Monday, May 18, 2009

प्रधानसेनापति प्रकरणमा प्रचण्ड–सुद बाजाबाज

प्रधानसेनापति प्रकरणमा प्रचण्ड–सुद बाजाबाज
३-जेठ-२०६६,आइतवार
Image
प्रधानसेनापति रुक्मांगत कटवाललाई सरकारले स्पष्टीकरण सोधेपछि थप कारबाही नगर्न प्रचण्डलाई सुझाव (यथार्थमा दबाब) दिन पटक–पटक बालुवाटार गएका भारतीय राजदूत सुद र प्रचण्डबीचमा पाखुरा सुर्कासुर्कीकै अवस्थामा पुग्ने गरी भनाभन भएको खुलासा बालुवाटार सूत्रले गरेको छ। 

प्रचण्डले सरकारले गर्ने निर्णयका बारेमा दबाब नदिन राजदूतलाई आग्रह गरेका थिए। तर राजदूतले भने कटवाललाई कारबाही गरे आफूलाई मान्य नहुने र त्यसको चर्को मूल्य माओवादीले चुकाउनुपर्ने भनाइ धम्कीपूर्ण भाषामा राखेका थिए। प्रचण्डले सुदलाई आफू कसैको धम्कीको अगाडि झुकेर पदमा टाँसिएर बसिनरहने जानकारी सुदलाई दिएका थिए। प्रधानमन्त्री प्रचण्डले आफू पदबाट हटेपछि भारतको दबाबको विरुद्ध राष्ट्रियताको पक्षमा आन्दोलन गर्ने र त्यसरी गरिने आन्दोलनबाट अन्ततः भारतलाई समेत बेफाइदा हुने जानकारी दिएका थिए। प्रचण्डले नेपालको बारेमा दबाब दिने हैसियत एउटा राजदूतलाई नभएको भनी कटाक्ष गरेका थिए। सुदले भने आँखा नचाउँदै आफूमा त्यस्तो अधिकार भएको भनी जिकिर गरेको कुरा बालुवाटार सूत्र बताउँछ। नागरिक सर्वोच्चताको वकालत गर्ने भारतले नेपालमा किन सैनिक सर्वोच्चता लाद्ने पक्ष लिएको भनी प्रचण्डले सुदसँग प्रश्न गर्दा नेपाली सेना र भारतीय सेनाबीचमा विशेष सम्बन्ध रहेको कारण भारतीय इच्छाविपरीत प्रधानसेनापतिको नियुक्ति र खोसुवा हुन नसक्ने भन्दै सुदले खुलेयाम हस्तक्षेपको भाषा प्रयोग गरेका थिए। प्रधानमन्त्री प्रचण्डले विदेशी प्रभुको सामु आफू कहिल्यै नझुक्ने भन्दै सुदलाई जानकारी दिएका थिए। त्यसो त, प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा आफूले विदेशी प्रभुको सामु नझुक्ने निर्णय गरेको कुरा उल्लेख छ।  
बालुवाटार सूत्रका अनुसार प्रचण्डले राजदूत सुदलाई कटवाललाई बर्खास्त गर्ने निर्णय गरेको जानकारी दिएपछि प्रचण्ड र सुदको बीचको पछिल्लो भेटघाटमा चर्को रूपमा भनाभन सुरु भएको हो। नेपालको प्रधानमन्त्रीलाई राजदूत सुदले निर्देशनात्मक शैली प्रयोग गर्न थालेपछि भेटघाट तनावपूर्ण हुने गरेको बालुवाटार निकट सूत्र बताउँछ।

-- SANGHU


source:

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=23243


No comments:

Search and Buy from amazon.com