मैले छाडिदिदाँ नयाँ संविधान बन्छ भन्ने लाग्यो र पद छाडे - सुशीलचन्द्र अमात्य, पूर्वसभासद्
|
|
|
१५-जेठ-२०६६,शुक्रवार
| ० सभासदबाट राजीनामा दिएपछि अहिले केमा व्यस्त हुनुहुन्छ? विगतमा साढे तीन वर्ष जति म पेसागत महासंघको अध्यक्ष थिएँ। अध्यक्ष हुँदा त्यसमै बढी व्यस्त भइयो। पेसागत महासंघको अध्यक्ष रहेकै बेला म पहिला युद्धविराम आचारसंहिता अनुगमन समितिको अध्यक्ष भएँ र पछि सभासद्् भएँ। सभासद्को रूपमा करिब ६ महिना सक्रिय रहेँ। ६ महिनापछि सभासद् पद छाडेपछि पुनः पेसागत महासंघको अध्यक्षकै हैसियतले महासंघमै सक्रिय रहेँ। महासंघको दुई साताअघि अधिवेशन गरी त्यसको नेतृत्व पनि छाडेँ र यतिबेला सेवानिवृत्त जस्तै गरी आराम गरिरहेको छु। ० पेसामै रहेर पनि लोकतन्त्र स्थापनाका निम्ति यहाँले पुर्यािउनुभएको योगदानको सम्मान भन्दै पहिला सभासद् बनाउने पछि छाड् भन्दा चित्त दुखेन? जीवनमा म सामान्यतः भौतिक र आर्थिक लाभको पछि लागिन। मैले २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य लिएको हुँ। यो ५६ वर्षको अवधिमा पार्टीभित्र नेता बनौँ भनेर कहिल्यै हिँडिन न त बाहिर कुनै आर्थिक र भौतिक लाभ लिउँ्क भनेर नै हिँडेँ। मलाई पार्टीमा सामान्य कार्यकर्ताकै रूपमा आन्दोलनमा सक्रिय रहँदा आनन्द लाग्छ। यो बीचमा म धेरै पटक जेल पनि परेँ। पेसागत महासंघको अध्यक्ष भएर मेची–महाकाली पनि पुगेँ, मलाई यसमै आनन्द लाग्यो। यही आन्दोलनमा लाग्ने क्रममै राष्ट्रिय व्यक्तित्वबाट २६ जना सभासद् बनाउँदा नेकपा (एमाले) ले तपाईंलाई सभासद्मा सिफारिस गर्यौँभ भन्यौ त्यो म आन्दोलनमा सक्रिय भएबापतको सम्मान थियो, त्यो स्वीकारे। पछि छाड्दा दुःख लाग्यो लागेन भन्ने जुन यहाँको प्रश्न छ, मैले जे कारणले पद छाडेको थिएँ त्यसबाट मलाई दुःख लागेन। मैले त्यो पद माधव नेपालजीलाई सभासद् बनाउनका निम्ति छाडेको थिएँ। संविधानसभाको मुख्य काम नयाँ संविधान बनाउने थियो। संविधान निर्माण निकै ठूलो कार्य हो। शान्ति सम्झौतालाई उचित निष्कर्षमा पुर्यावउने वा देशमा शान्ति कायम गर्नेजस्ता सबै काम नयाँ संविधान निर्माणपछि मात्रै सम्भव हुन्छन्। यो कुरा मैले सभासद्को रूपमा राम्ररी बुझेको थिएँ। संवैधानिक समितिको अध्यक्ष को बन्ने भन्ने विवादका कारण लामो समयसम्म संवैधानिक समिति नै बन्न सकेन तर पछि नेकपा (माओवादी) र नेपाली कांग्रेसले एमालेका नेता माधव नेपाल समितिको अध्यक्ष बन्ने भएमा सहमति दिने बताए। तर, उहाँ सभासद् हुनुहुन्नथ्यो। त्यसैले उहाँ सभासद् बन्नुपर्ने भयो। त्यसका निम्ति ठाउँ खाली गर्ने पार्टीमा सल्लाह भएछ अनि पुस २६ गते म पेसागत महासङ्घको बैठक सकेर बानेश्वरस्थित संविधानसभाको बैठकमा गएँ। त्यहीँ केही खबर आउला भनी केही ढिलोसम्म बसेँ। त्यसपछि बैठकमा भाग लिएर टेम्पुमा फर्कंदै गर्दा माइतीघरमा पुग्दा झलनाथ खनालले फोन गरी कमरेड तपाईं एकपटक बानेश्वर फर्कनुस् भन्नुभयो। त्यसपछि म टेम्पुबाट ओर्लिएर बानेश्वर फर्किएँ। झलनाथ खनालले राख्नुभएको कुुरामा म सहमत भएँ। किनकि एमालेले त्यसअघि पनि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको थियो। शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सक्रिय भएकालाई एक ठाउँमा ल्याउन महत्वपूर्ण योगदान गर्दै आएको थियो। अब संविधान बनाउने कुरामा पनि त्यो भूमिका निर्वाह गर्नुपर्ने थियो। मलाई नयाँ संविधान बनेपछि मुलुक र मुलुकवासीलाई फाइदा हुन्छ भन्ने राम्ररी थाहा थियो। त्यसैले नयाँ संविधान समयमै बनोस भन्ने उद्देश्यसहित माधव नेपालजीका निम्ति पद छाड्न तयार भएँ। यद्यपि मैले एकपटक घरमा सोधौं कि भनेँ तर जेएन कमरेडले भन्नुभयो, 'घरमा तपाईंकी श्रीमती आफैँ जेलनेल सहेको/बुझेको मान्छे हुनुहुन्छ, सबै परिवार पार्टीमा सक्रिय हुनुहुन्छ त्यसैले किन सोध्नुपर्योो र। सबैको सहमति हुन्छ भन्नुभयो। मलाई पनि सभासद् पदभन्दा नयाँ संविधान निर्माण कार्य ठूलो हो, मैले माधवजीलाई छाडिदिँदा नयाँ संविधान बन्छ भने छाडिदिनुपर्दछ भन्ने लाग्यो र पद छाडेँ। मलाई लाग्यो, धन, पद र स्व्ाार्थले सबैलाई बिगार्छ, म पद नछाडेर पद, धन र सम्मानको पछि मात्र किन लाग्ने? त्यसैले पद छोड्ने कार्य गरी थप त्याग गर्नुपर्छ भन्ने लाग्यो र म पद छाड्ने कुरामा सहमत भएँ। तर त्यतिबेला पुनः मलाई लाग्यो, मैले पद छाड्ने तर माधव नेपाल सभासद् नहुने अवस्था त हुँदैन? त्यसपछि झलनाथ खनालसँग यो कुरा गरेँ। उहाँले माधव नेपालसँग फोन सम्पर्क गर्नुभयो र मलाई कुरा गर्न दिनुभयो। मैले पार्टीको सर्वसम्मत निर्णय हो कि होइन, तपाईं सभासद् हुने निश्चित हो कि होइन? भनी सोधँे। उहाँले साथीहरूले पद खाली गरिदिएमा सभासद् हुने र त्यसपछि संवैधानिक समितिको सभापति बन्ने निश्चित भएको बताउँदै पार्टीको निर्णय सर्वसम्मत हो होइन जेएन कमरेडलाई नै सोध्नुस् भन्नुभयो। जेएन कमरेडले पनि सर्वसम्मत निर्णय हो भन्नुभयो। त्यसपछि मैले सभासद् पदबाट राजीनामा दिएँ। अहिले मलाई पद छाडेकोमा दुःख छैन, मुलुकले नयाँ संविधान पाएन भन्ने दुःख लाग्नेछ। ० यहाँले संवैधानिक समितिको सभापति बनाई नयाँ संविधान बनाउने जिम्मेवारी दिन पद छाडे पनि माधव नेपाल त त्यो छाडेर सत्ताको जोडघटाउतर्फ लागी प्रधानमन्त्री पो बन्नुभयो। कतै यसले नयाँ संविधान बन्नमा बन्न बाधा त पार्दैन? त्यस्तो नहोला। यद्यपि यहाँको कुरासँग मेरो आंशिक सहमति केमा छ भने संवैधानिक समितिको अध्यक्ष भएर संविधान निर्माणमा उहाँले जुन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने थियो त्यो दायित्वबाट उहाँ पन्छिनु भयो। तर, कार्यकारी प्रधानमन्त्री भएको नाताले शान्तिप्रक्रियालाई सही निष्कर्षमा पुर्यातउने, माओवादी लडाकूहरूको समायोजन गर्ने, नयाँ संविधान बनाउने जस्ता कुरामा उहाँमा अझ बढी जिम्मेवारी थपिएको छ। यीमध्ये उहाँ संविधान निर्माणमा प्रधानमन्त्रीको हैसियतले बढी जिम्मेवारी बोधका साथ लाग्नुहुन्छ भन्ने लाग्दछ। ० यहाँले पद छाड्नासाथ माधव नेपाललाई प्रधानमन्त्री बनाउने योजना साथ भारतले सभासद् बनायो भन्ने चर्चा चलेको थियो। अहिले त त्यो चर्चा सत्य साबित भयो नि? यो टिप्पणी कति सही हो कति गलत हो त्यसको गहिराइमा त म गएको छैन तर भारतकै कारणले यो परिवर्तन भएजस्तो लाग्दैन। तर, यसको मतलब अहिले चर्चामा आएका कुरा सबै गलत हुन् भन्ने पनि होइन। जुन देशमा राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर हुन्छ, शान्तिसुरक्षा कमजोर हुन्छ, आर्थिक अवस्था कमजोर हुन्छ, त्यहाँ सामान्यतः बाह्य चलखेल हुन सक्छ। ० पेसागत महासंघको पूर्वअध्यक्षको हैसियतले यहाँ एक बौद्धिक वर्गको प्रतिनिधि पनि हुनुहुन्छ। एक बौद्धिक व्यक्तित्वको हैसियतले विश्लेषण गर्दा अहिले दलहरूले जे गरिरहेका छन् त्यो ठीक छ त? मलाई दलहरू जसरी अगाडि बढ्नुपर्ने त्यसरी बढेजस्तो लाग्दैन जुन भावना साथ दिल्लीमा १२ बुँदे सहमति भयो। अनि त्यसपछि जनआन्दोलन भयो। आन्दोलनमा आमजनसमुदायसँगै पेसाकर्मी पनि लागेका थिए। तर, आन्दोलनपछि दलहरू जनचाहनाअनुरूप सिङ्गो राष्ट्रिय स्वार्थअनुरूप चल्ने भन्दा दलगत स्वार्थतर्फ बढी लागेको देखिन्छ। यो वास्तवमा नहुनुपर्ने दुःखद पक्ष हो। दलहरूले दलगतभन्दा राष्ट्र र राष्ट्रवासीको हितलाई महत्व दिनुपर्छ। ० अहिले दलहरूको यथास्थितिवादी सोचाइ र विदेशी हस्तक्षेपका कारण जनताले चाहेअनुरूपको परिवर्तन हुन सकेको छैन भन्ने विशेषणमा कति सहमत हुनुहुन्छ? यो विश्लेषणमा म आशिंक रूपमा सहमत छु। वास्तवमा यो देशमा सही परिवर्तन चाहने वामपन्थी शक्तिले हो जुन अहिले बहुमतमा छन्। तर केही विदेशी शक्ति र तिनको सहायता चाहने स्वदेशी प्रतिगामी शक्तिले पनि जनताले चाहे जस्तो परिवर्तन गर्न नचाहेको बुझ्न सकिन्छ। ० एउटा वामपन्थी दलको नेता माधव नेपालले अर्को ठूलो वामन्थी शक्ति माओवादीलाई प्रतिपक्षमा राखी हिजोको पञ्चायती पृष्ठभूमिका व्यक्तिलाई साथमा लिएर सरकार चलाउनु उचित ठान्नुहुन्छ? संविधानसभाको ठूलो दल एकीकृत नेकपा (माओवादीलाई) साथमा लिएर जानु उचित हुने थियो तर माओवादीले सरकारबाट राजीनामा गरेपछि रिक्त ठाउँको पूर्णता एमालले गरिदिएको हो। आफैँ सरकारबाट हटेको कारणले माओवादी तत्कालै सरकारमै जानुहुँदैन तर एउटा सर्वदलीय सहमति र सहकार्यमा माओवादी पनि सामेल हुनुपर्छ। नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई पूर्णता दिन सबै दल सहमतिकै आधारमा अगाडि बढ्नुपर्छ। सत्तालाई ठूलो मान्ने र सत्ताको खेलमा लाउने पुरानो बानी छाडी दिनुपर्दछ। किनकि विगतमा दलहरूबीच देशको निम्ति साझा एजेन्डा बनाई अगाडि बढ्नेभन्दा सत्ताको खेलमा बढी लागेकाले राष्ट्रले सोचेजस्तो उन्नति गरेन। अब सत्ताको खेलमा लाग्नुहुँदैन। सहमतिका आधारमा अगाडि बढ्नुपर्छ। एउटा साझा संयन्त्र बनाउनुपर्छ र त्यसमा माओवादी पनि बस्नुपर्छ। ० माओवादीले त अहिलेको सरकार भारतले बनाएको भन्दछ नि? खै, यो त उहाँहरूले कसरी भन्नुभयो। उहाँहरूको भारतीय नेता वा व्यक्तिसँग कतिको भेटघाट छ त्यो त हामीले बुझ्ने कुरा भएन। तर, म व्यक्तिगत रूपले के भन्छु भने राष्ट्र आफ्नो मुद्दामा कमजोर हुँदा, देशमा अन्योल र अनिश्चितता हुँदा विदेशीले चासो राख्छन्। त्यसमा पनि भारतले बढी चासो राख्न सक्छ। त्यसलाई रोक्न त विदेशीको दबाब कसैले स्वीकार गर्नुहुन्न। राष्ट्रिय स्वाभिमानलाई उचो राख्नुपर्दछ। ० तपाईं स्वयंलाई राष्ट्रपति डा. रामवरण यादवको कदम कस्तो लाग्छ? वास्तवमा कार्यकारी अधिकार भएको सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले उल्टाउन मिल्दैन। चित्त नबुझे राष्ट्रपतिले सल्लाह सुझावसम्म दिन सक्छन्, पुनर्विचार गर्न भन्न सक्छन् तर निर्णय उल्टाउन मिल्दैन। प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने सरकारको निर्णयको विरोधमा राष्ट्रपति डा. रामवरण यादव जानुहुने थिएन। ० प्रसङ्ग अलि बदलौं, यहाँ कम्युनिस्ट पार्टीको सदस्य बनेको ५६ वर्ष भएछ, जे सोचेर कम्युनिस्ट पार्टीमा लाग्नुभएको थियो कम्युनिस्टहरूले त्यस्तो गरे त? यो प्रश्नको गहिराइमा पुग्दा धेरै कुरा भन्नुपर्ने हुन्छ। तर, सङ्क्षेपमा भन्दा जुन दिन मैले कम्युनिस्ट पार्टीको सदस्यता लिएको थिएँ त्यस दिन मलाई अति नै गौरव महसुस भएको थियो र सिङ्गो नेपाल बोक्ने जिम्मा आएजस्तो भएको थियो। त्यसको कारण के थियो भने सदस्यताका निम्ति फाराम भरेपछि ६ महिना ट्रायलमा राख्ने गरिन्थ्यो। त्यसबीचमा काठमाडौंका किसानहरूकोमा गएर किसानका बच्चाहरू पढाइदिनुपर्ने, उनीहरूलाई हेर्नुपर्ने थियो। दिनरात नभनी ६ महिनासम्म पार्टीले खटाएको ठाउँमा खट्नुपर्दथ्यो। त्यसैले त्यसरी सदस्यता प्राप्त गर्दा भिन्दै गर्वको अनुभूति हुन्थ्यो। अहिले त सदस्यता बिक्री गर्न राखिएको पाइन्छ कुनै छानबिन नै छैन। अब अहिले हाम्रो समयकोजस्तो राम्रो सोच, आदर्श, निष्ठा नचाहिने जस्तै भएको छ। केही विचलन आएको छ। आन्दोलन र नेताहरूमा केही विचलन आएको छ। ० तपाईंहरू प्रतिबद्ध तर आफ्नै पार्टीका नेताहरू विचलन हुँदा दुःख लाग्दैन? अवश्य लाग्छ। नेपालमा परिवर्तनको सुरु भएको छ दशक भयो। संसारको धेरै मुलुकमा यही बीचमा परिवर्तन आएको छ। स्कान्डेभियन देश हेर्नुस्, नर्वेजस्तो देश भन्नुस् या मलेसिया, दक्षिण कोरिया, सिंगापुर सबैमा यही बीचमा प्रगति भएको छ तर यहाँ भएन। यहाँ नेताहरूले जस्तो दूरदृष्टि राख्नुपर्ने हो त्यो राखेको पाइएन। राजनीतिक आदेश परित्याग गरी व्यक्तिगत र दलगत स्वार्थमा लागेका पाइयो, यो उचित होइन। यसमा सुधार गर्नैपर्छ।
– केशव अर्याल
source: http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=23741 |
|
No comments:
Post a Comment