Monday, May 25, 2009

कटवालले अदालतलाई टेरेनन्

कटवालले अदालतलाई टेरेनन्


काठमाडौं, जेठ ११ (नागरिक) - सर्वोच्च अदालतले दुई पटक ताकेता गर्दा पनि प्रधानसेनापति रुक्मांगत कट्वालले आफ्नो उमेर सम्बन्धी विवरण पठाएका छैनन्। अदालतले दोस्रो ताकेता गरेको एक सातासम्म पनि सिटरोल फाराम पठाउन अटेर गरेका हुन्।

सरकारी सेवा प्रवेश गर्दा कर्मचारीको सम्पूर्ण विवरण सिटरोलमा खुलाइएको हुन्छ।

कट्वालले उमेर सच्याएको भनी परेको रिटमा न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले सिटरोल फारम पेश गर्न गत वैशाख २३ मा आदेश दिएको थियो। आदेशबमोजिम सिटरोल नआएपछि पछिल्लो पटक गत बुधबार दोस्रो ताकेता गरेको हो।

सेनापति कट्वालले २००१ साल हुनुपर्नेमा चार वर्ष कम हुने गरी उमेर सच्याई पदमा वहाल रहेको भनी अधिवक्ता डिलहरी शर्माले रिट दिएका थिए। इजलासले यसअघि निर्णय सुनाउने दिन तोकेपनि सिटरोल फारम मगाउने आदेश गरेको थियो।

source:

http://www.nagariknews.com/politics/party-politics/1305-2009-05-25-12-56-52.html


2 comments:

Anonymous said...

त्यो अदालतलाई चिठ्ठी पठाउन कटुवाल लाई कहा फुर्सद छ र भन्या।

ज्ञानेन्द्रलाई राजा बनाउनै छ, सैनिक शासन चलाउनु छ, माओबादिको सेनासित युद्ध लड्नु छ, भारत्मा यस्तरी जनसंख्या बढीराछ, कालापानि र सुस्ता ले पुगेन रे, अरु थुप्रै जमिन र नदिनाला बेच्नु छ।

यही त हो नि काङ्रेस, एमाले र भारत्ले चाहेको।

Anonymous said...

अदालतको आदेश मानिन्छ : सेना
सोमबार, 25 में 2009 18:39
1 2 3 4 5
काठमाडौं, जेठ १३ (नागरिक) -नेपाली सेनाको प्राड विभागले आफूहरुबाट सर्वोच्च अदालतको आदेश अवज्ञा नगरेको स्पष्ट पारेको छ। प्रधानसेनापति रुक्माङ्द कटवालले उमेर सम्वन्धमा अदालतले मागेको विवरण नबुझाएको भन्ने समाचामार उनले टिप्पणी गरेका थिए। प्राड विभाग प्रमुख एवम् सहायक रथी विएकुमार शर्माले सेनाका गोप्य चिजहरु कोर्टमार्शलका मिसिल टिकट आदि इजलाशमा देखाएर फिर्ता ल्याउने गरेको प्रष्टाए।

"त्यस्ता गोप्य चिजहरु इजलाशबाहेक अरुले हेर्न पाउदैनन्। सोमबारको इजलाशमा न्यायदिशलाई यही कुरा निवेदन गरेको थिएँ," सहायकरथी शर्माले नागरिकसित भने, "सम्मानित अदालतलाई नटेर्ने भन्ने कुरै हुँदैन। त्यो कल्पना पनि गर्दैनौ।

प्रधानसेनापति रुकमांगत कटवालले २००१ साल हुनुपर्नेमा चार वर्ष कम हुनेगरि उमेर सच्चाएको भन्दै अधिवक्ता डिलहरी शर्माले रिट दिएका थिए। सो रिटबमोजिम न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले सिटरोल फारम पेश गर्न गत वैशाख २३ मा आदेश दिएको थियो। आदेशबमोजिम सिटरोल नआएपछि गत बुधबार पनि अदालतले दोस्रो ताकेता गरेको थियो ।

सहायकरथी शर्माले भने, "हामीहरुकहाँ पहिले कुनै लिखित पत्र आएको थिएन पछिल्लोपटक पत्र पाएका छौं अब इजलाश कहिले बस्छ त्यस वेला सबै चिजहरु इजलाशलाई देखाउनेछौं।"

यसअघि www.nagariknews.com ले सोमबार सर्वोच्च अदालतले दुई पटक ताकेता गर्दा पनि प्रधानसेनापति रुक्मांगत कट्वालले आफ्नो उमेर सम्बन्धी विवरण नपठाएको समाचार प्रकाशित गरेको थियो। अदालतले दोस्रो ताकेता गरेको एक सातासम्म पनि सिटरोल फाराम पठाउन अटेर गरेका समाचारमा उल्लेख थियो।

सरकारी सेवा प्रवेश गर्दा कर्मचारीको सम्पूर्ण विवरण सिटरोलमा खुलाइएको हुन्छ।

कट्वालले उमेर सच्याएको भनी परेको रिटमा न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले सिटरोल फारम पेश गर्न गत वैशाख २३ मा आदेश दिएको थियो। आदेशबमोजिम सिटरोल नआएपछि पछिल्लो पटक गत बुधबार दोस्रो ताकेता गरेको हो।

सेनापति कट्वालले २००१ साल हुनुपर्नेमा चार वर्ष कम हुने गरी उमेर सच्याई पदमा वहाल रहेको भनी अधिवक्ता डिलहरी शर्माले रिट दिएका थिए। इजलासले यसअघि निर्णय सुनाउने दिन तोकेपनि सिटरोल फारम मगाउने आदेश गरेको थियो।

source:
http://www.nagariknews.com/politics/party-politics/1305-2009-05-25-12-56-52.html

Search and Buy from amazon.com