Sunday, May 24, 2009

फोरममा चीन-भारत लबी

फोरममा चीन-भारत लबी


वैशाख ३१: मधेसी जनअधिकार फोरम केन्द्रीय समितिको बैठकमा नेता जितेन्द्र देवले भारतविरोधी राष्ट्रवाद बोकेको भन्दै घुमाउरो भाषामा अध्यक्ष उपेन्द्र यादव पक्षधरहरूलाई नेपालमा चीनको पक्षपोषक भएको आरोप लगाए । 
जेठ ६ : फोरम अध्यक्ष उपेन्द्र यादवले स्  व गजेन्द्रनारायण सिंहका पालामा पार्टी चलाउन भारतबाट बोराका बोरा पैसा आउने गरेको भए पनि पैसाले पार्टी बन्न नसकेको उदाहरण पेस गर्दै गच्छदार समूहप्रति आक्रोश पोखे । अध्यक्ष यादवलाई जवाफ दिने क्रममा नेता रामेश्वर राय यादवले बैठकमा पैसा चीनबाट पनि आएकै होला भनी व्यंग्य कसे ।
फोरम नेताहरूको यो आरोप-प्रत्यारोपले तराईको प्रमुख दलमा छिमेकी मुलुक भारतको मात्र होइन, उत्तरतिरको छिमेकी चीनको पनि प्रभाव जम्न थालेको प्रमाण दिन्छ । माओवादीलाई चिनियाँ कार्ड खेलेको आरोप लाग्नु र सरकार छाड्नुभन्दा दुई साताजतिअघि मात्र चीनको औपचारकि भ्रमण गरेर आएका अध्यक्ष यादवले उसको नेतृत्वकै नयाँ गठबन्धनको वकालत गर्नुलाई पनि गच्छदार पक्षीय नेताहरूले चीनको नीतिमा चलेको आरोप लगाइरहेका छन् । प्रजातान्त्रिक गठबन्धनका लागि पार्टी फुटाउनसमेत तयार देखिएका नेता गच्छदारले आफ्ना निकटवर्तीहरूलाई माओवादी गठबन्धनका पक्षधर पार्टी अध्यक्ष यादव चिनियाँ एजेन्डामा चल्न थालेकोप्रति होसियार हुनुपर्ने बताएर तराईमा चीनको चासोलाई पुष्टि गररिहेका छन् । 
मधेसवादी दलको केन्द्रीय समितिको बैठकमा समेत प्रभाव देखिए पनि चीन सत्ताराजनीतिको अहिलेको खेलमा खुला रूपमा कहीँकतै प्रस्  तुत भएको छैन, जति भारत छताछुल्ल भएको छ । भारतको विरोधमा र विरोध गर्नै नहुने कुरामा फोरमको केन्द्रीय बैठकमा राम्रै सवाल-जवाफ भयो । ३१ वैशाखको बैठकमा अध्यक्ष यादवले भारतले अनावश्यक हस्  तक्षेप गरेको भन्दै आफूलाई माधव नेपालका पक्षमा लाग्न दिल्लीबाट धम्की आएको तर आफूले घुँडा नटेक्ने बताए । सह-अध्यक्ष जयप्रकाश गुप्ताले भारतको दबाबमा काम गर्ने भन्दै फोरम नेताहरूलाई व्यंग्य गरेका थिए । गुप्तालाई उद्धृत गर्दै बैठकका एक सहभागीले भने, "हामीले विदेशी प्रभुका कुरा सुनेर हिँड्ने होइन, ईश्वर -भारत)का दूतहरू यहाँ -बैठकमा) धेरै छन् । उनीहरूले यहाँ उठाउने विषयवस्  तुले पनि उतै खुसी गराउँछ, मधेस आन्दोलनलाई अघि बढाउँदैन ।" तर, यसमा जितेन्द्र देव, रामेश्वर राय यादव र शरद्सिंह भण्डारीले आपत्ति जनाएका थिए । "भारतविरोधी राष्ट्रवादलाई बढावा दिएर हाम्रो आन्दोलनले सफलता प्राप्त गर्न सक्दैन भनेका हौँ," यादव भन्छन् । ६ गतेको बैठकमा त गच्छदार स्  वयंले भारतको विरोधका कुरा बैठकमा उठाउँदै नउठाउन आग्रह गरेका थिए ।
सत्तासमीकरणको फोरम राजनीतिले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछिका २० दिन थुप्रै गुप्त भेटघाटमा बिताइसकेको छ । यसबीचमा भारतीय राजदूत राकेश सुदले एमाले नेता माधव नेपालको नेतृत्वको गठबन्धनका लागि तयार नेता गच्छदारलाई पटकपटक भेटेका छन् भने रामेश्वर राय यादव, जितेन्द्र देव, शरद्सिंह भण्डारीलगायतका नेताहरूसँग पनि उनको गुप्त भेट भएको छ । दूताबासका अधिकारीहरूले कतिपय सभासद्हरूलाई पनि भेटेर गच्छदार समूहतिर लाग्न सल्लाह दिएको सुइँको पाएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले राजदूत सुदसँग भेटी यसको विरोध गरेका थिए । वैशाख २५ गतेको राजनीतिक समितिको बैठक बस्  नुपूर्व अध्यक्ष यादवले पार्टी फुटाउने काम नगरििदन सुदलाई आग्रह गरे । सभासद् नन्दन दत्त भन्छन्, "अध्यक्षले कूटनीतिक मर्यादाविपरीत नगइदिन भन्नुभएको हो ।" 
स्रोतका अनुसार, वैशाख ३१ गते केन्द्रीय समितिको बैठक बस्  नुअघि अध्यक्ष यादवले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह र राष्ट्रिय स्  वयंसेवक संघका इन्द्रेशकुमारसँग फोनमा कुराकानी गरेका थिए । दूताबासका सेक्रेटरीहरूले दर्जा र राजनीतिक सुझबुझ हेरी सभासद् र केन्द्रीय सदस्  यहरूलाई फोन गर्ने, भेट्न, बोलाउने र गच्छदार पक्षलाई सहयोग गर्न आग्रह गर्ने अभियान नै चलाएको आरोप अध्यक्ष यादव पक्षधरहरूले लगाएका छन् । दुई सभासद्लाई दूताबासमै बोलाएर दबाब दिएको खबर पनि अध्यक्ष यादवसमक्ष पुर्‍याइएको छ भने एक जना व्यापारी सभासद्लाई दूतावासका तर्फबाट दबाब आएपछि अध्यक्षलाई सम्पर्क गरी आफू बाध्यतामा परेकाले गच्छदारका पक्षमा हस्  ताक्षर गर्नुपरेको जानकारी दिएको अध्यक्षनिकट एक सभासद्ले बताए । तर, भारतीय पक्षबाट आफूलाई दबाब आएको भनेर सार्वजनिक रूपमा बोल्न भने सभासद्हरूले नचाहेको दत्त बताउँछन् । ६ जेठको बैठकमा गच्छदारले आफूसँग कुरा गर्न नचाहने अध्यक्षले दिल्लीमा फोन गरेर आफूविरुद्ध कुरा लगाउन समय निकालेको आरोप लगाएका थिए । बैठकका एक सहभागीको भनाइ उद्धृत गर्दै उनले भनेछन्, "हिजो दिनभर तपाइर्ंले लैनचौर र दिल्लीसम्म सम्पर्क गर्नुभएछ । कसले के भन्छ, म सबै जान्दछु ।"
अन्ततः ६ जेठको बैठकमा माधवकुमार नेपालकै नामलाई सदर गर्ने मात्र होइन, गच्छदार समूहको अडानबमोजिम नै सरकारमा सामेल हुने निर्णय गरेर तत्काललाई पार्टी विभाजनको खतराबाट बचेको फोरममा गच्छदारको आफ्नै नेतृत्वमा सरकारमा जाने जोडलाई भने सहज बन्न नदिने तयारीमा अध्यक्ष समूह रहेको छ । न्यूनतम साझा कार्यक्रम तयार गर्न बनेको समितिमा पार्टी महासचिव रामसहाय यादवले अध्यक्ष यादव, सह-अध्यक्ष गुप्ता र शरद्सिंह भण्डारीको नाम मात्र राखिएकामा गच्छदार समूहले विरोध गरेपछि गच्छदार स्  वयं र महासचिवको नाम थप गरएिको थियो । 
यसपटकको फोरम बैठकमा यादव र गैरयादवबीचको विभाजन देखिएन । यसअघि अध्यक्ष यादवमाथि लाग्दै आएको आरोप हो, यादववाद लादेको भन्ने । सह-अध्यक्ष गुप्ता पनि अध्यक्षकै पक्षमा उभिएपछि यसपटक त्यो आरोप हराएको छ भने यादववादमा लाग्ने भनेर आरोप लागेका केही यादवहरू गच्छदार समूहमा सक्रिय देखिएका छन् । जस्  तो, केन्द्रीय समितिमा रामेश्वर राय यादव र सभासद्हरूमा मृगेन्द्रकुमार सिंह यादव, रामबच्चन यादव र ओमप्रकाश यादव गच्छदार पक्षमा छन् ।
पार्टीभित्र कमजोर देखिए पनि संसदीय दलमा बहुमत देखाउन सकेका नेता विजय गच्छदार पक्षधरहरू माधव नेपालको नेतृत्वको सरकारमा फोरमले सहभागी हुने निर्णय नगरे पार्टी विभाजित गरेरै भए पनि सामेल हुने गृहकार्यमा थिए । उनले पार्टीभित्र साथ पाएका जितेन्द्र देव, रामेश्वर राय यादव, शरद्सिंह भण्डारी, मृगेन्द्रकुमार सिंह यादव आदिसँग ठाउँ फेरीफेरी बसेर रणनीति बनाएका थिए । स्रोतका अनुसार, सातदोबाटोतिर यस समूहले केही बैठकहरू गरेको थियो भने रामाज्ञाप्रसाद चतुर्वेदी र आशा चतुर्वेदीको चाबहिलस् ि थत घरमा जेठ ५ गते बिहानको बैठकले ६ गते बस्  ने कार्यसमिति बैठकमा अल्पमतमा परे कसरी नयाँ समीकरणमा जाने भन्ने रणनीति बनाएको थियो । त्यही बैठकमा कोरेको खाकालाई गच्छदारले पार्टी बैठकमा पेस गर्दै भनेका थिए, "पार्टी विभाजनबाट बचाउने जिम्मेवारी अध्यक्षजीको हो ।" अघिल्ला दुई बैठकमा आफूहरूमाथि लागेका आरोपहरूको खण्डन गर्नलाई उत्तिकै आक्रामक तयारीका साथ गएको गच्छदार पक्षधरहरू अर्को पक्षबाट सुरुमै पेस भएको प्रतिवेदनमा सरकारमा सामेल हुने र न्यूनतम साझा कार्यक्रम बनाउनका लागि कमिटी गठनको प्रस्  ताव गरएिपछि छक्क परेका थिए । 
उता, यादव समूहले धेरैजसो आफ्नै निवासमा सहकर्मीहरूसँग बैठक गरेका थिए । सभासद् हरूमा पकड कम हुँदै गएको थाहा पाएपछि उनले मस्  र्याङ् दी होटलमा एउटा भोज आयोजना गरे । यसमा गच्छदारतिर हस्  ताक्षर गर्नेहरू पनि बोलाइएका थिए तर उपेन्द्र झा, जितेन्द्र देव, रामेश्वर यादव, शरद्सिंहजस्  ता अर्को समूहका नेतालाई भने निम्त्याइएको थिएन ।
फोरमभित्रको विवाद चरम अवस्  थामा पुगेपछि एकअर्काले समर्थन गरेका व्यक्तिका नराम्रा र कमजोरीका पाटाहरूसमेत खोजिए । यस क्रममा गच्छदार समूहले सुरुदेखि नै प्रधानमन्त्रीको उम्मेदवार बनाएका एमालेका वरष्िठ नेता माधवकुमार नेपालका बारेमा संस्  थापन पक्षले दुई अनुच्छेदमा सबै नकारात्मक कुराहरू समावेश गरी पार्टी केन्द्रीय बैठकमै प्रस्  तुत गर्‍यो । महासचिव रामसहाय यादवद्वारा पेस भएको प्रतिवेदनमा नेपाललाई आपसी धेरै विवादपछि प्रधानमन्त्रीका रूपमा अघि सारएिका व्यक्ति भएको उल्लेख छ । प्रतिवेदनमा लेखिएको छ, 'माधवकुमार नेपाल शाही प्रतिगमन आधी सच्चिएको, संविधानसभाको निर्वाचनमा दुई स्  थानबाट पराजित भएको, राष्ट्रपतिको निर्वाचनताका सर्वदलीय सहमति कायम हुन नसकेको र पछि माओवादीबाट प्रस्  तावित भई आफ् ना सभासद् लाई राजीनामा गराएर संविधानसभामा छिरेको नाम हो ।' राजावादी कमल थापाको पार्टी र घोर संघीयताविरोधी चित्रबहादुर केसीको पार्टी तथा मधेसविरोधी चुरेभावर पार्टीसमेतको विवादास्  पद र परस्  परविरोधी राजनीतिक धारहरूको गठबन्धन बनाउने प्रयास भइरहेको उल्लेख गर्दै प्रतिवेदनमा नेपालको नाममा एमालेभित्रै हार्दिकता नभएको उल्लेख छ । दस्  तावेजमा नेपालका नकारात्मक पक्षहरू लेखिए पनि ६ जेठको निर्णयले उनकै नेतृत्वको सरकारमा सामेल हुने निर्णय गरेको छ । साथसाथै महासचिवको प्रतिवेदन पनि पारति भएको छ । दस्  तावेजमा गाली गरेर उनकै नेतृत्वको सरकारमा सामेल हुनुले नैतिक अप्ठ्यारो पर्दैन भन्ने नेपालको प्रश्नमा महासचिव यादव भन्छन्, "फागुन १६ गतेको सम्झौता कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाएर एमालेले पत्र पठाएकाले यसलाई नै हामीले प्रमुखता दियौँ, माधव नेपालको पृष्ठभूमि प्रमुख भएन ।"


छिमेकीको भूमिका
१२ बुँदे समझदारी गराउन भूमिका निर्वाह गरेको दक्षिणको छिमेकी भारतको नेपालमा माओवादीइतरको गठबन्धन तयार गराउने आतुरता सतहमै आएको छ । जेठ ६ गते प्रधानमन्त्रीका उम्मेदवार नेपाल र भारतीय विदेशमन्त्री प्रणव मुखर्जीबीचको टेलिफोन वार्ताबाट पनि त्यस्  तो आतुरता झल्किन्छ । संसद्बाट निर्वाचन कार्यक्रम घोषणा हुनुअगाडि नै मुखर्जीले नेपाललाई नयाँ प्रधानमन्त्रीका रूपमा शुभकामना दिए । 
एमालेका वरष्िठ नेता माधव नेपालको नेतृत्वमा माओवादीबाहेकको गठबन्धन यतिबेला भारतीय संस्  थापन पक्षको पनि चाहना भएको जानकारहरूको बुझाइ छ । 
नेपालमा नयाँ गठबन्धनको पक्षमा रहेको दक्षिणको छिमेकीले यस गठबन्धनले प्रभावकारी प्रदर्शन गर्दै बलियो सरकार दिन सकोस् भन्ने चाहेको छ । उसको विश्वास छ कि कम्तीमा तीन महिनासम्म माओवादी सरकारमा सहभागी हुने कुनै सम्भावना छैन । 
नेपालका लागि भारतीय पूर्वराजदूत केभी राजन यसबेला नेपालमै छन् । उनले नेपाली नेताहरूसँगको आफ्नो भेटघाटलाई तीव्र बनाएका छन् । माओवादी नेतृत्व या माओवादीसहितको सरकारमा जोड दिँदै आएका एमाले नेता वामदेव गौतमले जेठ ६ गते साँझ राजनलाई उनी बसेको होटल याक एन्ड यतीमा भेटेर दुई घन्टा वार्तालाप गरे । कांग्रेस तथा मधेसवादी दलका नेताहरूसमेत राजनलाई भेट्न याक एण्ड यती पुगेका थिए । राजनले युनिभर्सल पिस फेडेरेसनको नेपाल शाखाको जेठ ६ गते होटल अन्नपूर्णमा सम्पन्न गोष्ठीमा पनि भाग लिएका थिए । फेडरेसनको नेपाल शाखा प्रमुख सभासद् एकनाथ ढकाल हुन्, जो नयाँ समीकरणमा सहभागी नेपाल परविार दलका एक मात्र सभासद् हुन् । 
त्यसो त, सरकार बनाउने नयाँ खेलमा दक्षिणी छिमेकी मात्र सक्रिय छैन । विगतमा जस्  तो चिनियाँ पक्ष निष्त्रिmय बस्  नु साटो गम्भीरतापूर्वक यस प्रकरणमा आफ्नो चासो प्रकट गररिहेको छ । नेपालस् ि थत चिनियाँ राजदूत क्यु गोहङ्ले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाल, एमाले अध्यक्ष खनाल एवं कांग्रेस सभापति कोइरालासँग यसबीचमा गरेको भेटघाटले पनि यसको पुष्टि गर्छ । उनले नेपाली नेताहरूसँगको भेटमा नेपालमा राजनीतिक स्िथरतालाई जोड दिँदै आएका छन् । 

source:

http://www.kantipuronline.com/Nepal/article.php?&aid=20



No comments:

Search and Buy from amazon.com