका वेला नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका नता के. पी.शर्मा ओली विच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगाजमा भएको भेटवार्तामा नयाँ सरकार सँगै सरकारले गर्नुपर्ने कामका विषयमा पनि छलफल भएको छ । त्यस्तै भेटमा राष्ट्रपति रामबरण यादवको कदमबारे सदनमा कुनैपनि कुरा नउठाउने र प्रधानसेनापति रक्माङगत कटवालाई पुरै कार्यकाल खानदिने सहमति भएको स्रोतले जनाएको छ । आज बिहान भएको भेटमा एमाले नेता ओलीले आफ्नो दिल्ली भ्रमणका वारेमा जानकारी गराएका छन् ।
कांग्रेस सभापति कोइरालाले दिल्ली बसाइका क्रममा भारतीइ नेताहरु सँग पनि छलफल गर्न सुझाव दिएको स्रोतले बताएको छ । एमाले नेता ओली आजै दिल्ली उपचारका लागी नयाँ दिल्ली जादैछन् ।
यसै विच ओली ले राजपाका अध्यक्ष कमल थापासंग पनि भेटधाट गरेका छन ।
ओली को भारत भ्रमण नीजि र स्वास्थ्य उपचारका लागि हुने भनिए पनि यो नेपालको वर्तमान राजनैतिक अवस्थाको शल्यकृया र उपचार नै भएको राजनीतिका पण्डितहरूको दावी छ । ओली हरेक ३ महिनामा दिल्ली नियमित जाँचका लागि दिल्ली जाने गर्छन ।
आज मन्त्रालयको टुङ्गो लगाइदै
मन्त्रीपरिषद विस्तारका लागी आज गठबन्नधका दलहरु आन्तरिक र दुइपक्षिय छलफलमा जुट्ने भएका छन् । आज दिनभरको छलफलपछि विवादित विषयमा सहमति जुटाएरु भोली मन्त्रीपरिषदलाई पूर्णता दिनेगरी तयारी भइरहेको नेताहरुले जनाएका छन् । आज नेकपा एमालेले नेपाली कांग्रेस सहित मधेसिजनअधिकार फोरमको गच्छदार समुह तराइमधेस लोकतान्त्रीक पार्टी सहित अरु सानादलहरु सँगपनि छलफल गर्नुहुने भएको छ । दिउसो ४ बजे नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला सँग मन्त्रालयको भागबण्डा वारे प्रधानमन्त्री माधवकुमार नेपालले छलफल गर्नुहुने तय गरिएको छ । कोइराला सँगको छलफलबाट विवादीत बनेको जलस्रोत सहित कांग्रेसलाई दिने ६ मन्त्रालयको अन्तिम टुङगो लगाइने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । त्यस्तै कोइराला सँगको छलफलअघि एमालेले आन्तरिक छलफल गर्नेछ । नेपाली कांग्रेसले परराष्ट्र सहित स्थानीय विकास शिक्षा श्रम तथा यातायात कानुन न्याय तथा संविधान सभा यूवा तथा खेलकूद मन्त्रादलय दिने मोटामोटी सहमति बनेको छ । तर जलस्रंोत मन्त्रालयमा भने एमाले र कांग्रेस विच झैसहमति भइसकेको छैन् । सबैदलसँगको छुट्टा छुट्टै छलफलपछि आज फेरी सयूक्त छलफल गरेर टुङगो लगाइने एमाले महासचिव इश्वर पोखरेलले बताए ।

source:


No comments:

Search and Buy from amazon.com