Showing posts with label J. B. Tuhure. Show all posts
Showing posts with label J. B. Tuhure. Show all posts

Sunday, June 21, 2009

सल्लाहकार पदबाट निस्कासन

सल्लाहकार पदबाट निस्कासन
हाम्रो सङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका सल्लाहकार रहनुभएका श्री जेबी टुहुरे अचानक एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेको कुराले हाम्रो सङ्गठनको ध्यानाकर्षण भएको छ र यस घटनामा आश्चर्य व्यक्त गर्दछ। हाम्रो सङ्गठनमा रहँदासम्म कुनै पनि किसिमको वैचारिक, राजनीतिक र सांस्कृतिक विमति भएको कुरा जनकारीमा छैन। महासङ्घमा कार्यरत हुँदा उहाँको कतिपय व्यक्तिगत समस्याहरुका बारेमा सामूहिक रुपमा पर्याप्त छलफल र समाधान गर्ने प्रयत्न गरिएको हो। विभिन्न समस्याहरु विभिन्न समयमा सम्पूर्ण जनसांस्कृतिककर्मीहरुको सहयोग र सद्भावका आधारमा समाधान गरिँदै आएको पनि हो। यद्यपि, उहाँको सबल तथा दुर्बल पक्षसँग हामी पर्याप्त रुपमा परिचित छौँ। तर, अचानक व्यक्तिगत समस्या देखाई सो समस्या एकीकृत नेकपा (माओवादी)ले पूरा गर्ने कारण र तर्क दिँदै एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेको जानकारी पाइएको छ। उहाँजस्तो अग्रज व्यक्तिले गरेको यस प्रकारको कमजोर निर्णयले अन्ततः उहाँकै इतिहास समाप्त गर्ने काम भएको यस सङ्घको ठहर रहेको छ। उहाँप्रति सम्मान गर्ने र उहाँलाई यस स्थानसम्म स्थापित गराउन नेकपा (एमाले)सँग सम्बन्धित सदस्य समर्थक र शुभेच्छुकहरुप्रति उहाँको यस विश्वासघातलाई सहजरुपमा लिन सकिन्न।
साँढे तीन दशकसम्मको साङ्गीतिक यात्रामा पार्टी र सहकर्मीहरुबाट उहाँको सम्मान, उन्नयन र विकासका लागि यथासम्भव प्रयत्न गरेकै थियो। सांस्कृतिक फाँटका तर्फबाट उहाँलाई अगुवाका रुपमा प्राथमिकताका साथ उहाँलाई विभिन्न राजनीतिक नियुक्तिहरुमा पार्टीले पठाउने काम गरिआएकै थियो। त्यसैगरी, पार्टीले आफ्ना महत्वपूर्ण निकायहरुमा निर्वाचित गर्दै राजनीतिक रुपमा अघि बढाउँदै आएको पनि थियो। पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले उहाँलाई केन्द्रीय अनुशासन आयोगको सदस्यमा निर्वाचित गरेको थियो। अब गठन हुने नाट्यसङ्गीत प्रतिष्ठानको उपकुलपति पदमा उहाँलाई पठाउने निर्णय पार्टीले गरिसकेको थियो। यस प्रकारका अवसरहरु निश्चित रुपमा जेबी टुहुरेका समकालीनहरु सबैले पाएका छैनन्। पार्टीको सैद्धान्तिक–वैचारिक पक्षमा विमति नहुँदानहुँदै मात्र व्यक्तिगत कारण देखाई एकीकृत नेकपा (माओवादी) जस्तो अराजक, तानाशाही, फासीवादी र सैद्धान्तिक र राजनीतिक रुपमा उग्रवामपन्थी पार्टीमा उहाँको प्रवेशलाई स्वाभाविक र औचित्यपूर्ण होइन भन्ने हाम्रो सङ्गठनको ठहर रहेको छ। आफ्नो विचारसँग फरक मत राख्ने व्यक्ति वा पार्टीमाथि हत्या, डर, धम्की, अपहरण, ल्ब्याकमेलिङ, लोभलालच, चन्दा आतङ्क आदिको घनिभूत प्रयोग गर्दै आएको सन्दर्भमा यो घटना त्यही प्रवृत्तिबाट पे्ररित देखिएको देखिन्छ। कथित स्वतन्त्र वाम बुद्धिजीवी, कलाकार र लेखकहरुको प्रभावमा परी एक्काइसौँ शताब्दीको नयाँ जनवादको नाममा व्यावहारिक रुपमा नेकपा (एमाले)को राजनीतिक लाइनमा प्रवेश गरिसकेको कथित क्रान्तिकारी पार्टीमा जेबी टुहुरे प्रवेश गर्नुलाई यस सङ्घका स्रष्टाहरुले नकारात्मक रुपमा लिएका छन्। अतः सही सिद्धान्त र लोकतान्त्रिक छवि रहेको नेकपा (एमाले)लाई परित्याग गरी अलोकतान्त्रिक, असहिष्णु, अराजक र अमानवीय चरित्रयुक्त पार्टीमा प्रवेश गर्नुभएकाले जेबी टुहुरेलाई आजकै मितिदेखि लागू हुने गरी यस गौरवमयी सङ्गठनको सल्लाहकारको पदबाट निस्कासन गरिएको छ। अन्तमा, यस्ता अवसरवादी र व्यक्तिवादी आत्मकेन्द्रित सोचबाट मुक्त र सतर्क हुन आफ्ना सबै सदस्य, समर्थक र शुभेच्छुकहरुलाई यस सङ्घ आह्वान गर्दछ।

असार ५, ०६६
– विजय सुब्बा, अध्यक्ष
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल

source:

Monday, June 15, 2009

वाम जनगायक भनेर चनिएका टुहुरे माओवादीमा

वाम जनगायक भनेर चनिएका टुहुरे माओवादीमा

३१-जेठ-२०६६,आइतवार

काठमाडौ। नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य एवम् जनगायक जेबी टुहुरे सो पार्टी छाडी आजदेखि एकीकृत नेकपा (माओवादी) मा प्रवेश गर्नुभएको छ।
आज राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा उहाँले आफू एमाले त्यागी आजैका मितिदेखि एकीकृत नेकपा (माओवादी) मा आबद्ध भएको घोषणा गर्नुभयो।
कार्यक्रममा कलाकार टुहुरेले एमालेले मालेमावादको सार्वभौम सिद्धान्तबाट विचलित भई वर्ग समन्वय र घोर दक्षिणपन्थी दिशा अवलम्वन गरेको भन्दै आफू सो पार्टीमा रहन नसकेको बताउनुभयो।
उहाँ विसं २०२४ मा पूर्व–कोसी प्रान्तीय कमिटीमा आबद्ध भई निरन्तर कम्युनिस्ट आन्दोलनमा लाग्दै आउनुभएको छ।
उहाँसँगै एकीकृत नेकपा(माओवादी)मा प्रवेश गर्नेमा कवयित्री चन्द्रा थानी, विष्णु ज्ञवाली, हरि सिवाकोटी, सागर उप्रेती, कृष्णप्रसाद भण्डारीलगायत हुनुहुन्छ।
उहाँहरुलाई एकीकृत नेकपा(माओवादी)अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत माओवादी सङ्गठन विभाग प्रमुख मोहन वैद्यलगायतले फूलमाला र अबिरले स्वागत गर्नुभएको थियो।
सोही कार्यक्रममा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष दाहालले एक/दुई हप्ताभित्रै क्रान्तिकारी कम्युनिस्टको ठूलो हिस्सा र आफ्नो पार्टीबीच ध्रुवीकरण हुन लागेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो – 'एमालेभित्रका क्रान्तिकारीको एकपछि अर्को प्रवेशले सो पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो कमिटीसम्म नयाँ बहस सुरु भएको छ, त्यहाँका इमान्दार छिट्टै एकजुट हुँदैछन्।'
उहाँले सेनापतिको पछि लागेर प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले अर्को विनाशको खाल्डो खनिरहेको बताउँदै विस्तारै सिङ्गो देशका जनता नागरिक सर्वोच्चताको झण्डामुनि गोलबद्ध हुने दावी गर्नुभयो
।

source:
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24513&Itemid=39

टुहुरेको स्वागतमा नाचे प्रचण्ड

टुहुरेको स्वागतमा नाचे प्रचण्ड

2009-06-15,Monday


'आमा दिदी बहिनी हो....' कलाकार जेबी टुहुरेको गीत मध्यभाग नपुग्दै माओवादी अध्यक्ष प्रचण्डले आफूलाई थाम्न सकेनन् । माओवादीका कलाकारहरूले उठाए र प्रचण्ड नाँचे छमछमी । भीडबाट प्रतिक्रिय आयो, 'प्रचण्ड गज्जबका नर्तकी रहेछन् ।' जनकलाकार जेबी टुहुरे राजधानीस्थित प्रज्ञा प्रतिष्ठानको बाहिरी चौरमा आयोजित कार्यक्रममा आइतबार माओवादीमा प्रवेश गर्दै थिए । उनलाई माला लगाएर भित्र्याउन तम्तयार थिए माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता मोहन वैद्य किरण र अन्य नेता, माओवादीसम्बद्ध कलाकारहरू । प्रचण्डले यही कार्यक्रमको अन्त्यमा कम्मर मर्काएर नाँचेका हुन् ।

०२४ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका टुहुरे एमालेको अनुशासन आयोगका सदस्यसम्म भएका थिए । चुनावमा वामपन्थीहरू एक हुनुपर्छ भन्ने धारणा एमालेले स्वीकार नगरेको, क्रान्तिकारी लाइन छाडेको आरोप लगाउँदै टुहुरेले 'नागरिक सर्वोच्चता' का लागि प्रचण्डले प्रधानमन्त्री पद त्यागेपछि प्रभावित भएर माओवादी प्रवेश गर्ने सोच बनाएको सुनाए ।

प्रचण्डले फूलको माला पहिर्‍याए र वरिष्ठ नेता किरणले अबिर लगाइदिए टुहुरेलाई । त्यसपछि टुहुरेले खादा ओडाइदिए प्रचण्डलाई । प्रचण्डले भावुक भएर टुहुरेतिर लक्षित गर्दै भने, 'क्रान्तिकारी सांस्कृतिक आन्दोलनको इतिहास हुनुहुन्छ जेबी टुहुरे । ६५ वर्ष पार गरे पनि उहाँमा क्रान्तिको जोस युवाहरूमा भन्दा कम छैन ।'

चार दशक एमालेमा रहेर माओवादीको टीका लगाएका उनी मात्रै होइन, बुद्धिजीवीहरूको ठूलै पंक्ति माओवादीमा प्रवेश गर्ने उद्घोष पनि प्रचण्डले गरे । प्रचण्डले भने, 'प्रतिक्रान्तिकारीहरू विनासको खाल्टो आफैं खन्दैछन् । सेनापतिसँग घुँडा टेकेर आफ्नो सर्वनाश संशोधनवादीहरूले आफैं निम्त्याएका छन् ।' अब माओवादीको नेतृत्वमा एउटै कम्युनिस्ट पार्टी बन्नेसमेत उनले उद्घोष गरे । अन्त्ामा स्वर्गीय एकदेव आलेले रचेको 'आमा दिदी बहिनी हो, कति बस्छौ दासी भै....' गाएका टुहुरेले प्रचण्डसमेतलाई नचाएका थिए । प्रधानमन्त्री पदबाट हटेपछि सार्वजनिक कार्यक्रममा देखिन छाडेका प्रचण्ड मज्जाले नाँचे ।

source:

http://www.nayapatrika.com/newsdetail.php?id=906141116146256%20&n_id=24



Sunday, June 14, 2009

Tuhure quits UML, joins Maoists

Tuhure quits UML, joins Maoists
Kantipur Report
KATHMANDU, June 14 - Popular singer J.B. Tuhure on Sunday defected from CPN-UML to the Unified CPN (Maoist).

Maoist Chairman Pushpa Kamal Dahal welcomed Tuhure, who was member of the disciplinary committee in the UML, to his party at a special programme organised in the capital Sunday afternoon.

Tuhure said he decided to break away from the UML because the party did not stand for the civilian supremacy and unity among the Left parties.

He said the recent UML decision to lead the government with the backing of Nepali Congress (NC) saddened him as the NC had played a foul game to topple the Man Mohan Adhikari-led government in 1995.

Speaking at the programme, Dahal praised Tuhure's role in the different phases of revolution in the country and said his entry would boost the party's struggle to complete the revolution and establish civilian supremacy. “Nepal's history is at a serious juncture with a sharp struggle between two ideologies—one in favour of national sovereignty, independence, civilian supremacy, democracy, peace and constitution, while the other for military supremacy, autocracy, tyrants and brokers,” he said.

Dahal also said a big faction of the UML was set to join the Maoist party within a week or two.

Tuhure has been active in Left politics since 1971.


Posted on: 2009-06-14 09:26:52 (Server Time)

source:
Tuhure quits UML, joins Maoists
Kantipur Report
KATHMANDU, June 14 - Popular singer J.B. Tuhure on Sunday defected from CPN-UML to the Unified CPN (Maoist).

Maoist Chairman Pushpa Kamal Dahal welcomed Tuhure, who was member of the disciplinary committee in the UML, to his party at a special programme organised in the capital Sunday afternoon.

Tuhure said he decided to break away from the UML because the party did not stand for the civilian supremacy and unity among the Left parties.

He said the recent UML decision to lead the government with the backing of Nepali Congress (NC) saddened him as the NC had played a foul game to topple the Man Mohan Adhikari-led government in 1995.

Speaking at the programme, Dahal praised Tuhure's role in the different phases of revolution in the country and said his entry would boost the party's struggle to complete the revolution and establish civilian supremacy. “Nepal's history is at a serious juncture with a sharp struggle between two ideologies—one in favour of national sovereignty, independence, civilian supremacy, democracy, peace and constitution, while the other for military supremacy, autocracy, tyrants and brokers,” he said.

Dahal also said a big faction of the UML was set to join the Maoist party within a week or two.

Tuhure has been active in Left politics since 1971.

Posted on: 2009-06-14 09:26:52 (Server Time)

कम्युनिष्टहरुको एउटै पार्टी बन्दैछ- प्रचन्ड

कम्युनिष्टहरुको एउटै पार्टी बन्दैछ- दाहाल
साना, ठूला गरी विभिन्न पार्टीमा रहेका कम्युनिष्टहरुलाई समेटेर एउटा कम्युनिष्ट पार्टी बन्न लागेको एनेकपा माओवादी अध्यक्ष प्रचन्डले बताएका छन् ।

३१ जेष्ठ २०६६ | २०:३४ मा पोष्ट गरिएको

एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालमा कम्युनिष्टहरुको एउटै पार्टी बन्ने तयारी भईरहेको बताएका छन् । राजधानीमा जेठ ३१ गते कलाकार जेवी टुहुरे लगायत एमाले समर्थक सात जनालाई माओवादीमा प्रवेश गराउन आयोजित कार्यक्रममा प्रचन्डले यस्तो धारणा राखेका हुन । कार्यक्रममा दाहालले दुई हप्ता भित्र एउटा ठूलो समूहसँग एकता हुने बताए । एकता हुने भनिएको समूह कुन हो भन्ने कुरा भने उनले कार्यक्रममा खुलाएनन् ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचन्डले प्रतिकि्रयावादीहरु नागरिक सर्वोच्चताको विरोधमा लागेर विनासको बाटो रोजेको उल्लेख गरे । सत्ताधारी दलले प्रधानसेनापतिको अगाडि घुँडा टेकेको दाहालको भनाई थियो ।

source:

http://www.himalkhabar.com/news.php?id=2030

J. B. Tuhure joins Maoist

J. B. Tuhure Joins United Nepal Communist Party (Maoist)

Maoist chairman Pushpa Kamal Dahal and senior leader Mohan Baidhya welcome singer J.B Tuhure as he joins the Maoist party Sunday, June 14 09. Earlier Tuhure was affiliated with CPN (UML). nepalnews.com/ANA
Maoist chairman Pushpa Kamal Dahal and senior leader Mohan Baidhya welcome singer J.B Tuhure as he joins the Maoist party Sunday, June 14 09. Earlier Tuhure was affiliated with CPN (UML). nepalnews.com/ANA

source:
http://www.nepalnews.com/today/frontpic/2009/jun/photo1.htm


Search and Buy from amazon.com