Tuesday, June 2, 2009

सरकारमा कांग्रेसको नेतृत्व सुजाताले गर्ने


'उपप्रधान मन्त्री कसैलाई नबनाउनोस्'
'सुजातालाई परराष्ट्र मन्त्री बनाउनुहोस्'
'सुजातालाई भोलि नै मन्त्री बनाउनुहोस्' : कोइराला
 
काठमाडौं, जेठ १९ (नागरिक)- नेपाली कांग्रेस पार्टी सभापति गिरिजाप्रसाद कोइरालकी छोरी सुजाता कोइरालाको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ। आफूलाई भेट्न पुगेका प्रधानमन्त्री माधव नेपाललाई उनले यो जानकारी गराएको महामन्त्री विमलेन्ध्र निधिले बताए। कांग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठक बसिरहेका बेला महामन्त्री निधिले यो जानकारी गराएका थिए। जानकारीलगत्तै सबै पदाधिकारी बैठकै छाडेर बाहिरिएका छन्। 
कोइरालाले उपप्रधान मन्त्री कसैलाई नबनाउन, सुजातालाई भोलि नै मन्त्री बनाउन र त्यो पनि परराष्ट्र मन्त्री नै बनाउन प्रधानमन्त्री नेपाललाई भनेका जानकारी स्रोतले दियो। 
अरु मन्त्रीका नामबारे प्रधान मन्त्रीले राखेका जिज्ञासामा कोइरालाले अरु मन्त्रीको नाम मन्त्रालय निश्चित भएपछि मात्र निर्क्यौल गरिने पनि बताएका थिए।

source:

No comments:

Search and Buy from amazon.com