Monday, June 1, 2009

भारतीय राजदूत सूदद्वारा कोईराला र ओली सित छुट्टा-छुटटै भेट

भारतीय राजदूत सूदद्वारा कोईराला र ओली सित छुट्टा-छुटटै भेट 

2009-06-01 12:36:26

भारतीय राजदूत सूदद्वारा कोईराला र ओली सित छुट्टा-छुटटै भेट 

नेपालका लागि भारतीय राजदूत राकेश सुदले कााग्रेस सभापति गिरीजाप्रसाद कोईराला र एमाले नेता केपी ओलीलाई भेटेर सरकारलाई छिट्टै पूर्णता दिन  आग्रह गर्नु भएको छ । बिहान कााग्रेस सभापति कोईरालालाई भेट्न महाराजगञ्ज पुग्नु भएका सुदले अरुदलहरु पनि सरकारमा आउने संकेत पाएको भन्दै सरकारलाई पूर्णता दिन आग्ह गर्नु भएको हो । दलहरुबीचको एकता र सहमतिले नेपालको शान्ति प्रकृया निष्कर्षमा पुग्ने भन्दै  उहााले सरकारलाई पूर्णता दिनमा भएको ढिलाईले जटिलता थप्ने आंशका व्यक्त गर्नुभयो  । त्यस्तै एमाले नेता केप्ाी ओलीलाई भेटेर पनि सुदले छिट्टै सरकारलाई पूर्णता दिन आग्ह गर्नु भयो । स्रोतले दिएको जानकारी अनुसार दुवै नेताहरुसंगको भेटमा भारतीय राजदूत सुदले फोरमको विवाद पनि सुल्भिmएकोले अरु दलहरुपनि सरकारमा आउने संकेत पाएको बताउनु भयो । भारतीय राजदूत सुदले आफ्नो कार्यकालको शुरु देखिनै राजनीतिक भेटवार्तालाई बढी महत्व दिदै आउनु भएको छ ।

source:

http://www.unn.com.np/news_detail.php?id=2727


No comments:

Search and Buy from amazon.com