Monday, May 11, 2009

विमानस्थलका ३५ प्रहरी एक्कासी बिरामी

विमानस्थलका ३५ प्रहरी एक्कासी बिरामी
 

दैनिकी संवाददाता
काठमाडौं,२९ बैशाख
त्रिभुवन विमानस्थलको सुरक्षाका लागि खटिएका करिव तीन दर्जन प्रहरी अज्ञात रोगका कारण एक्कासी बिरामी परेका छन् । सोमबार राती ८ बजेदेखि ती प्रहरीलाई टाउको दुख्ने, बान्ता आउने र रिङ्गटा लाग्ने भएपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।
बिरामी परेका ३५ सुरक्षाकर्मीको अहिले वीरेन्द्र प्रहरी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुमा ´स्वाइन फ्लु´ को आशंका गरिए पनि अस्पतालले भने खराब पानीका कारण बिरामी परेको जनाएको छ । 
उनीहरुले खाना खाने मेसमा रहेको खानेपानीका कारण उनीहरु बिरामी परेको अस्पतालले जनाएको छ । उनीहरुमा ´स्वाइन फ्लु´ को लक्षण नरहेको अस्पातलले जनाएको छ ।  विमानस्थलमा पर्यटक ओहोरदोहोर गर्ने केन्द्र भएको हुनाले  स्वाइन फ्लुको आशंका गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सक डा. संगिता घिमिरे र डा. मनिषा मास्केका अनुसार अस्पतालमा भर्ना भएका ३२ मध्ये १२ को अवस्था गम्भिर छ । उपचारका लागि अस्पताल लगिएका मध्ये कोही पनि काममा फर्किएका छैनन् । 


source: http://www.dainikee.com/news/index.php?action=news_details&news_id=6737


No comments:

Search and Buy from amazon.com