Friday, May 29, 2009

प्रम निवासमा शिवमन्दिर?

प्रम निवासमा शिवमन्दिर?
१५-जेठ-२०६६,शुक्रवार
Image
धर्मलाई अफिम र ईश्वरलाई मानसपुत्र भन्ने राजनीतिबाट प्रशिक्षित दीक्षित प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो सरकारी निवास बालुवाटारमा शिवजीको मन्दिर निर्माण गर्ने भएका छन् ।


ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको गायत्री जप्दै आएका कम्युनिस्ट नेता माधव नेपाल सहरीया धूर्त ज्योतिषीहरुको प्रभावमा परेर शपथग्रहण गर्नसमेत एकदिन पछि सारेका र हाल तिनै ज्योतिषीको लहैलहैमा लागेर मन्दिरसमेत बनाउने तरखर गर्नु हदैसम्मको पाखण्डीपन भएको एमाले वृत्तमा चर्चा चल्न थालेको छ। धर्मनिरपेक्ष घोषित भइसकेको नेपालमा भोलि बुद्धिस्ट, क्रिस्चियन, मुस्लिम जो कोही पनि प्रधानमन्त्री हुनसक्छन्। यस्तो अवस्थामा बालुवाटारमा गुम्बा, मस्जिद, चर्च बनाउँदै जाने हो भने बालुवाटारको हविगत के होला? यो परम्परालाई निरुत्साहित गर्ने कि उत्साहित गर्ने माधव नेपालका किचेन क्याबिनेटका सदस्यहरूकै जिम्मा।

-- NEPALIPATRA

source:

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=23751


No comments:

Search and Buy from amazon.com