Friday, June 5, 2009

भारतविरोधी प्रदर्शनमा भट्टराईलाई चोट

भारतविरोधी प्रदर्शनमा भट्टराईलाई चोट



काठमाडौं, जेठ २२ (नागरिक)- भारतीय पक्षबाट सीमाक्षेत्रमा भएको अतिक्रमण र नेपालीमाथि भएको दुर्वव्यहारको विरोधमा एकीकृत नेकपा माओवादीका सभासद्ले राजधानीको शान्तिवाटिकाबाट माइतीघर मण्डलासम्म प्रदर्शन गरेका छन्।
सभासद्को जुलुसले सिंहदरबार वरपर लगाइएको निषेधित क्षेत्र पद्मोदय मोड पुतलीसडकबाट तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरी र सभासद्‍बीचको लुछाचुँडीमा जुलुसका नेतृत्वकर्ता नेता बाबुराम भट्टराईसहित केही माओवादी सभासद‍ सामान्य घाइते भएका छन्। भट्टराईको खुट्टामा चोट लागेको छ। 

माइतिघर मन्डलामा पुगेर भएको कोणसभामा माओवादी नेता कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनताको पक्षमा नेपाली जनता नझुक्ने भन्दै भारतसँग यथाशक्य छिटो कुटनीति पहल गर्न सरकारसँग माग गरे।

प्रधानसेनापति रुक्माङ्द कटवाललाई पदमा बहाल रहन राष्ट्रपति रामवरण यादवले दिएको निर्देशन र संसदमा सकंल्प प्रस्तावमा छलफल नगराएको कारण सभामुख सुवास नेम्वाङको विरोधमा पूर्व घोषित कार्यक्रमअनुसार अखिल नेपाल ट्रेड युनियन महासंघले बिहान १० बजेदेखि ११ बजेसम्म राजधानीमा चक्काजाम गर्यो। चाबहिल कलङ्की घण्टाघर कोटेश्वर र बालाजु गरी पाँचठाउँमा चक्काजाम गरेको थियो । ललितपुरको कुपण्डोल र भक्तपुरको सल्लाघारीमा पनि महासंघले चक्काजाम गरेको थियो। तस्बिरः एपी
   
source:
http://www.nagariknews.com/politics/party-politics/1648-2009-06-05-04-47-51.html

No comments:

Search and Buy from amazon.com