Thursday, June 4, 2009

Royal Massacre

हत्याकाण्डको थप खुलासा

युवराज दीपेन्द्रको मृत्युबारेका आशंकाहरु जीवितै


नारायणहिटी दरबारमा रात छिप्पिनुअघि नै 'ब्लु ब्लड' राताम्य भएर पोखिएको ठ्याक्कै आठ वर्ष बितिसकेको छ । सुरुका केही समय यो घटनाले दुनियाँलाई स्तब्ध पारे पनि विस्तारै घाउमा खाटा बस्न लागेकै बेला यस वर्षको सुरुवातकै दिन नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा नै गरे, "राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको नारायणहिटी नरसंहारको सत्यतथ्य पत्ता लगाउने ।" तर, माओवादी अध्यक्ष दाहालले बोलेर त्यस घटनालाई आलो मात्र बनाइदिए, काम केही भएन । 
भन्ने गरन्िछ, राजा र राजपरविारको रगतको रंग रातै भए पनि व्यवहार अरूको झैँ हुँदैन । अरूभन्दा भिन्न र उन्नत देखाउन संसारमा राजाको रगतलाई नीलो अर्थात् ब्लु ब्लड भनिन्छ । नेपालमा रहेको सानो आकारको राजपरविारको रगत ०५८ जेठ १९ गते यसरी बग्यो कि त्यसको लेखाजोखा अहिलेसम्म हुन सकेको छैन । आखिर किन भयो त्यो बीभत्स हत्याकाण्ड ? 
जेठ १९ मा नेपालको इतिहासलाई नै क्षणभरमै एकाएक मोडिदिने त्रिभुवन सदनको बिलियर्ड रूम थियो । त्यहीँबाट युवराज दीपेन्द्रले गोली चलाउन थालेका थिए । गोलीको आवाज आएपछि त्यहाँ राजपरविारका एडीसी पुगे । कम्ब्याट ड्रेसमा आक्रामक स्वरूपमा खडा युवराज दीपेन्द्रलाई एक जना एडीसीले पछाडिबाट पेस्तोल ताकेका पनि थिए । तर, अर्का एडीसीले रोकिदिएपछि राजपरविारका थप तीन सदस्यको ज्यान गयो ।


नातामा रानी ऐश्वर्यका मामा पर्ने राजदरबारका पूर्वसचिव विश्वविक्रम शाह भन्छन्, "दोस्रोपल्ट गएर फेर िमहाराजाधिराज र त्यहाँ हुने अरूलाई ढालेपछि दौडँदै त्यहाँ पुगेको एक जना एडीसीले दीपेन्द्रलाई ताकेको थियो तर अर्कोले हात तल झारििदयो ।" 
उनी ताक्ने र हान्न नदिने दुवै एडीसीको नाम भने बताउन मान्दैनन् । राजामाथि आक्रमण भएकाले एडीसीले दीपेन्द्रलाई ताक्नु स्वाभाविक भएको तर्क उनको छ । राजालाई तलमाथि पार्ने रानी नै भए पनि एडीसीले गोली चलाउन सक्थे तर वीरेन्द्रको ज्यान गइसकेको स्थितिमा दीपेन्द्र नै स्वतः राजा भएको बुझेर अर्को एडीसीले बन्दुक उठाउने सहकर्मीको हात झारििदएको हुनसक्ने उनको अनुमान छ । त्यस रात दरबारको बिलियर्ड रुमबाट बाहिरएिपछि रानी ऐश्वर्य, अधिराजकुमार नीराजन र युवराज दीपेन्द्र स्वयंको पनि मृत्यु भएको थियो । 
हालसम्म सार्वजनिक भएका विवरणहरूमा घटना भइसकेपछि मात्र थाहा पाएका एडीसीहरूले सिसा फुटाएर भित्र गई उद्दार गरेको कुरा उल्लेख भएको पाइन्छ । तर, पूर्वसचिव शाहको यो नयाँ खुलासाले उच्चस्तरीय आयोगसमक्ष ती एडीसीहरूले दिएको बयानलाई समेत शंकाको घेरामा पारििदएको छ । आयोगले दरबारमा खटिएका सबै एडीसी र तत्कालीन सुरक्षा निकायका अन्य प्रमुखहरूसँग लिएको बयानमा यो प्रसंग उल्लेख छैन । त्यो हत्याकाण्ड सुरक्षाको जिम्मा लिएका व्यक्तिहरूको व्यावसायिक योग्यतामाथि प्रश्नसमेत उठ्ने भएकाले दरबारको परम्परा अनुसार भित्र जान मिल्दैनथ्यो भन्ने बयान उनीहरूले दिएको हुन सक्छ ।

बन्दुक ताक्ने र हान्न नदिने दुई एडीसी त्यहाँ हुँदाहुँदै दीपेन्द्र बिलियर्ड कक्षबाट बाहिरएि । त्यसपछि उनले रानी ऐश्वर्य र अधिराजकुमार नीराजनको ज्यान लिए । 
आफूमाथि आक्रमण भएपछि राजा वीरेन्द्रले पनि दीपेन्द्रलाई हान्न पेस्तोल ताकेका थिए । "तर, दुर्भाग्यवस ढिलो भइसकेको थियो," दरबारका एक उच्च अधिकारीले नेपालसँग भने । उनका अनुसार वीरेन्द्रले दीपेन्द्रलाई हान्न खोजेको पेस्तोल नीराजनको थियो । यसको अर्थ चाहेको भए नीराजन स्वयंले पनि बाबु ढलेपछि दीपेन्द्रमाथि गोली प्रहार गर्न सक्थे तर गरेनन् । दरबारका एक उच्च सुरक्षा अधिकृतका अनुसार नीराजनले पेस्तोल निकालेर बाबुतिर सारििदएका थिए । उनका अनुसार, नीराजनले आफूमाथि प्रहार हुँदैन भन्नेमा ढुक्क भएर साथमा भएको हतियार दीपेन्द्रको आँखा छलेर बाबुलाई दिएका थिए ।
 
दीपेन्द्रको मृत्युः शंकैशंका
भावनात्मक बहकाउ मात्र होइन, उक्साहटमा पनि परेर दीपेन्द्रले बाबुको हत्या गरे भन्ने तर्क गर्नेहरू उनले आफैँलाई पेस्तोल हानेको भनेर पत्याउँदैनन् । उनीहरूको शंकाको आधार दीपेन्द्रको लास पोखरीबाहिर ढले पनि पेस्तोल कसरी पानीमा खस्यो भन्नेमा छ । त्यसमा पनि 'अब राजा भइसकेँ, हुकुम चलाउँछु' भन्ने मनस्थितिमा पुगिसकेका उनले किन र कसरी आत्महत्याको बाटो रोजे भन्न सकिने अवस्था छैन ।

दीपेन्द्रसँग नाम जोडिएकाहरू घटनालगत्तै मुलुकबाट बाहिरनिुले पनि सत्यतथ्य छोपिएको बताउनेहरूमा दरबारकै पूर्वसचिवहरू छन् । दरबारका एक पूर्वउच्च अधिकारी त दीपेन्द्रले नरसंहारको ताण्डव मच्चाएको देखेपछि कसैले उनलाई पनि सिध्याउन आदेश दिएकाले उनका मृत्यु भएको हुन सक्ने बताउँछन् ।
हुन पनि दीपेन्द्रमाथि प्रहार गर्न तयार एडीसीलाई रोक्नुको रहस्य के हुनसक्छ भन्ने प्रश्न स्वाभाविक छ । किनभने, घटनास्थलबाट सिसा फोरेर बाहिर गई राज्यका निकायको अनुमति नै नलिई दीपेन्द्रले आत्महत्या गरेको भन्ने कुरा सार्वजनिक गर्ने डा राजीव शाहीको काम पनि त्यसबेला विवादमा परेकै थियो । 
घटनाको दिन दरबारमा सचिवहरूको बैठक भएको र त्यसमा सैनिक सचिव विवेक शाहले बि्रफिङ् गरेपछि मुख्यसचिव पशुपतिभक्त महर्जन तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालालाई लिन बालुवाटार पुगेका थिए । उनी अस्पताल पनि गए । प्रधानमन्त्री कोइराला, रक्षामन्त्री महेश आचार्य र अधिवक्ता शेरबहादुर केसी बसिरहेका बेला अकस्मात् भारतीय च्यानल जी टीभीबाट शाहीको पत्रकार सम्मेलनको प्रसारण हुँदा प्रधानमन्त्रीले त्यसबारेमा रक्षामन्त्रीसँग जानकारी पनि मागेका थिए । एक उच्च सैनिक अधिकारीका अनुसार, शाहीले पत्रकार सम्मेलन गर्नुपूर्व सेनापति र सैनिक सचिवलाई सोधेका थिएनन् ।

अनुमति लिए नलिएकोबारे अस्पताल परसिरमै ती उच्च अधिकारीले गरेको प्रश्नमा शाहीले माथिबाट अनुमति लिएको बताएका थिए ।
यसबाहेकका हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन पनि अहिले अस्तित्वमा छैन । हत्याकाण्डको नराम्रो सम्झना जोडिएकाले त्यसलाई भत्काइसकिएको छ । त्यस दिन दरबारमा आफैँ 'होस्ट' भएको पार्टीमा समयमा नपुगी दीपेन्द्र लैनचौरतिर पुगेर मात्र आउनुलाई पनि शंकाको घेरामै राख्न सकिन्छ । स्रोतका अनुसार, उनका निकटवर्तीहरूको एउटा समूह लैनचौरमा बसेको थियो, जसमा दीपेन्द्र र देवयानीको विवाह जसरी भए पनि गराउने र दीपेन्द्र राजा भएको हेर्न चाहनेहरू थिए । यो समूहका बारेमा खोजखबर गर्न एक जना सचिवले दरबारमा अनुरोधसमेत गरेको दाबी गरेका छन् । 
त्रिभुवन सदनमा युवराज दीपेन्द्रले आफ्नो र देवयानीको विवाहका विपक्षमा रहेकाहरू लगभग सबैलाई गोली प्रहार गरे । तर, काका तथा पूर्वअधिराजकुमार धीरेन्द्र, जो विवाहका समर्थक थिए, लाईसमेत उनले किन गोली हाने ? पूर्वसचिव शाह भन्छन्, "सहमत हुँदाहुँदै पनि बाबुलाई हान्ने क्रममा अवरोध बन्न खोजपछि उनी पनि परेका हुन् । नत्र, उनलाई समर्थन गर्नेहरूलाई केही भएन, विरोध गर्नेहरू बाँकी रहेनन् ।" 
फेर,ि हत्याकाण्डको छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीशको अध्यक्षतामा गठित छानबिन समितिले बडामहारानीको दर्जामा रहेकी कोमल शाहको समेत बयान लिएको छ तर मुमा बडामहारानी रत्नको बयान लिएको छैन ।

उनी पनि घटनाकी प्रत्यक्षदर्शी थिइन् र अस्पतालमा आदेश-निर्देश दिनेमा अग्रणी थिइन् । अनि, प्रोटोकल अनुसार पनि उनी रानीभन्दा तल नै थिइन् ।
 
पारिवारिक विभाजन मुख्य कारण
युवराज दीपेन्द्र देवयानीलाई विवाह गर्न यति धेरै लालायित थिए कि यसका लागि तन्त्रमन्त्रको सहारासमेत लिए । पछिल्ला दिनमा छातीमा गिद्धको नंग्रा भएको लकेट लगाएर हिँड्नु यसको एउटा प्रमाण हो । रानी ऐश्वर्यकी द्वारे सरतिा प्रधानको भनाइ अनुसार पनि देवयानीसँग विवाह हुन नपाउँदा दीपेन्द्रमा ठूलो छटपटी देखिन्थ्यो । देवयानी पनि दीपेन्द्रलाई सहजै छाड्ने अवस्थामा थिइनन् । हत्याकाण्डको साँझ देवयानीले दीपेन्द्रसँग गरेको कुराकानीले पनि यसलाई पुष्टि गर्छ । राजा वीरेन्द्रसँग निकट रहेका एक सहयोगी भन्छन्, "विवाहका बारेमा अनेक नाम आए तर दीपेन्द्रले देवयानीलाई छोड्न मानेनन् ।" पूर्वसचिव शाहको भनाइ अनुसार, त्यस दिन बडागुरुज्यू नयनराज पाण्डेको निवासमा राजा, रानी युवराज दीपेन्द्रलाई लिएर विवाहकै कुरामा सल्लाह गरेका थिए । सकेसम्म धार्मिक रंग दिएरै भए पनि देवयानीलाई दीपेन्द्रको मार्गबाट हटाउनका लागि उनलाई उनैका मन्त्रगुरुसमेत रहेका नयनराजकहाँ पुर्‍याइएको थियो । राजा, रानी, मुमाबडामहारानी रत्न र अधिराजकुमारी श्रुति यो विवाहको विपक्षमा थिए भने धीरेन्द्र, पारस, नीराजनलगायतका सदस्यहरू विवाह गर्दा बिग्रँदैन भन्नेमा थिए ।

यही कारण राजपरविार दुई गुटमा विभक्त थियो । देवयानी ठीक भन्नेहरूसँग दीपेन्द्रको हिमचिम राम्रो थियो । आफूमाथि आक्रमण नहुने विश्वासमा नीराजनले आफ्नो हतियार सुटुक्क बाबुलाई दिनु र आमालाई छेक्न जाँदा गोली नचल्ने ठान्नुमा पनि यही कारण हुनसक्छ । 
देवयानीप्रति रानी ऐश्वर्य यतिधेरै असन्तुष्ट थिइन् कि उनलाई भित्री मार्गबाट दरबार छिराउन दीपेन्द्रले तयार गरेको बाटोसमेत बन्द गराउने तहमा पुगेकी थिइन् । घटना भएको दिनभन्दा केहीअघिदेखि नै त्रिभुवन सदनको भित्री पाटोमा केही मर्मत-सम्भार भइरहेको थियो । काम सुरु भएपछि दीपेन्द्रले त्यहाँ मर्मतको आवश्यकता नरहेको भन्दै असन्तुष्टि पोखेका थिए । उनले त्यो खर्च नारायणहिटी दरबारबाट त्रिभुवन सदनमा छिर्ने बाटो, जुन नानीगञ्ज -सुसारेहरू बस्ने ठाउँ)को ढोकाबाट बगैँचासम्म पुग्छ, त्यसलाई राम्रो बनाउने प्रस्ताव पनि गरे । तर, मर्मतकै क्रममा यो बाटो बन्द गराउने मुडमा रानी थिइन् । किनभने, प्रायःजसो दीपेन्द्रका एडीसीहरूले यही बाटोबाट देवयानीलाई युवराजको खोपीमा पुर्‍याउँथे । देवयानी हिँड्ने भित्री बाटोसमेत बन्द गराउने अवस्थामा पुग्दा दीपेन्द्रमा उत्तेजना धेरै बढिसकेको थियो । 
राजा वीरेन्द्रको शासनकालमा छिमेकी मुलुकसँग दरबारको सम्बन्ध सुमधुर थिएन, खासगरी भारतसँग ।

०४५ सालमा भारतले लगाइदिएको नाकाबन्दी र ०५७ सालतिर राजा वीरेन्द्रले संसद्द्वारा पारति नागरकिता विधेयकमा लालमोहर नलगाई फर्काइदिएका घटनाले सम्बन्धलाई बढी अमिलो बनाएको थियो । देवयानी राणा, जसको भारत ग्वालियरको राजघरानासँग निकटको नातासम्बन्ध रहेको छ, सँग युवराज दीपेन्द्रको विवाह हुँदा नेपालको शासन सत्तामा भारत हाबी हुनसक्ने आशंका तत्कालीन राजा-रानीलाई थियो ।

अर्को कारण भारदारहरू
कुरा लगाएर एकअर्कालाई उकास्नु दरबारको पुरानो रोग हो । अहिलेका राजा त छँदैछन्, पछिका राजासँग पनि सम्बन्ध राम्रो बनाइराख्ने दरबारयिाहरू निकै हुन्थे । राजा त्रिभुवनले विश्वासिला भनेर प्रयोग गरेका केही भारदारलाई महेन्द्रले र महेन्द्रसँग ज्यादै नजिक भएकाहरूलाई वीरेन्द्रले भित्रियाबाट बाहिर निकालेका थिए । त्यसैले पनि भारदारहरूमा यस्तो प्रवृत्ति मौलाएको थियो । 
दीपेन्द्र र रानी ऐश्वर्यका बीचमा भारदारहरूका कारण पनि विवाद चर्किएको जानकारहरूको भनाइ छ । युवराज दीपेन्द्र पैसा नपुगेर सधैँ संकटमा हुन्थे र त्यही कारण उनले धेरै जनासँग सापटी लिएर काम चलाउने गरेका थिए । राजाको सन्तानलाई जन्मदैदेखि दर्जा अनुसारको रकम छुट्याएर राज्यले दरबारलाई प्रत्येक वर्ष दिने गर्दथ्यो । दीपेन्द्रका नाममा जन्मँदादेखिको रकम नै दरबारको कोषमा थियो ।


धेरै खर्चालु भएपछि दीपेन्द्रले त्यो रकम पनि माग्न थाले । दरबारमा पुग्ने यस्तो बजेटलगायतको सम्पूर्ण आर्थिक पक्ष रानी ऐश्वर्यले हेर्थिन् भने उनी तत्कालीन प्रमुख पदाधिकारी शारदाप्रसाद प्रधान, जसको ०६६ वैशाख २१ मा निधन भइसकेको छ, को सल्लाहमा काम गर्थिन् । त्यसैले, त्यस्तो कोषबाट खर्च गर्न पाउनुपर्ने अडानका साथसाथै कोषको हर्ताकर्ता एउटै व्यक्ति हुनुहुन्न भन्नेमा दीपेन्द्र थिए । तर, राजा-रानीको प्रधानप्रति अति विश्वास थियो । त्यसैले उनले जे जाहेर गरे, त्यही सदर हुन्थ्यो । दरबारमा लामो समय काम गरेका गुरुज्यू रघुनाथ अर्यालका अनुसार, राजा वीरेन्द्र नियम-कानुन र प्रक्रिया हेरेर मात्र निर्णय गर्थे ।
सेनाबाहेक दरबारको भित्री व्यवस्थापन एकै व्यक्ति शारदप्रसाद प्रधानको नियन्त्रणबाट उम्काउन भारदारहरू युवराज दीपेन्द्रलाई हौस्याइरहन्थे । जन्मेदेखिको भत्ता रकम दीपेन्द्रले माग गरेपछि त्यसको प्रक्रियाका बारेमा पनि चर्चा चलेको एक उच्च अधिकारी बताउँछन् । तर, प्रधानले केही अवधिसम्म लिखितम्मै घुमाइदिएकाले त्यो रकम उनले पाएनन् । दरबारभित्र हुने मर्मत-सम्भार र निर्माणका कामहरूमा पनि युवराज दीपेन्द्रले चासो दिनुको कारण पैसा नै थियो । अभावपूर्ति गर्नका लागि आफूले चाहेको ठेकेदारलाई काम दिलाउने प्रयास पनि उनले गरेका हुन् ।

तर, 'ठेकेदार ल्याएर दबाब दिइबक्सन्छ के गरौँ ?' भनेर रानीलाई कुरा लगाइदिनेहरूका कारण यो पनि सम्भव नभएकाले दीपेन्द्रमा आक्रोश थपिँदै गएको उनी निकटस्थहरूको दाबी छ ।
दरबार हत्याकाण्डमा आशंका र अन्योलका पाटाहरू प्रशस्तै छन् । भरपर्दो छानबिन हुने हो भने सत्य उजागर हुनसक्छ । तत्कालीन विपक्षी दलका नेता तथा हाल नवनिर्वाचित प्रधानमन्त्री माधवकुमार नेपालले सुरुमा सहमति दिएर पछि पार्टीले फिर्ता बोलाएको भन्दै छानबिन समितिमा बस्न अस्वीकार गरेपछि यो घटनाका बारेमा झन् अन्योल थपियो । संयोगवश, अहिले उनै नेपाल मुलुकको कार्यकारी प्रमुख भएका छन् । 
ठूला-ठूला काण्डहरू हुने तर तिनको कारण पत्ता लाग्नै नसक्नाले भविष्यमा फेर िपनि यस्ता घटना नहोलान् भन्न सकिने अवस्था छैन । लेवनानका प्रधानमन्त्री रफिक हररिीको हत्यालाई मात्र होइन, पाकिस्तानी नेतृ बेनजीर भुट्टोको हत्यालाई समेत साझा अन्तर्राष्ट्रिय संगठन संयुक्त राष्ट्र संघले छानबिन गरेको परपि्रेक्ष्यमा दरबार हत्याकाण्डको छानबिनका लागि नेपालमा चाहिँ आन्तरकि रूपमै भए पनि भरपर्दो संयन्त्र किन बनाउन सकिएन ? समय अझै घर्किसकेको छैन किनभने साक्षीहरू अझै बाँकी नै छन् ।

जो गायब भए
राजा वीरेन्द्रको वंश विनाश हुनुअघिसम्म नक्सालस्थित नारायणचौरमा आफ्ना एक भक्तको घरमा आश्रय लिएर बसेका थिए, शिवानन्द बाबा ।



आफूलाई भिन्नभिन्न नामले चिनाउँथे उनी । जस्तै- कालिकानन्द बाबा, अघोर बाबा, मसान बाबा आदि । ती बाबा नारायणचौरमा पनि एकैपटक लामो समय बसेनन् । तत्कालीन राजदरबारको खर्चमा उनी विभिन्न ठाउँ पुगिरहन्थे, कहिले मानसरोवर त कहिले मुक्तिनाथ अनि कहिले स्वर्गदारी । नारायणचौरबासीहरूका अनुसार, भारतबाट आएका ती बाबाकहाँ विशेष गरी नेपाली सेनाका उच्च्ा अधिकारी तथा विभिन्न दलका नेताहरू बढी पुग्थे । विभिन्न शक्तिकेन्द्रका प्रभावशाली व्यक्तिहरूलाई मात्र समय दिने ती बाबा दरबार हत्याकाण्डको अर्को दिन २० जेठ ०५८ देखि नारायणचौरमा देखिएनन् । ती अहिले कहाँ छन्, कसैलाई थाहा छैन ।


भग्नावशेषमा उभिएर सम्झँदा


सेवाबाट निवृत्त भएको छ वर्षपछि केहीअघि पहिलोपटक म नारायणहिटी दरबार पुगेँ । संग्रहालयमा परिणत भएको बैठक कोठा, स्वागत कक्ष र आँगनहरूमा हिँड्दा ममा मिश्रति भावहरू अनुभूत भए । राजा वीरेन्द्रको तीन दशकको राजकाजको अवधिमा कास्की बैठकमा सम्पन्न भएका पाँच सयभन्दा बढी राजदूतहरूको ओहोदाको प्रमाणपत्र बुझ्ने समारोहको अधिकांश समय मेरो उपस्थिति रहेको थियो । 
दरबारमा अतिथिका रूपमा बस्नुभएका विभिन्न राष्ट्रप्रमुखहरूको तस्बिर जब मैले आँगन कक्षमा देखेँ, राजा वीरेन्द्र र सम्मानित अतिथिहरूबीचमा भएका वार्तालापहरूको स्मृति भयो । चिनियाँ अतिथिहरूसँग भएको वार्तामा मैले सिफारसि गरे अनुसार नै नेपाली पक्षबाट वार्ता भएको कुरा धनुषा बैठकमा राजा वीरेन्द्रले मलाई सुनाइबक्सेको थियो । सन् १९७२ को राज्यारोहणपछिको पहिलो विदेशी प्रधानमन्त्रीका रूपमा नेपाल आउनुभएकी भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले प्रकट गर्नुभएको खुसीयाली राजा वीरेन्द्रबाट मलाई टिपाइबक्सेको थियो । 
सन् १९७२-७३ मा नयाँ सचिवालय -हालको परराष्ट्र मन्त्रालय) निर्माणाधीन रहँदा नारायणहिटी दरबारको केही अंश राजदरबार सचिवालयका रूपमा प्रयोग भएको थियो । अँध्यारा कोठा भएकाले दिउँसै बत्ती बाल्नुपर्ने अवस्थाको सो दरबार तत्कालीन युवराज वीरेन्द्रको विवाहका लागि बनेको थियो तर वीरेन्द्रले यस दरबारलाई प्रयोग गर्न कहिल्यै रुचाइबक्सेन । उहाँको आफैँले डिजाइन र आन्तरकि सजावट गरेको श्रीसदनमै रुचि बढी थियो । हत्याकाण्डको केही महिनाअघिदेखि नारायणहिटीमा बास गरबिक्सेकाले पनि मेरो व्यक्तिगत धारणा नारायणहिटी दरबारप्रति सकारात्मक छैन । १९ जेठ ०५८ मा त्रिभुवन सदनमा बाबु-आमा, भाइ, बहिनी र नातागोताको हत्याजस्तो नरसंहारको घटना मानव इतिहासमा कसरी हुन गयो भन्ने विचारले मलाई ग्रस्त बनाइरहेको थियो । तर, त्यही ठाउँमा त्रिभुवन सदनको भत्किएको भग्नावशेष मात्र देख्दा मैले जति आठ वर्षअघि बुझेको थिइनँ, आठ वर्षपछि पनि म त्यो नरसंहारबारेमा त्यस्तै रहेको महसुस गरेँ ।
-थापा राजदरबार हत्याकाण्डका बेला दरबारका सचिव थिए ।)


कहिल्यै नआएको अर्को दिन


२०५८ जेठ १९ गते शुक्रबारको दिन मैले राजा, रानी र राजपरविारलाई मेरै निवास वनस्थली निम्त्याएको थिएँ, 'कन्र्फम' पनि गरबिक्सेको थियो । मेरी छोरीको विवाहको अवसरमा मौसुफहरूलाई साँझको डिनरका लागि निम्त्याएको थिएँ । तर, युवराज दीपेन्द्रले पनि त्यही दिन पारेर त्रिभुवन सदनमा 'रसिेप्सन'को आयोजना गरेका रहेछन् । त्यसैले बडामहारानीले मलाई मंगलबारतिरै फोन गरेर अर्को शुक्रबारअगावै आउँला भनी हुकुम भयो । तर, मेरो जीवनमा त्यो अर्को दिन कहिल्यै आएन ।
दिनको ५ बजेतिर पूर्वबडागुरुज्यू नयनराज पाण्डेकहाँ सपरविार सवारी हुने कार्यक्रम थियो । मलाई बडामहारानीले त्यहाँबाट फर्किएपछि साँझ ६.३० या ७ बजेतिर भेट्छु है भन्ने हुकुम भयो । मैले एउटा नक्सा देखाउनु थियो, मौसुफलाई । उहाँहरू गुरुज्यूकहाँबाट र्फकंदासम्म म दरबारमै थिएँ, गणेश हिमाल ढोकातिर । उहाँहरू आइबक्स्यो । युवराज दीपेन्द्रलाई देखेर मलाई त्यसदिन केही अनौठो पनि लाग्यो । मलाई जहाँ देखे पनि उनी बोलाउँथे तर त्यस दिन त्यसो भएन । उनका कान राता भएको देखिएको थियो । सुरुमा त्यति वास्ता भएन तर घटना भइसकेपछि चाहिँ दिउँसैदेखि 'टेन्सन' रहेछ भन्ने लाग्यो मलाई । 
थाहा पाए अनुसार, गुरुज्यूकहाँ पनि दीपेन्द्रको विवाहकै कुरा भएको रहेछ । देवयानी राणालाई विवाह गर्नु हुन्छ कि हुन्न भन्ने कुरामा त्यहाँ निकै छलफल भयो । गुरुज्यूले पनि उनीसँगको विवाह उपयुक्त छैन भन्ने सल्लाह दिनुभएकाले दीपेन्द्रले उहाँसँग केही विवाद पनि गरेका रहेछन् । त्यहाँबाट बुबाआमालाई दरबारमा पुर्‍याई फर्केर उनी बगलामुखी मन्दिर पुगेछन् । त्यहाँ पूजापाठ गरेपछि त्यतैत्यतै सातदोबाटाे हुँदै लाजिम्पाटस्थित दुगडको घरमा पुगेर मात्रै उनी आफैँले आयोजना गरेको पार्टीमा पुगेका थिए । 
महाराजधिराज पुगिबक्सेको एकैछिनमा निकै नशा लागेजस्तो गरी उनी लर्बरएिकाले अधिराजकुमार नीराजन, शाहज्यादा पारस, डा राजीव शाही र गोरखशमशेरले समेत मिलेर उनलाई माथिल्लो तलामा रहेको खोपीमा पुर्‍याएर फर्किए । त्यसको केही क्षणमा उनी कम्ब्याट ड्रेस लगाएर हतियारसहित तल झरे । उनले एउटा हेक्लर एन्ड कोखको हतियार, १२ बोर र अर्को पेस्तोल बोकेकामा किन हो एउटाचाहिँ आउँदा आउँदै फालिदिएका थिए । बिलियर्ड रूममा ऐनाको ढोका थियो, जहाँ राजा र अरू नातेदार होइबक्सन्थ्यो । उनले भित्र पसेर ढोकाको चुकुल लगाएछन्, त्यसपछि सिलिङ्तिर फायर गर्नासाथ महाराजाधिराजलाई हानेछन् । बाबुलाई हानेपछि उनी फर्किएका पनि रहेछन् तर गोलीले ढलेका राजालाई काखमा राख्न पुगेका राजीव शाहले 'के भो ? के भो ?' भन्दा राजाले 'मेरो पेटमा गोली लागेको छ' भनेपछि उनले फरक्क फर्केर फेर िहानेछन्, त्यसपछि त सबै नै परहिाले । कोमल सरकारलाई पनि गोली लागिसकेको रहेछ तर शान्ति सिंह सरकारले छेकिबक्सेकाले थप गोली लाग्न पाएनछ । दोस्रोपल्ट हानेपछि बिलियर्ड रूममा बाहिरबाट एडीसीहरू पनि पुगेछन् । एउटा एडीसीले राजा ढलेको देखेपछि दीपेन्द्रतिर गोली हान्न ताकेको पनि थियो तर तत्काल अर्को एडीसीले उसको हात तल झारििदयो । एउटा राजा स्वर्गीय भयो, अब अर्को राजालाई नहान् भनेर त्यसले रोकेको रहेछ । 
भित्र सबै सिद्धिएपछि दीपेन्द्र बाहिर निस्किए, अर्को कोठामा राजभइबक्सेकी बडामहारानीले यो थाहा पाएर कराउँदै उनलाई पछ्याइबक्सेछ र उहाँका पछिपछि नीराजन सरकार पनि होइबक्सन्थ्यो । फरक्क फर्केर आमालाई गोली हान्दा नीराजन सरकारले छेकिबक्स्यो, उहाँ त्यही ढलिबक्स्यो । त्यसपछि आफ्नो खोपीतिर हिँडेका दीपेन्द्रलाई बडामहारानीले पछ्याउन छाडिबक्सेन । बीभत्स दृश्यले उहाँमा चरम निराशा आइसकेको हुँदो हो, 'मलाई पनि मार् मलाई पनि मार्' भन्दै कराउँदै भर्‍याङ उक्लँदै गर्दा उहाँमाथि पनि प्रहार भयो । यो कुरा सबैले देखेका छन् तर भन्न डराएका छन्, किन हो कुन्नि ! त्यसैले अनेक हल्ला चलाइएका छन् । 
आमालाई गोली हानेपछि दीपेन्द्र तल झरे, बगैँचामा भाइ नीराजनको लास देखेपछि सायद उनलाई केही भो होला अनि पेस्तोल झिकेर आफैँलाई हानेछन् तर देब्रे हातले हाने, त्यसैले बेइमानी यहीँनेर भयो । हामीलाई पो थाहा छ, उनी देब्रे-दाहिने दुवै हातले उत्तिकै प्रहार गर्थे । म त सिकारको पनि प्रमुख भएकाले उनलाई सानैदेखि देखेजानेकाले पनि उनको क्षमताबारेमा थाहा पाउँछु । तालिम गर्दा घोडामा चढेर, मोटरसाइकलमा चढेर दुवै हातले पालैपालो उत्तिकै हान्न सक्थे । दाहिने हातले हानिदिएको भए यी सब हल्लाहरू आउने नै थिएनन् । 
दीपेन्द्र र देवयानीको विवाह नै मुख्य कारण हो, त्यस हत्याकाण्डको । विवाह गर्नुहुन्न भन्नेजति सबैले ज्यान गुमाए । यो विवाह गराउनका लागि यज्ञसमेत लगाउने कुरा चलेको थियो भने भारतबाट आएका एक जना योगी महिना दिनदेखि याक एन्ड यती होटलमा बसेका थिए । उनलाई तन्त्रमन्त्रद्वारा सम्मोहन गर्ने धेरै प्रयासहरू पनि भए । सैनिक अस्पताल छाउनीमा उनको शव हेर्दा छातीमा एउटा ठूलो गिद्ध वा चीलको नंग्रा भएको लकेट लगाइरहेको देखिन्थ्यो । राजा भएपछि आफ्नो मनखुसी गर्न पाइन्छ भनेर नै बाबुलाई सिध्याउन खोजेका हुन् । तन्त्रमन्त्र पनि परपिक्व भएनछ र त्यसले अर्को असर गर्‍यो, 'म्याडनेस' -बहुलठ्ठीपन) देखियो । र, उनले आफैँलाई पनि सिध्याए ।
-शाह दरबार हत्याकाण्डका बेला राजदरबारका सचिव थिए ।)


'उहाँलाई दिक्दारी थियो'


राजा वीरेन्द्रको वंशनाश भएको एक वर्षसम्म सरिता प्रधान दरबारमै थिइन् तर स्वर्गीय राजपरिवारको झल्को आइरहने र कामै गर्न नसक्ने भएपछि उनले आफैँ बिदा मागिन् । पहिलो वाषिर्कीदेखि अहिलेसम्म आठ वर्ष बित्यो, उनी हरेक वर्ष राजा वीरेन्द्रका नाममा सकेजति दान गर्छिन् । पशुपति देवपत्तनस्थित जानकी जीवनकुञ्जमा ६४ भक्तजनको भोजका लागि पनि उनले हरेक वर्ष जेठ १९ मा सहयोग गर्छिन् । यसका लािग दरबारका केही पूर्वकर्मचारीहरूले केही पैसा उठाएर जम्मा गरेका छन् । हत्याकाण्डका बेला दरबारमै रहेकी उनीसँग भएको कुराकानी उनकै भाषामा यहाँ प्रस्तुत गरिएको छ ः
बडामहारानी ऐश्वर्यको खोपीमा द्वारे भई लामो समयसम्म काम गरेकी हुँ । जिजुमुमा बडामहारानी ईश्वरीराज्यलक्ष्मीको खोपीमा काम गर्न युवा अवस्था सुरु हुनासाथ ०३१ सालमा म दरबार प्रवेश गरेकी थिएँ । उहाँको देहान्तपश्चात् बडामहारानीले आफ्नै खोपीमा राखिबक्सेको हो ।
१९ जेठ २०५८ दसहराको दिन थियो । दस दान गर्ने सरकारहरूको चलन थियो । त्यसैले हामी -खोपीमा काम गर्ने)ले दानका बेला लगाउने लुगा ठीक पारििदयौँ । बडामहारानी रातो लुगा लगाइबक्सन्थ्यो त्यस्तो बेलामा । दसथरी फलफूल, दसथरी नैवेद्य तयार पारेर दसथरी दान गरबिक्स्यो । यति गर्दा दिउँसोको १ बज्यो । दसथरी खानेकुरा खाएर केही क्षणपछि राजारानी अन्त कतै सवारी भो । ६ बजे फर्किएपछि मैले चियाका लागि बिन्ती गरेँ । तर, बडामहारानीले आफू नखाने र महाराजाधिराजलाई सोध्न भनिबक्स्यो । महाराजाधिराजले एक गिलास चिया पिइबक्स्यो । ७ बजेतिर बडामहारानी ब्याग र मोबाइल हातमा लिई त्रिभुवन सदनतिर लागिबक्स्यो भने राजा मंगल सदनतिर । उतैबाट नै त्यस साँझको त्रिभुवन सदनको पार्टीमा सरकि हुने कार्यक्रम थियो । 
उहाँहरू उता गएपछि त्यसदिन किनकिन खाना खान मन लागेन । आधा खाना त्यत्तिकै फ्याँकियो । सन्तोष पन्तको हास्यव्यंग्य कार्यक्रम टीभीमा आउने भएकाले हामी त्यही हेरेर बसेका थियौँ, एक्कासि पड्किएको आवाज आयो । हस्तबहादुर भन्ने हवल्दार दौडँदै आएर 'त्रिभुवन सदनमा गोली चल्यो, युवराजाधिराज सरकारले सबैलाई गोली हानेर सिध्याइबक्स्यो' भने । नभन्दै घटना भइसकेको रहेछ ।
युवराज दीपेन्द्रको चाला केही समयदेखि निको थिएन । त्यस दिन पनि उहाँ खाना खाने समयमा बुबा-मुमासँग आउनुभएन । युवराज दीपेन्द्रबाहेक तीन जनाले सँगै बिहानको खाना खाइबक्सेको थियो । उहाँ भने अरूले सक्ने बेलामा आउनुभएको थियो । मैले नै एडीसी अफिसमा तीनपल्ट फोन गरेर खानाका लागि खबर पुर्‍याएकी थिएँ तैपनि उहाँ ढिला आउनुभयो । कहिलेकाहीँ सञ्चो नभएको बहानामा उहाँ आफ्नै खोपीमा बस्ने गर्नुहुन्थ्यो । 'डाक्टरलाई जँचाऊ' भनेर बडामहारानीले भन्दा उहाँ 'त्यति साह्रो त हैन सामान्य हो' भन्नुहुन्थ्यो । 
देवयानी राणालाई सोध्यो भने धेरै कुरा पत्ता लाग्लाजस्तो लाग्छ । मैले थाहा पाएसम्म युवराज लन्डन जानुअघिसम्म सुपि्रया शाहसँग ज्यादै नै प्रेम थियो । धनकुटा सवारी हुँदासमेत चिट्ठीपत्र आदानप्रदान भएको मलाई थाहा छ । लन्डनबाट फर्किएपछि देवयानीको नाम सुन्न थालियो । देवयानीलाई नै बिहे गर्न पाउ“m भनेर युवराजले बडामहारानीलाई धेरैपल्ट भनिबक्सेको हामीले सुनेका थियौँ तर रानी भने यो हुन सक्तैन भन्नेमै होइबक्सन्थ्यो । 'देवयानीलाई विवाह गर्छ भने उसले युवराजाधिराजको पद छाड्नुपर्छ' भनेर बडामहारानीले भनेको हामीले सुनेका हौँ । बिहेबारे ठूलै विवाद थियो, खासगरी आमा-छोराका बीचमा । अधिराजकुमारी श्रुति सरकारको धारणा पनि त्यस्तै थियो । सुपि्रया त श्रुति सरकारको सानैदेखिको साथी पनि हो । श्रुति सरकारका छोरी युवराज दीपेन्द्रसँग डराउँथे । उनी पनि माया गर्दैनथे । 
बडामहारानी सरकार धर्मकर्ममा निकै नै रुचि राखिबक्सन्थ्यो । ग्रहदशा ज्यादै नराम्रा छन् भनेर ज्योतिषीले भनिदिएकाले नराम्रा ग्रहबाट बच्न उहाँले थुप्रै व्रत पनि गरबिक्स्यो । नीलो बत्ती, नीलै कपडा आदि जम्मा पारेर शनिको व्रत र दान पनि भर्खर मात्र सिध्याइबक्सेको थियो भने जेठ महिनामै परेको बटसावित्री व्रत पनि सकिएको थियो । चार दिनसम्म नखाई, नबोली व्रत गरेर सांगेका दिन राजाको गोडा धोएर पानी खाएपछि मात्र उहाँ केही खाइबक्सन्थ्यो । यतिधेरै व्रत गरे पनि सुधार नभएकामा भने उहाँलाई दिक्दारी थियो । एकपटक त मर्जी पनि भयो कि जति व्रत र दान गरे पनि दशा सपि्रएका छैनन् भनेर । नभन्दै त्यस्तै भयो, वंशै नाश भयो ।


पूर्वराजपरिवार
के गर्दैछन् उनीहरू ?

दरबारहत्याकाण्डको आठ वर्षपछि पूर्वराजपरिवारका सदस्यहरु 


गत माघको मध्यमा भारतबाट नेपाल आएका वैष्णव कृष्णदासजी महाराजले आफ्नो टोलीसहित वैशाख अन्तिममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा भेटे । ४० मिनेटको उक्त भेटमा पूर्वराजाले उनीसमक्ष बारम्बार दरबार हत्याकाण्डसँग आफू र आफ्नो परविारलाई जोडिँदै आएकामा भावुक भएर सोधे, "यो प्रारब्ध हो कि समय बलवान् हो ?"

अहिले निर्मल निवासमा बढी समय व्यतीत गररिहेका पूर्वराजा यस्तै भेटघाटमा आफ्नो समय खर्चिरहेका छन् । केही भावुक र उत्तिकै धार्मिक स्वभावका उनी नागार्जुन दरबार जाने क्रम निकै पातलिएको छ । र, उनले साधु, सन्त, महात्मा, तान्त्रिक र आफूनिकटका सहयोगी तथा राजनीतिज्ञहरूलाई निर्मल निवासमै भेट्ने गरेका छन् । तर, यस्तो भेटघाटको क्रम निकै घटेको छ, पछिल्लो समय । यद्यपि, उनले आफ्नो हरेक भेटघाटमा राजनीतिक दलहरूप्रतिको आफ्नो आवेशलाई लुकाउने गरेका छैनन् र राजतन्त्र समाप्त हुनुमा आफू पनि एउटा कारक रहेकामा पश्चात्ताप पनि गर्न थालेका छन् । पछिल्लोपटकको आफूसँगको भेटमा पूर्वराजाले अहिलेको राजनीतिक परििस्थतितर्फ संकेत गर्दै उद्दण्डता निकै बढेको र राजनीतिक दलहरूले बुद्घमित्तापूर्ण काम नगरेको भन्दै क्षोभ प्रकट गरेको कृष्णदासजी बताउँछन् । उनी आफूले पूर्वराजालाई वैदिक उपासनामा मात्र केन्दि्रत हुन तर तान्त्रिक उपासनामा भर नगर्न आग्रह गरेको बताउँदै भन्छन्, "मैले उहाँलाई निकै निराश र मनोबल पनि गिरेको पाएँ ।"

आफूलाई भारतीय जनता पार्टी र हिन्दु धर्मसँग सम्बन्धित उसका सहयोगी संगठनहरूको नजिक रहेको बताउने कृष्णदासजी आफ्नो लामो मिसनसहित त्यतिबेला नेपाल छिरेका छन्, जतिबेला विवादास्पद तान्त्रिक कालिदास बाबा पनि आगामी असार महिनामा नेपाल आउँदैछन्, पूर्वराजालाई पनि भेट्ने र केही तान्त्रिक हवनहरूको पनि आयोजना गर्ने उद्देश्यका साथ । भारतको असमस्थित कामाख्यादेवी शक्तिपीठका नेपाली मूलका यी तान्त्रिक बाबा ०५९ असोज १८ पछि पहिलोपटक नारायणहिटी दरबार छिरेका थिए र उनले राम्रै मानमनितो पनि पाए । तर, उनले गरेका तान्त्रिक हवनहरूले तत्कालीन राजा ज्ञानेन्द्रलाई लाभभन्दा हानि गराएको भन्दै तत्कालीन नारायणहिटी राजदरबारमा रहेका वैदिकमार्गी कुल पुरोहितहरूले झीनै स्वरमा भए पनि कालीबाबालाई दरबारमा पहुँच नदिन आग्रह गर्दै आएका थिए, जुन कुराको सुनुवाइ भने भएन । त्यसबाट विरक्तिएका तत्कालीन दरबारका प्रमुख पुजारी तथा पूर्वमुमाबडामहारानी रत्नका पि्रय शेखर पण्डित पूर्वराजाको तान्त्रिकहरूप्रतिको मोह बढ्दै गएपछि गत असोजमा १५ दिनको बिदा लिएर अमेरकिा गए र पछि उतैबाट राजीनामा पठाए । हाल उनी अमेरकिामा कर्मकाण्ड पेसा गरेर बसेका छन् 

अहिले निर्मल निवास पुनःनिर्माणको तयारीमा छन्, पूर्वराजा ज्ञानेन्द्र । उनी त्यसको पुनःनिर्माण गरेर सुरक्षास्थिति राम्रो बनाई छोरा-बुहारीलाई हस्तान्तरण गरेर आफू र पत्नी कोमल बाहिर कुनै घर किनेर बस्ने योजना गररिरहेको स्रोतको दाबी छ 

उता पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्नराज्यलक्ष्मी शाहले आफ्नो बाँकी जीवन गुह्येश्वरीस्थित सेतो सत्तलमा बिताउने र त्यहीँ प्राण उत्सर्ग गर्ने इच्छा व्यक्त गर्न गरेकी छन्, परविारका सदस्य तथा आफ्ना सहयोगीहरूसमक्ष । हाल पूर्वराजदरबार तथा अहिले नारायणहिटी दरबार संग्रहालयभित्रको एउटा सानो घरमा बस्दै आएकी पूर्वबडामहारानीले पशुपतिनाथ र गुह्येश्वरी मन्दिरको बीच तथा वाग्मती तटमा रहेको उक्त सत्तलमा बस्न खोज्नुका पछाडि धार्मिक र भावनात्मक कारण दुवै हुनसक्छ 



किनभने, त्यो सत्तल परसिरमा शाहवंशीय राजाका नामका शिवालयहरू स्थापित छन् । केही महिनाअघि रत्नका सहयोगी दुई मैथिली कन्याको विवाह यही सत्तलबाट भएको थियो । उनको पूर्वसचिवालयले उक्त सत्तलको मर्मत-सम्भार र व्यवस्थापन गर्दै आएको थियो । अहिले यो सत्तल पशुपतिक्षेत्र विकास कोषको अधीनमा छ र त्यसको साँचो पनि उसैले राखेको छ । अन्य सत्तलभन्दा निकै व्यवस्थित र भव्य यस सत्तलमा बस्ने इच्छा रत्नले त्यतिखेर व्यक्त गरेकी हुन्, जतिबेला उनको टेलिफोनको लाइन पैसा नबुझाएको भन्दै काटिएको थियो । त्यसो त उनलाई स्वर्गीय धीरेन्द्रका छोरीहरूहरूले जीवनकुञ्जमै बस्नका लागि बारम्बार आग्रह गररिहेका छन् 

अर्कोतिर पूर्वराजाका छोरा-बुहारी पारस र हिमानीबीचको सम्बन्ध अझै सुदृढ हुन सकेको छैन । पारसले अझै सिंगापुर छाडेका छैनन् भने हिमानी पनि सिंगापुर नबस्ने निर्णयमा अटल देखिन्छिन् । पूर्वराजपरविार निकटका एक सहयोगीका अनुसार, उनले पारससँग आफू निर्मल निवासमै बसेर सासू-ससुरा र छोराछोरीको हेरचाह गर्ने तर सिंगापुर नजाने बताउँदै आएकी छन् । पछिल्लो समय नेपाल आउँदा पारसले आफूसँग हिमानीसहित छोराछोरीलाई पनि सिंगापुर लान खोजेपछि उनले छोडपत्रसम्मको प्रसंग उठाएकी थिइन् 

उता ०४४ सालमा अधिराजकुमारको पद्वी खोसिएका र दरबार हत्याकाण्डमा दिवंगत भएका धीरेन्द्र शाहका विवाहित तीन छोरीहरूमध्ये दुईवटी छोरी महाराजगन्जस्थित जीवनकुञ्जमा बस्दै आएका छन्, आफ्ना परविारका साथ । धीरेन्द्रका तीन छोरीहरूमध्ये जेठी पूजा शाही, माइली शीताष्मा शाह र कान्छी दिलाशा राणा हुन् । पूजा शाहीका पति डा राजीव शाही नेपाली सेनामा कर्णेल छन् र उनी छाउनीस्थित सैनिक अस्पतालमा कार्यरत छन् । राजीवको घर बाँसबारी हो तर उनी पत्नीसँगै जीवनकुञ्जमा बस्छन् । त्यहीँ शीताष्मा पनि बस्छिन्, आफ्नी एक मात्र छोरी आर्शियालाई साथमा लिएर । उनका पति अविनेश शाहको गत तिहारमा निधन भएको थियो । कान्छी दिलाशाको घरचाहिँ क्षेत्रपाटी, धोबीचौरमा छ । उनका पति आदर्शविक्रम राणा केही समयअघि नेपाल इन्भेस्टमेन्ट ब्यांकमा 'इन्टर्न'का रूपमा कार्यरत थिए 

तीनै दिदी-बहिनी पिता धीरेन्द्रले स्थापना गरेको तीनवटा संस्थामा अहिले पनि आबद्घ छन् र उनीहरूको अंशबन्डा भएको छैन । ०४६ सालमा निनाज कन्ट्री क्लबको नामले स्थापना गरएिको र हाल कुण्डलिनी क्लबको नामले चिनिने क्लब पनि तीनै दिदीबहिनीको स्वामित्वमा छ । राम्रै चलिरहेको यो क्लब उनीहरूको आर्थिक स्रोतको एउटा आधार पनि हो । नेपालगन्जको राँझामा रहेको लक्ष्मी रोजिन एन्ड टर्पेनटाइन उद्योग पनि तीनै जनाको स्वामित्वमा छ । अहिले उक्त उद्योग कच्चा पदार्थको अभावमा बन्द छ भने रूपन्देहीको मधवलिया गाविसमा रहेको लक्ष्मी वनस्पति घिउ उद्योगको स्थिति पनि उस्तै छ । उनीहरूको महत्त्वपूर्ण आर्थिक स्रोत भनेको सोल्टी होटल र सूर्य इन्टरप्राइजेजमा रहेको सेयर नै हो । नेबिको प्रालिको केही सेयर पनि उनीहरूको हातमा आइसकेको छ । तर, त्यहाँ उनीहरूको सेयर छ भन्ने कुरा भने उनीहरूलाई थाहा थिएन । जीवनकुञ्जभित्र आफ्ना पिताको कोठा सफा गर्ने क्रममा त्यससम्बन्धी फाइल भेटिएपछि उनीहरूले नेबिकोमा आफ्नो सेयर दाबी गरेका थिए 


हिमालनजिक हिमानी


गत फागुन ७ गते पर्यटनमन्त्री हिसिला यमीले प्याराग्लाइडिङ् गर्दा आश्चर्यमा परेका पोखरेलीहरू वैशाख १० गते पूर्वयुवराज्ञी हिमानी उडेको देख्दा झनै चकित भए । सराङकोटको १ हजार ४ सय ५० मिटरबाट उडेकी उनले झन्डै आधा घन्टा हिमालको दृश्यावलोकन गर्दै आकाशमा बिताएकी थिइन् । फेवाताल किनारामा अवतरण गरेपछि उनलाई हेर्ने र तस्बिर खिचाउनेहरूको जमघट देखिन्थ्यो 

हिमानीलाई उडानमा साथ दिएकी थिइन्, ब्ल्यु स्काई प्याराग्लाइडिङ्की ब्राजिलियन पाइलट वाइल्डेस एनटोनिसलीले । १० वर्षदेखि यहाँ प्याराग्लाइडिङ् पाइलटको काम गर्दै आएकी उनी भन्छिन्, "हिमानी निकै खुसी थिइन्, मलाई पनि रमाइलो लाग्यो ।"

"यसअघि पूर्वराजाका परविारमध्ये कसैले पनि पोखरामा प्याराग्लाइडिङ्मा उडेका थिएनन्," ब्ल्यु स्काईका दामोदर पराजुली भन्छन् । अनौपचारकि भ्रमणको सिलसिलामा जेठ ७ मा आएकी उनले पोखरामा एक साता बिताइन् । छोराछोरी, आधा दर्जन सुरक्षागार्ड र चार महिलासहित उनी लेकसाइडस्थित फिस्टेल लजमा बसेकी थिइन् 





source:

http://www.kantipuronline.com/Nepal/article.php?&aid=20


No comments:

Search and Buy from amazon.com