Tuesday, June 2, 2009

आमाको लाश २० बर्ष फ्रिजजमा

आमाको लाश २० बर्ष फ्रिजजमा

अध्यागमनले समाउने डरले दाहसंस्कार नगरिएको

पेरिस, २० जेठ (एजेन्सी)

लण्डनकी एक ८३ बर्षकी महिलाले आमाको लाश २० बर्षसम्म फ्रिजमा राखेको रहस्य खुल्ला भएको छ । पछिल्ला केही दिनदेखि अस्वभाविक व्यवहार गर्दै आएकी उनको बारेमा छिमेकीको नजर थियो । उनी बारम्बर आमाको लाशको नजीक लामो समयसम्म बस्ने गर्थिन । छिमेकीहरुले ती महिलाको ग्यारेजमा लाश भएको शंका गर्दै उजुरी गरेपछि प्रहरीले खोजतलास गर्दा यो भेटिएको हो ।
अभियुक्त दौलत इरानीले आफू अवैधानिक रुपमा बेलायत बसोबास गरेकाले आमाको लाश लुकाएर राख्नु परेको बताएकी छन् । उनले आमाको दाहसंस्कार गर्दा प्रहरी र अध्यागमन विभागमा समस्या पर्न सक्ने भएकाले लुकाएर राखेको बताएकी थिइन ।
गुलबाय मर्जदान नामकी ती महिलाको मृत्यु करिब २० बर्ष पहिला भएको अनुमान गरिएको छ । केही समय अघि एक छोरीले आमाको लाश फ्रिजमा बर्षौसम्म राखेर पेन्सन लिने गरेकी थिइन ।


source:

http://www.dainikee.com/newsdetail-7389.html#


No comments:

Search and Buy from amazon.com