Saturday, May 30, 2009

दैनिक ५ हजार नयाँ मोबाइल फोन विक्री

दैनिक ५ हजार नयाँ मोबाइल फोन विक्री

टेलिघनत्व २१ प्रतिशत पुग्यो

काठमाडौं, १६ जेठ (दैनिकी)

देशको टेलिघनत्व २१ प्रतिशत पुगेको छ । देशका अनुमानित २ करोड ७५ लाख जनसंख्यामध्ये २१ प्रतिशतसँग संचारको अत्याधुनिक साधन सेलुलर मोबाइल रहेको छ । कतिपय विकसीत मुलुकमा १ सय २० प्रतिशत बढि टेलिघनत्व छ । देशका हरेक व्यक्तिसँग एउटा फोन र २० प्रतिशतसँग दुई वटा फोन भएमा १ सय २० प्रतिशत टेलिघनत्व हुन्छ ।
नेपाल दूरसंचार प्राधिकरणका अनुसार देशको टेलिघनत्व २० दशमलव ८३ प्रतिशत पुगेको छ । यसमा मोबाइल फोनको योगदान ८५ प्रतिशत रहेको छ । मोबाइल र अरु फोन देशका ४ सय २० गाँउ विकास समितिमा मात्र छैन ।
अहिले देशमा ४८ लाख ७० हजार मोबाइल प्रयोगकर्ता छन् । त्यसमध्ये २९ लाख ९० हजार सरकारी स्वामित्वको नेपाल टेलिकमले फोन बाडेको छ ।१८ लाख मोबाइल स्पाइसले बाडेको छ । युनाइटेड टेलिकमले ६६ हजार ४०४ वटा टेलिफोन लाइन बाँडेको छ ।
नेपालमा दूरसंचार सेवा शुरु भएको ३५ बर्षभन्दा बढी अवधीमा २०६५ मा एकै बर्ष १८ लाखभन्दा बढी मोबाइल फोन विक्री भएका छन् । मोबाइल प्रविधिमा आएको अकल्पनीय विकास र यसको मूल्यमा आएको उच्च गिरावटले मोबाइलको मूल्य उच्च दरमा बृद्धि भएको हो । 
नेपालमा २०६५ मा दैनिक ५ हजारभन्दा बढी मोबाइल फोन विक्री भए । मोबाइल सेवा प्रदायक कम्पनीहरुले देशका विभिन्न स्थानमा ५ हजारभन्दा बढी मोबाइल विक्री गर्न सफल भएका छन् । चार मोबाइल कम्पनीले २०६५ मा १८ लाख २० हजार मोबाइल बेचेका थिए । गत चैतमा मात्रै ५ हजार ३ सय ६८ नयाँ मोबाइल प्रयोगकर्ता थपिएका थिए । 
टेलिकमले वितरण गरेको आधारभूत फोन लिनका लागि महिनौं र बर्षौसम्म पर्खनु पर्ने अवस्था छ । सन १९९९ मा टेलिकमले मोबाइलको लाइसेन्स लिएपछि उपभोक्ताले माग्ने वित्तिकै फोन पाउने अवस्था भएपनि मंहगो भएकाले विक्री हुन सकेको थिएन ।
शुरुमा मोबाइल किन्न झन्डै ५० हजार रुपैयाँ लाग्ने थियो । टेलिकमले केही समय अघि ५ सय रुपैयाँमा मोबाइल सीम विक्री गरेको थियो । शुरु शुरुमा यो सेवा मंहगो भएकाले धेरैले नलिएपनि निजी क्षेत्रको स्पाइसनेपाल प्रालीको आगमनसँगै मूल्यमा आएको तीव्र ह्रासले गर्दा धेरै उपभोक्ताको हात हातमा मोबाइल पुगेको हो ।


source:

http://www.dainikee.com/newsdetail-7245.html#



No comments:

Search and Buy from amazon.com