Monday, May 25, 2009

रक्षामन्त्रीले कसैसँग सम्झौता नगर्ने

रक्षामन्त्रीले कसैसँग सम्झौता नगर्ने


काठमाडौँ, जेठ ११ (नागरिक)-नवनियुक्त रक्षामन्त्री विद्यादेवी भण्डारीले राष्ट्रिय एकता अखण्डता र सार्वभौमिकताको रक्षाका लागि आफूले कसैसँग सम्झौता नगर्ने बताएकी छिन्। नेपाली सेना मुलुकको एकमात्र राष्ट्रिय सेना भएको उनले बताइन्।

सोमबार रक्षा मन्त्रालयको कार्यभार सम्हाल्दै नेपालको राजनीतिक इतिहासमा पहिलो पटक महिला रक्षामन्त्री भएकी भण्डारीले राष्ट्रिय एकता अखण्डता र सार्वभौमिकताको रक्षाका लागि नेपाली सेनाले पुर्याएको योगदानको उच्च प्रशंसा गरिन्

माओवादी सेनाको उचित व्यवस्थापन हुने बताउँदै माओवादी सेना समायोजनका लागि विशेष समिति बनिसकेकाले समितिको निर्णयका आधारमा सरकार अगाडि बढ्ने धारणा उनले व्यक्त गरिन्।

कर्मचारीलाई निर्देशन दिइरहँदा मन्त्रीसँगै सेनापति कटवाल पनि ड्यासमा बसेका थिए। "सेनापति प्रकरणमा राष्ट्रपतिको निर्देशनबारे नयाँ सरकारले के निर्णय गर्नेछ भन्नो संचारकर्मीको जिज्ञाशामा प्रस्ट जवाफ दिन चाहिननन्। उनले यतिमात्र भनिन् "मुलुक जटिल संक्रमणकालमा गुज्रँदैछ यस्तो अवस्थामा जे निर्णय गर्छ त्यो राष्ट्रिय र सर्वपक्षीय हितमा हुनेछ।"

यसैगरी नवनियुक्त अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि सोमबारै कार्यभार सम्हालेका छन्। सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले पूँजिगत खर्च गर्ने तर्फ आफूले ध्यान दिने बताए। पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले गरेको राजस्व संकलनको उनले प्रश‌सा गर्दै धन्यवाद दिए।

प्रधानमन्त्री माधवकुमार नेपालले हालको मन्त्रिमन्डल तत्कालका लागि मात्र भएको र विभिन्न पार्टी सरकारमा सहभागी भइसकेपछि उनीहरुको कार्यभार समेत परिवर्तन हुनसक्ने बताएका छन्।

source:

http://www.nagariknews.com/politics/party-politics/1309-2009-05-25-13-49-14.html


No comments:

Search and Buy from amazon.com