Wednesday, June 3, 2009

गच्छदारलाई उपप्रधानमन्त्री दिन कोइरालाको दबाब

गच्छदारलाई उपप्रधानमन्त्री दिन कोइरालाको दबाब


बलारामा बानियाँ, काठमाडौं जेठ २१
मधेशी जनअधिकार फोरम संसदीय दलका नेता विजय गच्छदारलाई उप प्रधानमन्त्रीको पद दिन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री माधवकुमार नेपाललाई दबाब दिएका छन्।
सभापति कोइरालाले बिहीबार बिहान प्रधानमन्त्री नेपाललाई फोन सम्पर्क गरी गच्छदारलाई उप प्रधानमन्त्री बनाउनु पर्ने बताएका हुन्। कांग्रेस सभापति कोइरालाले मधेशी जनअधिकार फोरमले गठवन्धन निर्माणका लागि गरेको योगदान स्मरण गर्न प्रधानमन्त्री नेपाललाई अनुरोध गरेका थिए।

कांग्रेस नेता खुमबहादुर खड्काले बिहीबार बिहान गच्छदारलाई लिएर सभापति निवास महाराजगन्ज पुगेका थिए। कोइराला र गच्छदारबीच वार्तापछि सभापति कोइरालाले प्रधानमन्त्री नेपाललाई फोन सम्पर्क गरेका थिए।

कोइरालाले गठवन्धनमा फोरमका तर्फबाट गच्छदारको नेतृत्वालाई मान्यता दिनुपर्ने र उनले मन्त्रीका लागि पठाएका नाममा सहमत हुन प्रधानमन्त्री नेपाललाई अनुरोध गरेका थिए।
source:
http://www.nagariknews.com/politics/party-politics/1623-2009-06-04-06-24-11.html

No comments:

Search and Buy from amazon.com