Friday, June 19, 2009

जर्नेल मुद्धामा अन्तरिम आदेश जारी गर्नु नपर्ने सर्वोच्चको ठहर

जर्नेल मुद्धामा अन्तरिम आदेश जारी गर्नु नपर्ने सर्वोच्चको ठहर

५ असार, काठमाडौं । सर्वोच्च अदालतले नेपाली सेनाका आठ सहायक रथीको पदावधि थप गर्ने सरकारी निर्णय बदर गर्न परेको रिट माथि अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ ।

न्यायाधिशद्वय तपबहादुर मगर र प्रकाश वस्तीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने कारण र आधार स्पष्ट नभएको भन्दै यस्तो ठहर गरेको हो ।

पदावधि थप्ने सरकारी निर्णय असंबैधानिक भएको भन्दै अधिवक्ता राजु थापा लगायतले सरकारी निर्णय बदरको माग सहित सर्बोच्चमा रिट दायर गरेका थिए ।

source:

http://www.onlinekhabar.com/wp/2009/06/19/7470.html


No comments:

Search and Buy from amazon.com