Tuesday, May 26, 2009

प्रधानमन्त्रीको सम्बोधन कसले सुने, कसले सुनेनन्

प्रधानमन्त्रीको सम्बोधन कसले सुने, कसले सुनेनन्


काठमाडौं, १३ जेठ (दैनिकी)

प्रधानमन्त्री माधब कुमार नेपालले देशवासीका नाममा गरेको सम्बोधन निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुन्न भ्याए भने नया सरकार गठनको पहल गरेका पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले भन्ने सुन्न र हेर्न समेत भ्याएनन् । 
माओवादी अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री प्रचण्डले आफ्नै निवास नयाँ बजारमा बसेर प्रधानमन्त्री नेपालको सम्बोधन टेलिभिजनमा हेरेको उनका निकटस्थहरुले बताएका छन् । सम्बोधनपछि माओवादी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री दाहालले केही प्रतिकृया भने दिएका छैनन् । 
नयाँ सरकारको डिजाइनरका रुपमा लिइएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यका कारण भने उनले पूरा समय टेलिभिजन हेर्न नसकेपनि सहयोगीबाट सुनेका थिए । 
सरकारको नेतृत्व गरेको एमालेका अध्यक्ष झलनाथ खनाल त झनै आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारका प्रधानमन्त्रीले सम्बोधन गर्ने बेला राजधानी बाहिर नै थिए । पार्टी कामको सिलसिलामा उनी लम्जुङ पुगेका कारण प्रधानमन्त्रीको सम्बोधन हेर्न र सुन्न नभ्याएको उनका सहयोगीले जानकारी दिए । मधेशि जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव पनि सरकारमा सहभागी नेताहरु छनोटको गृहकार्यमा जुटेकाले निवास बाहिर नै भएको पारिवारिक स्रोतले बतायो । माओवादीका अधिकांश नेताले भने टेलिभिजनमार्फत प्रधानमन्त्री नेपालको सम्बोधन हेरेका थिए।


source:

http://www.dainikee.com/newsdetail-7140.html#

 

No comments:

Search and Buy from amazon.com