Friday, June 5, 2009

मधेशी जनअधिकार फोरम





मधेशी जनअधिकार फोरम

तिलक पाठक-

२०४८ सालमा गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा विजयकुमार गच्छदार संचार राज्यमन्त्री थिए भने जयप्रकाश प्रसाद (जेपी) गुप्ता प्रधानमन्त्रीका प्रेस सल्लाहकार । ०५४ मा आइपुग्दा गच्छदार निर्माण तथा यातायात मन्त्री बने भने गुप्ताले चाहिं गच्छदारको ठाउा लिए । अथार्त्, गुप्ता संचार राज्यमन्त्री बने । त्यसयता यी दुई नेता विभिन्न मन्त्रीपरिषदमा सागसागै सामेल हुादै आएका छन् । पटक पटक गरेर गच्छदार नौ पटक मन्त्री बनिसकेका छन् भने गुप्तालाई पनि ६ पटक मन्त्री बन्ने सौभाग्य जुटिसकेको छ ।

तर, अहिले आएर मधेशी जनअधिकार फोरमका यी दुई नेता सत्ताकै कारण दुई विपरित ध्रुवमा पुगेका छन् । अहिले आएर दुई नेताबीच यति धेरै तित्तता बढेको छ कि एकले अर्कालाई पार्टी विभाजनको आरोप लगाउदै छन् । सम्बन्धमा वेला वखत तित्तता आइरहने गुप्ता र फोरम अध्यक्ष उपेन्द्र यादव चाहिं एकैतिर उभिएका छन् ।

३२ सभासदको हस्ताक्षर जुटाएर गच्छदार उपप्रधानमन्त्री भएपछि संस्थापन पक्ष (यादव-गुप्ता) पक्षले उनीसहित सात नेताहरूलाई पार्टीबाट निष्काशन गरेको छ । साथै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।

अध्यक्ष यादवले गच्छदारलाई अवसरवादी र अराजनीतिक ब्यक्तिको संज्ञा दिए । 'मधेश आन्दोलनमा कुनै भुमिका नभएको खलनायक', शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'हामीले नै टिकट दिएर जनताले जिताएका हुन् ।' गुप्ताले पनि गच्छदारलाई त्यस्तै आरोप लगाए । 'गच्छदारको मनसाय सरकारमा जाने मात्र होइन, फोरमलाई विभाजित गर्नु नै हो', उनले भने ।

त्यसो त संविधानसभा निर्वाचन नजिकिएका वेला गच्छदारलाई फोरममा प्रवेश गराउने काम पनि गुप्ताले नै गरेका हुन् । गच्छदारलाई अध्यक्ष नबनाएकै कारण गुप्ता आफैले पृष्ठभुमी तयार गरेको तराई-मधेश लोकतान्त्रिक पार्टी -तमलोपा)मा गएनन् । गुप्तालेे ०६४ जेठमा फोरमबाट राजिनामा गरेपछि मधेस केन्द्रीत क्षेत्रीय दल निर्माणका लागि नेपालगन्जदेखि भद्रपुरसम्मको भ्रमण गरे । अनि लगत्तै काठमाडौंको होटल याक एन्ड यतीमा क्षेत्रीय पार्टी गठनका लागि पहिलो बैठक आयोजना गरे, जसमा हृदयेश त्रिपाठी, विजयकुमार गच्छदार, महेन्द्र राय यादव र सुरेन्द्र चौधरीसमेत सहभागी थिए । बैठकमा क्षेत्रीय दल निर्माणको प्रकि्रया अगाडि बढाउने सहमति बन्यो ।

कुपण्डोलस्थित गि्रन भिलेजमा अर्काे बैठक गरी क्षेत्रीय पार्टी गठनका लागि २४ सांसदहरूलाई गोलवन्द गराउन पनि उनी सफल भए । त्यही बैठकले उनलाई क्षेत्रीय पार्टीको विधान र घोषणापत्र लेख्ने जिम्मेवारी पनि दियो । 'त्यो घोषणापत्र नै तराई मधेस लोकतान्त्रिक पार्टीको घोषणापत्र हो । त्यसको नामकरण पनि मैले नै गरेको हुा', गुप्ताले एक अन्र्तवार्तामा भनेका थिए, 'आज पनि मेरो ल्यापटपमा त्यसको अन्तिम मस्यौदा छ ।'

उनको भनाईमा पार्टी गठनअघि प्रस्तावित पार्टीको पहिलो कार्यभार आन्दोलन हुनुपर्ने, विजय गच्छदार अध्यक्ष र महन्थ ठाकुर सर्वोच्च नेता हुनुपर्न सहमति भएको थियो । तर, पछि सर्वेन्द्रनाथ शुक्लाको घरमा भएको बैठकमा ठाकुरलाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव आयो । फेरी अर्का दिन गुप्ताको घरमा भएको बैठकमा हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, महेन्द्र राय, रामचन्द्र राय यादव गच्छदारलाई अध्यक्ष मान्न सहमत भएनन् । गच्छदारलाई अध्यक्ष बनाउन नमानेकै कारण उनको त्यो पार्टीप्रति मोहभंग भयो ।

संविधानसभा निर्वाचन आउनै लागेका कारण उनलाई कुनै न कुनै पार्टीको आवश्यकता थियो । अनि आफुले संगठन निर्माण गरेको फोरमसाग वार्ता अघि बढाए । अध्यक्ष यादव र गुप्ताबीच पहिलाका असन्तुष्टिबारे खुला हृदयले छलफल गरी अघि बढने सहमति भयो । अनि, गुप्ता सहसंयोजकका हैसियतले फोरममा प्रवेश गरे । उनी केही समयपछि गच्छदारलाई पनि फोरम प्रवेश गराउन सफल भए ।

संविधानसभाको निर्वाचनपछि तीन नेतावीचको शक्ति सन्तुलन मिलाउनैको लागि गच्छदारलाई संसदीय दलको नेता बनाइयो । त्यसपछि चाहिं परिस्थिती वदलियो । अध्यक्ष यादव र गच्छदार एकातिर रहे भने गुप्ता फरक धारमा रहे । राष्ट्रपति चुनावका क्रममा होस् वा उपराष्ट्रपतिमा परमानन्द झाको उम्मेदवारी देखी काग्रेस-एमालेसागको गठबन्धनको विषयमा गुप्ताको असहमति रहृयो जवकी यी निर्णय यादव र गच्छदारको सकि्रयतामा भएका थिए ।

माओवादी नेतृत्वको सरकारमा जाने विषयमा पनि सुरूमा गुप्ता असन्तुष्ट थिए भने यादव र गच्छदार सहभागी हुने पक्षमा थिए । पछि तीन जनै नेता सरकारमा सहभागी हुने भएपछि फोरमको विवाद साम्य भयो । महाधिवेशनको समयमा पनि गुप्ता असन्तुष्ट रहे तर यादवसाग वार्ता गरेर सहअध्यक्षमा आफुलाई सुरक्षित गर्न सफल भए ।

अहिले आएर एकैपक्षमा उभिएका यादव र गुप्ताको सम्बन्ध पनि उतारचढावमय छ । दुई फरक राजनीतिक पृष्ठभुमीका कारण पनि यी दुई नेतावीच वेलाबखत विवाद मात्र होइन, पार्टीबाट वाहिरिनेसम्मका घटना भएका छन् ।

नेविसघबाट राजनीति गरेका गुप्ता ०४६ को आन्दोलनताका पत्रकारिता गरिरहेका थिए । पहिलो निर्वाचनपछि गठित सरकारमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार थिए । त्यसपछि काग्रेसको सकि्रय राजनीतिमा लागेर सांसद र मन्त्री बने । काग्रेसबाट उनी पााचपटकसम्म मन्त्री भएका थिए । काग्रेसमा शत्तिशाली पहुाच बनाएका थिए । तैपनि उनी मधेशकेन्द्रीत आन्दोलनमा आकषिर्त भए ।

उनी त्यतिखेर फोरमको संगठन बनाउन लागे, जतिखेर उनी भ्रष्टाचार आरोपका कारण काग्रेस पार्टीमा सीमान्तकृत हुादै गएका थिए । सायद काग्रेसमा भन्दा मधेसी फोरममै भविष्य देखे । फोरमको गठन सुरूमा विभिन्न राजनीतिक दलमा कार्यरत ब्यक्तिहरू एक ठाउामा बस्ने, छलफल गर्ने र विचार बनाउने हिसाबले भएको थियो । त्यतिखेर उपेन्द्र यादव एमालेमा थिए, जेपी गुप्ता काग्रेसमा भने महानन्द ठाकुरचाहिं सद्भावना पार्टीमा थिए । तत्कालिन काग्रेसका नेता महन्थ ठाकुर समेत प्रारम्भिक कार्यक्रमहरूमा सहभागी हुन्थे ।

फोरमको तत्कालिन उदेश्य विभिन्न पार्टीमा रहेका मधेशी नेता एक ठाउामा बस्ने, मधेसका बारेमा दृष्टिकोण बनाउने, अभिमत निर्माण गर्ने र त्यसको पक्षमा राष्ट्रिय राजनीतिलाई प्रभावित गर्न दलहरूलाई डोर्‍याउने भन्ने थियो ।

०५९ साउनमा भारत, बिहारको पूणिर्यामा भएको बैठकले चाहिं फोरमलाई सङ्गठनात्मक शक्तिमा रूपान्तरण गर्ने निर्णय गर्‍यो । त्यसपछि नै हो, फोरमको नाममा सदस्यता वितरण गर्दै अरू पार्टी छाडन लगाइयो । मधेस आन्दोलनको पृष्ठभूमि निर्माणका लागि फोरमलाई संगठनात्मक शक्तिमा रूपान्तरण गरियो । त्यतिखेर यादव अध्यक्ष र गुप्ता महासचिव थिए ।

पूणिर्या बैठकपछि केन्द्रीय समिति विस्तार गर्नुका साथै मधेसी विद्यार्थी प|mन्ट, मधेसी दलित फोरमजस्ता भ्रातृसङ्गठनका साथै जिल्ला कमिटीहरू गठन भए । फोरमका चार केन्द्रीय सदस्य जेलमा रहेको, अध्यक्ष यादवलगायत कतिपय नेता माओवादीको आरोपका कारण भारतमा बस्न बाध्य भएको स्थितीमा देशभित्र सङ्गठन निर्माण लगायतको जिम्मा गुप्ताले लिए ।

त्यसैवीच करीव एक/डेढ वर्ष चाहिं यो सङ्गठन भूमिगतजस्तो हुन पुग्यो । अध्यक्ष यादव र तत्कालिन सचिव रामकुमार शर्मा भारतमा थिए भने महासचिव जेपी गुप्ता भ्रष्टाचारको मुद्दाले थुनामा । ०६२/०६३ को जनआन्दोलनताका तीनवटा भ्रातृ संगठन र १३ वटा जिल्ला कमिटी निर्माण भइसकेको थियो ।

लोकतन्त्र पुनस्थापनापछि ०६३ जेठमा अध्यक्ष यादव नेपाल फर्किए । यद्यपी यादव र गुप्ताबीच छलफलको क्रम घटयो जसले गर्दा निर्णयप्रक्रिया समेत साघुारिदै गयो । दुईजना मिलेर काम गर्नसकेनन् । 'हामीबीच काम गर्न शैली र तौरतरिकामा क्रमशः तालमेल मिलेन', गुप्ताले एक अन्तवार्तामा भनेका थिए, 'हामीबीच कुनै सैद्धान्तिक मतभिन्नता थिएन, केवल कार्यशैलीप्रतिको असन्तुष्टि थियो ।'

केन्द्रीय समिति विस्तार गर्दा होस् वा जिल्ला समितिहरू बनाउादा, उनीहरूबीच समन्वय भएन । यादवको निर्णय प्रक्रिया अत्यन्तै व्यक्तिवादी, अलोकतान्त्रिक हुनुका साथै सङ्गठनलाई समावेशी र सन्तुलित नबनाएको, कार्यशैली पारदर्शी नभएको जस्ता आरोप लगाएर गुप्ताले ०६३ कात्तिकमा फोरमको महासचिवबाट राजीनामा दिए ।

त्यतिखेर उनी चाहिं वैधानिक रूपमा पुनस्थापित संसदमा काग्रेसका तर्फबाट सांसद थिए । उनले फोरमसागको संलग्नताचाहिं तोडिसकेका थिएनन् । महासचिवबाट राजीनामा दिए पनि उनी फोरमको केन्द्रीय समिति र सचिवालय सदस्य थिए ।

त्यसैबीच ०६३ माघमा पहिलो मधेस आन्दोलन भयो । आन्दोलनपछि फोरम एकाएक राष्ट्रिय राजनीतिमा चर्चित बन्यो । लगत्तैको गौर नरसंहारपछि असुरक्षाका कारण यादव भारततिरै थिए । त्यसैवेला ०६३ चैत २९ गते दल दर्ताका लागि भारतकै रक्सौलमा फोरमको बैठक भयो । २५ सदस्यीय केन्द्रीय समिति भए पनि यादवले निर्वाचन आयोगमा १३ जनाको सूची मात्र बुझाए, जसमा गुप्ताको नाम थिएन । यता सरकारसाग थालिएको वार्ता प्रकि्रया पनि अत्यन्तै अपारदर्शी भएको आरोप थियो, उनको ।

त्यसपछि ०६४ जेठमा केन्द्रीय सदस्यबाटै राजीनामा गरी उनी फोरमबाट अलग्गिए । गुप्ताले फोरम छाडदा कसैले पनि पार्टी छाडेनन् । ०६४ भदौमा सरकारसाग २२ बुादेे सहमति गरेपछि फोरममा विभाजन आएको थियो । अहिले फेरी फोरममा अर्को विभाजन आएको छ । फोरमको यो विभाजनले आगामी दिनमा राष्ट्रिय राजनीतिलाई समेत अस्थीर बनाउने संभावना छ ।

 


०५९ साउन- बिहारको पूणिर्यामा भएको बैठकले सङ्गठनात्मक शक्तिमा रूपान्तरण गर्ने निर्णय । 
०६३ कात्तिक- गुप्ताले महासचिवबाट राजीनामा । 
०६३ माघ- पहिलो मधेस आन्दोलन ।
०६३ चैत - दल दर्ताका लागि भारतको रक्सौलमा बैठक ।
०६४ जेठ- गुप्ता संगठनबाट अलग ।
०६४ भदौ- सरकारसाग २२ बुँदे सहमतिपछि विभाजन ।
०६४ पुष- गुप्ता फोरममा फर्किए । 
०६४ फागुन- गच्छदारको फोरममा प्रवेश । 
०६५ पुष - पार्टीको पहिलो महाधिवेशन ।
०६६ जेठ- सरकारको नेतृत्व गर्ने विषयलाई लिएर विवाद, पार्टी विभाजनतिर 


source:

http://www.nagariknews.com/news-highlights/139-highlights/1693-2009-06-06-06-05-07.html


No comments:

Search and Buy from amazon.com