Monday, May 25, 2009

सेना समायोजन नहुने भो

सेना समायोजन नहुने भो
११-जेठ-२०६६,सोमवार
Image
सत्ता समीकरणपछि नेपाली सेना र माओवादी सेनाका बीचमा समायोजन नहुने निष्कर्षमा माओवादी सेनाका उच्चस्तरीय कमान्डरहरू पुगेका छन्। सेना समायोजनको विरुद्ध रहेका रुक्मांगत कटवाललाई नयाँ सरकारले निरन्तरता दिने निश्चित भएपछि माओवादीका उच्च कमान्डरहरू उक्त निर्णयमा पुगेका हुन्।

माओवादी नेतृत्वमा रहेको सरकारले सेना समायोजन गर्ने कार्यलाई छिटो सम्पन्न गर्नका लागि कटवाललाई प्रधानसेनापति पदबाट अवकाश दिई कुलबहादुर खड्कालाई कामु प्रधानसेनापतिमा मुकरर गरेको थियो।  सेनाका सवालमा माओवादी नेतृत्वमा रहेको संयुक्त सरकारले गरेका निर्णय नयाँ सरकारले उल्टाउने भएपछि सेना समायोजन जटिल मोडमा पुगेको छ। कूटनीतिक सूत्रका अनुसार नेपाली सेना र माओवादी सेना समायोजन गर्नेबारेमा वामपन्थी दलले समर्थन गर्दासम्म भारतको कांग्रेस आईको नेतृत्वमा रहेको  सरकार सकारात्मक रहेको थियो। तर लोकसभाको निर्वाचनको नतिजापछि हाल आएर भारतमा अमेरिकी लवि हावी बनेको कारण भारत सरकार नेपालमा सेना समायोजनको विपक्षमा उभिन पुगेको छ। जसले गर्दा नेपालमा माओवादीले हटाएका प्रधानसेनापतिलाई पदमा बहाल राख्नका लागि इन्डो–अमेरिकी धुरीले राष्ट्रपतिलाई प्रयोग गर्योा। नेपाली सेना तथा माओवादी सेना समायोजन गर्ने सवालमा अमेरिका सुरुदेखि नै विपक्षमा रहँदै आएको थियो। अन्ततः अमेरिकाले भारतलाई समेत प्रभावमा पारेर आफ्नो नीतिलाई सार्थकता बनाउने काम गर्योर। सेना समायोजनको विषयमा गाँठो फुस्किनको सट्टा झन् कसिन थालेको कारण सिंगो शान्ति प्रक्रियाको भविष्य अन्योलमा परेको छ। माओवादी जन सेना भने आफ्नोबारेमा पार्टीले गर्ने निर्णयको प्रतीक्षा गरेर बसेको  कुरा समाचार सूत्र बताउछ ।

-- SANGHU 

source:

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=23564


No comments:

Search and Buy from amazon.com