Wednesday, June 3, 2009

भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादति::माओवादीद्वारा सर्वदलीय बैठक आव्हान

माओवादीद्वारा सर्वदलीय बैठक आव्हान

भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादति

काठमाडौं,२० जेठ(दैनिकी)

दाङमा भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतिका कारण विस्थापित हुन पुगेका सर्वसाधारणको पुनर्स्थापना र राष्टियताका पक्षमा सबै दल एक भएर अघि बढ्ने विषयमा छलफल गर्न माओवादीले बिहीबार सर्वदलीय बैठक आव्हान गरेको छ । 
दाङमा केही दिनदेखि भारतीय सुरक्षा बलले नेपालीमाथि गरेको दुर्व्यवहारका विषयमा छलफल गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने २४ दलको बैठक आव्हान गरिएको माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । 
सर्वदलीय बैठक वरिष्ठ नेता डा. बाबुराम भट्टराईको संयोजनमा हुने छ । माओवादी संसदीय बोर्डको बुधबार बसेको बैठकले सरकारले अवकाश प्राप्त ८ जर्नेलको म्याद थप गर्न गरेको प्रयासका बारेमा पनि आलोचना गरिएको छ ।

source:

http://www.dainikee.com/newsdetail-7407.html#

No comments:

Search and Buy from amazon.com