Monday, June 1, 2009

रक्षा मन्त्री-प्रधानसेनापति भेट

रक्षा मन्त्री-प्रधानसेनापति भेट

आठ जर्नेलको म्याद थपिने

काठमाडौं, १८ जेठ (दैनिकी)

प्रधानसेनापति रुक्माङ्गद कटवालले पूर्ववर्ति सरकारले अवकाश दिएका आठ जर्नेलको म्याद थप गर्न रक्षामन्त्री विद्या भण्डारीसँग आग्रह गरेका छन् । 
सोमबार अपरान्ह रक्षामन्त्री भण्डारी र प्रधानसेनापति कटवालबीच भएको भेटवार्तामा प्रधानसेनापति कटवालले आठ जर्नेलको म्याद थप्न आग्रह गरेको स्रोतले बतायो । 
मन्त्री भण्डारीले यस बारेमा अब बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने आश्वासन दिएको स्रोतको भनाई छ । यसअघि माओवादी नेतृत्वको सरकारले आठ जर्नेललाई एकैचोटी अवकाश दिएको थियो । सर्वोच्चको आदेशबाट उनीहरु काममा फर्केका थिए । यसरी काममा र्फकने जर्नेलहरुमा पवनबहादुर पाण्डे ,रमेश बुढाथोकी, प्रदीपविक्रम राणालगायत रहेका छन् । 
स्रोतका अनुसार बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले उनीहरुको म्याद थप्ने निर्णय गर्नेछ । भेटलाई रक्षा मन्त्रालयले भने नियमित भनेको छ ।


source:http://www.dainikee.com/newsdetail-7331.html#



No comments:

Search and Buy from amazon.com