Sunday, May 24, 2009

यसरी फेला पर्यो प्रचण्डको जङ्गी टेप

यसरी फेला पर्यो प्रचण्डको जङ्गी टेप
८-जेठ-२०६६,शुक्रवार
Image
राजनीतिक र फौजी योजनासहित जनसेनाको तेस्रो डिभिजनमा उत्साहित हुँदै गरेको भाषणको गोप्य भिडियो टेप सार्वजानिक भएपछि व्यक्तिगत रुपमा समेत माआवादी अध्यक्ष प्रचण्डलाई परेको अप्ठ्यारोको अनेक जवाफ दिने कोसिस भइरहेको छ।

तर, यसमा बोल्नुपर्ने केही पक्षहरू भने चुपचाप देखिएका छन्। प्रचण्डको टेप कसले र कहिले फेला पार्योक? यस बारे एउटा रोचक विवरण फेला परेको छ। 
डेढ वर्षअघिको भाषण समेटिएको यो टेप अहिले चर्चामा आएजस्तो नेपाली सेनाको ठूलो घुसपैठका कारण सर्वप्रथम सेनाले हात पारेको भने होइन। यो टेप एउटा कूटनीतिक निकायको हातमा सबैभन्दा पहिले आइलागेको थियो। नेपालको आन्तरिक राजनीतिमा खासै ठूलो चासो नदेखाउने, तर आर्थिक सहयोगका क्षेत्रमा साथ दिइरहेको सो निकायले संविधानसभाको निर्वाचन हुनुअघि नै यो टेप पाएको थियो। विश्वस्त स्रोतका अनुसार, नेपालसँग सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायती दूतावासमा आइपुगेको यो टेप जनताका सामु प्रकट हुन भने धेरै ढिलो गर्योत। 
स्रोतका अनुसार, आफूले पाएर अति गोप्य रुपमा दूतावासले यो टेपलाई लुकाएको पनि थिएन। टेप तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उतिबेलै हेर्नुभएको थियो भने तत्कालीन अनमिन प्रमुख इयान मार्टिन पनि यस बारे अनविज्ञ थिएनन्। अरु दलका नेताहरूलाई यस बारे जानकारी दिइयो कि दिइएन भन्ने कुरा खुल्न नसके पनि तत्कालीन प्रम कोइरालाले आफ्नो प्रधानमन्त्रीत्व कालमा यसलाई सार्वजानिक गर्न चाहनुभएन। उहाँले शान्तिप्रक्रिया भड्किन सक्ने गम्भीर खतरा त्यतिबेला देख्नुभएको थियो। अनमिन प्रमाणीकरणको प्रक्रिया पूरा गर्दै मात्र थियो त्यतिबेला। यदि यो प्रकरणलाई गम्भीरतापूर्वक त्यही बेला ल्याइएको भए प्रमाणीकरणलाई राजनीतिक सहमतिका आधारमा सच्याउन केहीले पनि छेक्ने थिएन। आफूले पाएको टेप सरकारलाई बुझाइसकेपछि कूटनीतिक निकायले थप दबाब दिन सकेन भने प्रमले टेपलाई सेनाको जिम्मा लगाइदिए। सेनाले यसलाई आफूलाई परेको बेला होइन कि सेनापति कटवालको जागिर अप्ठ्यारोमा परेको बेला यसलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्यो । सेना समायोजन, भर्नालगायतका कतिपय गम्भीर विषयहरू उठ्दा सार्वजानिक नभएको टेप सेनापति कटवाललाई अवकाश दिएपछि उत्पन्न विवादलाई मोड्ने र आफ्नो जागिर दह्रो बनाउने कुरामा मात्र प्रयोग गरिनुलाई विदेशी नियोगले पनि सकारात्मक रुपमा हेरेका छैनन्। माओवादी रणनीतिक रुपमा टेपमा भनेजस्तै गरी अघि बढेको छ भन्ने कुरा उनीहरूको अन्य सार्वजनिक अभिव्यक्तिहरूले पनि दिएकै थिए। यो थाहा पाउँदापाउँदै चुपचाप बस्नेहरू सबैमाथि कारबाही हुनुपर्ने देखिन्छ।

-- NEPALIPATRA 

source:

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=23441


No comments:

Search and Buy from amazon.com